दूग्ध सहकारी संस्थाले किसानहरुको पारिवारीक आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेको प्रभावः रामनगर गा.वि.स. नवलपरासी (Dughda sahakari sasthale kishanharuko pariwarik arthik tatha saikshik kshetrama pareko prabhab Ramnagar ga.bi.sa. Nawalparasi

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

अर्थशास्त्र शिक्षा विभाग

Abstract

यो अध्ययन नवलपरासी जिल्लाको रामनगर गा.वि.स.मा संञ्चालित दुग्ध सहकारी संस्थाले किसानहरुको पारिवारीक आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेको प्रभाव शिर्षकमा गरिएको थियो । यस अध्ययनमा दुग्ध सहकारी संस्थाले किसानहरुको पारिवरीक आर्थिक तथा शैक्षिक क्षेत्र किसानहरुको बालबालिकाहरुको शैक्षिक अवस्थाको अध्ययन गरि कार्यक्रममा भएका समस्यहरु पत्ता लगाई सुझावहरु प्रस्तुत गर्नु यस अध्ययनको प्रमुख उद्देशय रहेको छ । उक्त उद्देश्य पुरा गर्न वर्णनात्मक र विश्लेषणात्मक पद्धति अपनाईएको थियो । उक्त उद्देश्य पुरा गर्न वर्णनात्मक र विश्लेषणात्मक पद्धति अपनाईएको थियो । यस अध्ययनमा दुग्ध सहकारीका अध्यक्ष र सहकारीमा संलग्न सदस्यहरु ३२० मध्ये नमूना छनौटमा १०० जना र रामनगर गा.वि.स.का घरधुरी ३३१५ मध्ये १०० जना सदस्यहरुलाई स्रोतको रुपमा लिएको छ भने अनुसन्धानलाई सार्थक बनाउनका लागि आवश्यक अन्य तथ्याङ्कहरुका लागि द्धितीय स्रोतको रुपमा जिल्ला विकास समितिको कार्यलय नवलपरासी, डिभिजना सहकारी कार्यलय नवलपरासी रामनगर गा.वि.स.को कार्यालय, केन्द्रिय तथ्याङ्क विभाग, केन्द्रिय सहकारी संस्था लाई द्धितीय तथ्याङ्कको स्रोत बनाइएको छ । द्धितीय तथ्याङ्क सङ्कलन गर्ने क्रममा विभिन्न पत्र पत्रिका, पुस्तक, गा.वि.स. कार्यलय, दुग्ध सहकारी संस्था, नवलपरासी जि.वि.स.केन्द्रिय तथ्याङ्क विभाग काठमाण्डौं लगायत विभिन्न सरकारी तथा गैर सरकारी संस्थाबाट प्रकासित तथा अप्रकासित तथ्याङ्कहरुको सहयोग लिएको थियो । वि.स.२०६४÷०१÷५ गते स्थापित यस संस्थामा जम्मा शेयर सदस्य ३२० जना रहेको पाइयो । ती सदस्यहरु मध्ये ७० जना पशुपालन प्रविधि, १० जना छिमेकी बाट, २० जनाले दुग्ध व्यवसायीबाट प्रेरणको स्रोत भएको पाइयो। नमूना छनोटमा परेका सदस्य मध्ये ५ जना निराक्षर र ९५ जना साक्षरता भएको पाइयो । सदस्यहरुलाई जातीय हिसाबमा हेर्दा ब्रहमण ५५ प्रतिसत, क्षेत्री २१ प्रतिसत, मगर १० प्रतिसत, अन्य जातहरु ४ प्रतिशत भएको पाइयो । यस सहकारी संस्थाले आ.व.२०७०÷७१ मा बार्षिक लगानी १९९०००००.०० र आ.व.२०७१÷०७२ मा वार्षिक लगानी २६३०००००.०० भएको पाइयो । बार्षिक बचतको अवस्थालाई हेर्दा जम्मा बार्षिक आम्दानी १०४०००००.०० जम्मा बार्षिक खर्च २१००००.०० जम्म बार्षिक बचत ८३०००००.०० प्रति सदस्य बार्षिक बचत ८३०००.०० भएको पाइयो ।

Description

Citation