संस्कृतिक रीतिरिवाज र परम्पराले महिलाको प्रजननमा पारेको प्रभाव {Influence of Cultural Customs and Traditions on Female Fertility}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

स्वास्थ्य तथा जनसङख्या शिक्षा सङ्काय

Abstract

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय स्वास्थ्य तथा जनसङख्या विभाग एम.एड. दोस्रो वर्षको आंशिक आवश्यकता पुरा गर्न संस्कतिक रीतिरिवाज र परम्पराले महिलाको प्रजननमा पारेको प्रभाव शीर्षकमा यो शोधपत्र तयार गरिएको छ । यस शोधपत्रका मूख्य उद्देश्य हाम्रो समाजमा परापूर्वकाल देखी चली आएका रीतिरिवाज र परम्पराले महिलाहरुको प्रजननमा के कस्तो प्रभाव पारेको छ भन्ने पत्ता लगाउनु, संस्कृतिक रीतिरिवाज र परम्परामा रहेका कुरीतिका कारणले प्रजननमा पारेको प्रभावको अध्ययन गर्नु यस शोध कार्यको मूख्य उद्देश्य रहेकाछन । अनुसन्धानको शिलसिलामा परिमाणात्मक विधिको प्रयोग प्रयोग गरिएको छ । अध्ययनको क्रममा समुदायका १५–४९ वर्षका विवाहित महिलाहरुलाई अध्ययनको रुपमालिइएको छ । अध्ययन क्षेत्रको बृहततालाई समेटने गरी प्रत्येक ९ घरबाट १ घर गरी तथ्याङक सङकलन गरी ३२६ जना विवाहित महिलाहरुलाइ अध्ययनको नमनाको रुपमा लिइएको छ । यस समुदायमा संस्कृतिक रीतिरिवाज र परम्पराले महिलाको प्रजननमा पानप्रभावको जानकारी लिनको लागि प्रत्यक्ष अवलोकनलाई समेत अनुसन्धानको साधनको रुपमा प्रयोग गरिएको छ । अनुसन्धानको सिलसिलामा परिमाणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । अध्ययनको क्रममा यस समुदायमा अवस्थित सुन्दरहरैचा नगरपालिकाका कार्यालय,वडा कार्यालयहरु,यस क्षेत्रका सम्बन्धित एन.जी.ओ.तथा आई.एन.जि.ओ.का साथै अन्य यस अध्ययन क्षेत्रका लागि आवश्यक पर्न सुन्दरहरैचा नगरपालिका वार्ड नं. ७ र ८ मा रहेका सम्पूर्ण जातजातीका विवाहित महिलाहरूबाट जानकारी संकलन गरी संस्कृतिक रीतिरिवाज र परम्पराले महिला को प्रजननमा पार्ने प्रभावको बारे जानकारी सङकलन गरि महिलाका प्रजननमा कस्तो प्रभाव पारेको छ भन्ने कुराको जानकारी लिइएको छ ।

Description

Citation

Collections