प्राथमिक विद्यालयमा मानवीय संसाधन तथा भौतिक स्रोतको व्यवस्थापन {Management of Human Resources and Material Resources in Primary Schools}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Abstract
प्राथमिक विद्यालयमा मानवीय संसाधन तथा भौतिक स्रोतको व्यवस्थापन शीर्षकमा तयार पारिएको शोधपत्रले सामुदायिक प्राथमिक विद्यालयमा शिक्षकको व्यवस्थापन र विद्यालयको भौतिक व्यवस्थापनले विद्यार्थीको सिकाइ उपलव्धिमा प्रभाव पार्ने तथ्यगत विषयलाई समेटेको छ । यो शोधपत्रको प्रमुख उद्देश्य प्राथमिक विद्यालयको मानवीय संसाधन र भौतिक स्रोत व्यवस्थापनको अवस्थाको अध्ययन गर्नु , उक्त मानवीय संसाधन र भौतिक स्रोत व्यवस्थापनमा सरोकारवालाको धारणा पहिचान गर्नु तथा उक्त कुरा व्यवस्थापनमा देखिएका समस्या पहिचान गरी सुझाउनु जस्ता उद्देश्य राखेर गरिएको यो शोधकार्य सुनसरी जिल्लाको इटहरी नगरपालिका भित्र सञ्चालित छ वटा सामुदायिक प्राथमिक विद्यालय र सम्वन्धित विद्यालयका प्र.अ., २÷२ जना शिक्षक , १ ÷१ वि.व्य.स. का पदाधिकारी समेतलाई अध्ययन भित्र सीमित गरिएको छ । यो अध्ययन कार्यलाई अगाडि वढाउन अन्तरवार्ता तालिका , अवलोकन , समुह छलफल र अभिलेख अध्ययन जस्ता साधनबाट तथ्यांक संकलन गरी गुणात्मक तथा परिमाणात्मक दुवै ढाँचाको सहयोगबाट तथ्यांकलाई तालिकीकरण गर्दै तथ्यांकशास्त्रीय विधिको प्रयोग गर्दै सैद्घान्तिक खाका र सम्वन्धित साहित्य संग समिश्रण गर्दै व्याख्या र विश्लेषण गरिएको छ ।
सामुदायिक प्राथमिक विद्यालयमा शिक्षक व्यवस्थापन गर्दा पुरुष भन्दा महिला शिक्षकको संख्या वढी रहेको , नियुक्ति प्रक्रियामा पुरुषलाई भन्दा महिलालाई प्राथमिकता दिएको , शिक्षक नियूक्तिको प्रकार स्थायी , अस्थायी, राहत र निजि गरी ४ किसिमको रहेको , शिक्षकको आवस्यक न्यूनतम शैक्षिक योग्यता ( एस.एल.सी. वा सो सरह उतीर्ण ) ४१ (४१.४ ५) जना रहेको , आवस्यक भन्दा माथि ( २ वा सो भन्दा माथि ) ७ (१४.६५) जना रहेको तथ्यांक प्राप्त भएको छ । यसै गरी कर्मचारी तर्फ नियुक्तिको प्रकार स्थायी , अस्थायी र निजी गरी तीन प्रकार तथा स्केल वमोजिम तलव मान भएका ८३.३ प्रतिशत र स्केल वमोजिम तलव मान नभएका १६.७ प्रतिशत रहेको अवस्था पाइयो । विद्यार्थीको व्यवस्थापन तर्फ हेर्दा १ः४२ शिक्षक विद्यार्थी अनुपात रहेको देखियो. भने कक्षा कोठामा झ्याल , ढोका र प्रकाशको व्यवस्थापन सामान्य अवस्था देखियो । डेक्स वेञ्च लाई विष्लेषण गर्दा १ः४.०४ ( डेक्स ,वेञ्च विद्यार्थी ) पर्ने देखिन्छ । यसैगरी विद्यालयमा उपलव्ध संसाधन र भौतिक स्रोत व्यवस्थापनका सम्वन्धमा मिश्रित किसिमको धमरणा प्रस्तुत गरेका छन् ।
सामुदायिक प्राथमिक विद्यालयमा मानव संसाधन र भौतिक स्रोत व्यवस्थापनका सन्दर्भमा नमुना क्षेत्रमा शिक्षक दरवन्दि अभाव , न्युनतम शैक्षिक योग्यता भएका शिक्षकको संख्या अत्यधिक हुनु , महिला शिक्षकको संख्या वढि हुनु , कर्मचारीको उचित व्यवस्थापन हुन नसकेको , विद्यालयमा फर्निचरको अभाव , शैक्षिक सामग्रीको उचित व्यवस्थापन हुन नसकेको, खाने पनी र शौचालयको प्रवन्ध उचित हुन नसकेको जस्ता समस्याहरु रहेका छन् भने विद्यालयमा कार्यरत शिक्षकलाई राज्यले सुरक्षा प्रदान गर्दै समयसापेक्ष तालिमको व्यवस्था गर्नु पर्ने , भौतिक स्रोत व्यवस्थापनमा राज्यको तर्फबाट उचित व्यवस्थापन गरिनु पर्ने जस्ता सुझावहरु पेश गरिएको छ ।
