सामुदायिक र संस्थागत उच्च माध्यमिक विद्यालयकाे लागत र उपलब्धिकाे विश्लेषण एक अध्ययन : छोप्राक गा.वि.स. गोरखा (Samudayik ra sansthagat uchcha madhyamik vidyalayako lagat ra upalabdhiko ek bishleshan: Chhoprak VDC, Gorakha)

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

अर्थशास्त्र शिक्षा विभाग

Abstract

सामुदायिक र संस्थागत उच्च माध्यमिक तहको लागत र उपलब्धीको विश्लेषण एक अध्ययन ः छोप्राक गा.वि.स. गोरखा शिर्षक राखी गरीएको यस अनुसन्धानको मुख्य उद्घेश्य सामुदायिक तथा संस्थागत उच्च माध्यमिक विद्यालयमा लागत र शैक्षिक उपलब्धीको विश्लेषण, उच्च मा.वि. को भौतिक अवस्था, आय, ब्याय वितरण साथै अभिभावकहरुले गरेको प्रति विधार्थी लागत तुलनात्मक रुपमा विश्लेषण गर्नु रहेको छ । यसका लागी गोरखा जिल्लालाई उदेश्यमुलक ढंगवाट छनोट गरीएको छ । यस अध्ययनमा शोधपत्रको उदेश्य पुरा गर्न ब्याख्यात्मक र विश्लेषणात्मक पद्वती अवलोकन गरीएको छ । यसका लागी परिमाणत्मक र गुणात्मक दुवै प्रकारको तथ्याङ्कको सङकलन गरीएको छ । सामुदायिक तथा संस्थागत उच्च माध्यमिक विद्यालयवाट प्राप्त प्राथमिक तथा द्रितिय तथ्याङ्कलाई अध्ययन विश्लेषण कार्यको लागी सहयोगीका रुपमा प्रयोगमा ल्याईएको छ । शैक्षिक सत्र २०७२÷०७३ मा अध्यानरत सामुदायिक र संस्थागत उच्च माध्यमिक विद्यालयमा जम्मा २०७ विधार्थीहरुवाट १५० जना विधार्थी र त्यसै विद्यालयमा अध्ययनरत विधार्थीहरुको अभिभावकहरु मध्यवाट समान सख्याको आधारमा ६० जनालाई छनोट गरीएको थियो । यस अध्ययनमा छनोट भएका विद्यालयका विधार्थी, अविभावक, प्रधानध्यापक, विद्यालय ब्यवस्थापन समिति, लाई भिन्न भिन्न प्रश्नहरु तयार गरी प्राथमिक तथ्याङ्क संङकलन गरीएको थियो । जिल्ला शिक्षा कार्यलय गोरखा, गा.वि.स., छनोटमा परेका विद्यालय, अर्थमन्त्रालय, शिक्षा मन्त्रालय, साथै विभिन्न संध संस्थावाट प्रकाशित पुस्तक, प्रतिवेदन, लेख, रचना, जस्ता तथ्याङ्कलाई तथ्याङ्कको द्घितिय स्रोतको रुपमा लिईएको छ । प्राथमिक स्रोतवाट तथ्यांङ्क संकलन गर्न छुट्टाछुट्टै प्रश्न निर्माण गरी उ.मा.वि. का प्र.अ., अभिभावक, विद्यार्थी र विद्यालय व्यवस्थापन समिति लाई प्रत्यक्ष सोधेर संकलन गरिएको थियो जसका लागि उद्देश्यमुलक र सुविधाजनक नमूना छनौटका आधारमा गोरखा जिल्ला छोप्राक गा.वि.स.मा रहेको सामुदायिक मण्डली उच्च मा.वि. र गोरखा नगरपालिकामा रहेको संस्थागत उच्च मा.वि. द ओल्ड क्यापिटल लाई छनौट गरिएको थियो । द्धितीय तथ्यांङ्कको स्रोतको रुपमा सम्बन्धित नगरपालीका, अर्थ मन्त्रालय, उच्च माध्यमिक शिक्षा परिषद्, जिल्ला शिक्षा कार्यालय, केन्द्रीय तथ्यांङ्क विभाग, पत्रपत्रिका र अन्य प्रकाशित तथा अप्रकाशित तथ्यांङ्कहरुलाई आधार मानिएको छ । यस अध्ययन क्षेत्रमा रहेको सामुदायिक उच्च माध्यमिक तहको आम्दानीको प्रमुख स्रोतको रुपमा सरकारी अनुदान रहेको देखिन्छ । यो वाषिक रु.१,०९,५५,४०० छ । यसको मात्रा आम्दानीको ९५.८४ प्रतिशत रहेको छ । अन्य स्रोतकको रुपमा अभिभावक विधार्थीवाट २.५७ प्रतिशत, ल्त्ऋभाडा ०.२२ प्रतिशत, परीक्षा, शुल्कवाट ०.९१ प्रतिशत, पोशाक शुल्कवाट ०.४६ प्रतिशत, रहेको छ । शैक्षिक वर्ष २०७१÷०७३, २०७२÷०७३ सम्मको आय ब्यायको विश्लेषण गर्दा सामुदायिक उच्च माध्यमिक विद्यालय तर्फ कुल आय रु. २,१७,०५,३०० वाट तलव भत्तामा ९३.३९ प्रतिशत, भवन निर्माणमा २.८२ प्रतिशत, पुस्तकालयमा ०.५४ प्रतिशत, परिक्षामा ०.०९ प्रतिशत, खेल तथा अतिरिक्र क्रियाकलापमा ०.१९ प्रतिशत, प्रशासनिकमा ०.२८ प्रतिशत, फर्निचर निर्माण खर्चमा १.०२ प्रतिशत, शैक्षिक भ्रमण खर्चमा ०.३५ प्रतिशत, विधुत टेलिफोन ईन्टरनेट खर्चमा ०.२१ प्रतिशत, छात्रा वृत्ति खर्चमा ०.९१ प्रतिशत, विज्ञापन पत्रपत्रिका खर्चमा, ०.०९ प्रतिशत, अन्य खर्चमा ०.०५ प्रतिशत, गरी कुल खर्च रु. १,९५,५५,६८० भएको छ । संस्थागत उच्च मा.वि.को प्रमुख आम्दानीको स्रोतको रुपमा अभिभावक विधार्थी वाट प्राप्त शुल्क रहेको छ । सरकारी लगानी शुन्य रहेको छ । जसमा अभिभावक विधार्थीवाट प्राप्त कुल आय रु.१,६९,१०,८०० रहेको छ । शैक्षिक वर्ष २०७१÷०७२, २०७२÷०७३ सम्मको आय र ब्यायको विश्लेषण गर्दा संस्थागत उच्च माध्यमिक विद्यालय तर्फ कुल आय रु. १,६९,१०,८००, वाट तलव भत्तामा २७.४१ प्रतिशत, भवन निर्माणमा ५८.२० प्रतिशत, पुस्तकालयमा ०.६० प्रतिशत, परिक्षामा १.२९ प्रतिशत, खेल तथा अतिरिक्र क्रियाकलापमा ०.१० प्रतिशत, प्रशासनिकमा ०.५४ प्रतिशत, फर्निचर निर्माण खर्चमा ०.८२ प्रतिशत, शैक्षिक भ्रमण खर्चमा ०.६० प्रतिशत, विधुत टेलिफोन ईन्टरनेट खर्चमा ०.३० प्रतिशत, छात्रा वृत्ति खर्चमा ०.२४ प्रतिशत, विज्ञापन पत्रपत्रिका खर्चमा, ०.२० प्रतिशत, अन्य खर्चमा ९.६५ प्रतिशत, गरी कुल खर्च रु. १,४४,३१,७८४ भएको छ । सामुदायिक उच्च मा.वि.को तुलनामा खर्च र आयको तुलनामा संस्थागत उच्च मा.वि.को आय न्युन र खर्च उच्च देखिएको छ । सामुदायिक उच्च मा.वि.मा २०७१÷०७२,०७२÷०७३ मा आय रु. २,१७,०५,३०० वाट खर्च रु.१,९५,५५,६८० भई वचत रु.२१,४९,६२० रहेको छ । यस्तै संस्थागत उच्च मा.वि.मा कुल आय रु. १,६९,१०,८०० वाट खर्च १,४४,३१,७८४ भई वचत २४,७९,०१६ भएको छ । सामुदायिक र संस्थागत उच्च मा.वि.को भौतिक अवस्था हेर्दा समामुदायिक उच्च मा.वि.मा ५ वटा पक्कि भवन १ वटा कच्ची भवन, १८ वटा कोठा, १८४ वटा डेक्स वेन्च १० वटा कम्प्युटर रहेको छ । संस्थागत उच्च मा.वि. तर्फ पक्की भवन ८ वटा जम्मा कोठा संख्खा ६२, डेक्स वेन्च ७०० वटा, ४० वटा कम्प्युटर रहेको पाइयो । सामुदायिकमा शिक्षक संख्या २० जना र शौचालय र खानेपानिको राम्रो ब्यवस्था भएको तर खेलमैदानको असुविधा भएको देखियो । संस्थागतमा उच्च मा.वि. मा शिक्षक संख्या ६० जना खानेपानी खेलमैदान र शौचालयको राम्रो ब्यवस्था भएको देखियो । सामुदायिक तर्फ विधार्थी भर्नादर कक्षा ११ मा ३७.३७ प्रतिशत र कक्षा १२ मा २७.७७ प्रतिशत दुवै कक्षामा ६७ जना विधार्थी भर्ना भएका छन । संस्थागतमा कक्षा ११ मा ६२.६२ प्रतिशत र कक्षा १२ मा ७२.२२ प्रतिशत दुवै कक्षामा गरी १४० जना विधार्थी भर्ना भएका छन । सामुदायिक र संस्थागत उच्च मा.वि. २०७२÷०७३ मा अभिभावकहरुले गरेको खर्चलाई तुलना गर्दा सामुदायिकमा रु. ७,७८,७५० र संस्थागतमा रु. ३०,५३,५०० देखिएको छ । सामुदायिक उच्च मा.वि. मा कुल लागत रु. ७,७८,७५० वाट प्रति विधार्थी लागत रु.११,६२३ रहेको छ । संस्थागत उच्च मा.वि. तर्फ कुल लागत रु.३०,५३,५०० वाट प्रति विधार्थी लागत रु.२१,८१० रहेको छ । सामुदायिक उच्च मा.वि. २०७१÷०७२ मा लागत रु.६,६०,३१० रहँदा उपलब्धी ८० प्रतिशत रहेको छ । यसरी नै २०७२÷०७३ लाई तुलना गर्दा लागत रु.७,७८,७५० रहदा ९० प्रतिशत उपलब्धी प्राप्त भएको छ । संस्थागत तर्फ २०७१÷०७२ मा लागत रु. २२,१०,६२२ रहँदा उपलब्धी ४५ प्रतिशत रहेको छ । २०७२÷०७३ मा लागत रु. ३०,५३,५०० रहदा उपलब्धी ४३ प्रतिशत रहेको छ । यसरी सामुदायिक र संस्थागत उच्च मा.वि.मा लागत र शैक्षिक उपलब्धीको विश्लेषण गर्दा लागतको तुलनामा शैक्षिक उपलब्धी सामुदायिक उच्च मा.वि.मा उच्च देखिएको छ । सामुदायिक उच्च मा.वि.मा २०७१÷२०७२ को तथ्याङ्कलाई हेर्दा कक्षा ११ मा जम्मा परिक्षामा सामेल विधार्थी संख्या ४३ जना, उत्तिणर््ा संख्या ३० जना शैक्षिक उपलब्धी ६९.७६ प्रतिशत रहेको छ भने कक्षा १२ मा जम्मा परिक्षामा सामेल २४जना उत्तिर्ण विधार्थी १५ जना शैक्षिक उपलब्धी ६२ प्रतिशत रहेको छ । २०७२÷०७३ कक्षा ११ मा परिक्षामा सामेल विधार्थी ३७ जना उत्रिर्ण विधार्थी ३५ जना शैक्षिक उपलब्धी ९४.५९ प्रतिशत रहेको छ । कक्षा १२ मा परिक्षामा सामेल विधार्थी २९ जना उत्तिर्ण विधार्थी २५ जना शैक्षिक उपलब्र्धी ८६.२० प्रतिशत रहेको छ । दुवै वर्षको ११ कक्षामा जम्मा ८० जना विधार्थीमा उत्तिर्ण विधार्थी संख्या ६५ जना शैक्षिक उपलब्धी ८१.२५ प्रतिशत रहेको छ भने कक्षा १२ मा दुवै वर्षको परिक्षामा सामेल विधार्थी संख्या ५३ जना उत्तिर्ण विधार्थी संख्या ४० जना शैीक्षक उपलब्धी ७५.४७ प्रतिशत रहेको छ । संस्थागत उच्च मा.वि. तर्फ २०७१÷२०७२ को तथ्याङ्कलाई हेर्दा कक्षा ११ मा जम्मा परिक्षामा सामेल विधार्थी संख्या ६५ जना, उत्र्तिण संख्या ४० जना शैक्षिक उपलब्धी ६१.५३ प्रतिशत रहेको छ भने कक्षा १२ मा जम्मा परिक्षामा सामेल ८०जना उत्तिर्ण विधार्थी ३० जना शैक्षिक उपलब्धी ३७.५ प्रतिशत रहेको छ । २०७२÷०७३ कक्षा ११ मा परिक्षामा सामेल विधार्थी ५० जना उत्रिर्ण विधार्थी २० जना शैक्षिक उपलब्धी ४० प्रतिशत रहेको छ । कक्षा १२ मा परिक्षामा सामेल विधार्थी ६० जना उत्तिर्ण विधार्थी २० जना शैक्षिक उपलब्र्धी ३३.३३ प्रतिशत रहेको छ । दुवै वर्षको ११ कक्षामा जम्मा ११५ जना विधार्थीमा उत्तिर्ण विधार्थी संख्या ६० जना शैक्षिक उपलब्धी ५२.१७ प्रतिशत रहेको छ भने कक्षा १२ मा दुवै वषको परिक्षामा सामेल विधार्थी संख्या १४० जना उत्तिर्ण विधार्थी संख्या ५०जना शैक्षिक उपलब्धी ३५.७१ प्रतिशत रहेको छ । अन्त्यमा सामुदायिक र संस्थागत उच्च मा.वि.को लागत र उपलब्धीलाई विश्लेषण गर्दा लागत उच्च हुदैमा उपलब्धी पनि उच्च नै हुन्छ भन्न सकिदैन । यस अनुसन्धानले लागत उच्च हुर्दा न्युन उपलब्धी प्राप्त भएको विश्लेषण गरेको छ । यस अध्ययन वाट शैक्षिक उपलब्धी वढाउनका निम्ति लगानी मात्रै वढाएर हुदैन, स्वच्छ शैक्षिक वातावरण वालमैत्री विद्यालय, तालिम प्राप्त शिक्षक पारीवारीक वातावरण हुनुपनि उच्च शैक्षिक उपलब्धीको कारण रहेको देखिएको छ ।

Description

Citation