कक्षा नाै मा अध्ययनरत विधार्थीहरुकाे भाषिक क्षमता (Kaksha nou ma adhyanrat vidhyarthiharuko Bunda tipot kshamatako adhyayan)
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली भाषा शिक्षा विभाग
Abstract
शोधशीर्षक : कक्षा नौमा अध्ययनरत विदयार्थीको बुँदाटिपोट क्षमताको अध्ययन
शोधार्थी : सुजाता आचार्य
स्नातकोत्तर तह (एम. एड.) दोस्रो वर्ष
शोध निर्देशक : सहायक प्राध्यापक तेजप्रसाद खनाल
विभाग÷क्याम्पस ः त्रिभुवन विश्वविदयालय, शिक्षाशास्त्र सङकाय, कनकाई बहुमुखी
क्याम्पस, सुरुङगा
शैक्षिक सत्र ः २०७१
पृष्ठ सङख्या ः ४५
शोधको उददेश्य ः
क) कक्षा नौमा अध्ययनरत विदयार्थीहरुकाे बुँदाटिपोट क्षमताको स्थिति पत्ता
लगाउनु,
ख) निम्न आधारमा बुँदा टिपोट क्षमताको तुलनात्मक स्थिति पत्ता लगाउनु
अ) मातृभाषी र दोस्रोभाषी विदयाथीहरु,
आ) सामुदायिक र संस्थागत विदयालयका विदयाथीहरु,
इ) छात्र तथा छात्रा,
ग) कक्षा नौमा अध्ययनरत विदयाथीहरुमा रहेका बुँदाटिपोट क्षमता सम्बन्धी
कमजोरीहरु पहिल्याई न्यूनीकरण्का लागि आवश्यक सुझावहरु प्रस्तुत
गर्नु ।
शोधको सीमा ः
क) झापा जिल्लाको अनारमनी स्रोतकेन्द्र अन्तरगत पर्ने विर्तामोड
नगरपालिका, गोलधाप गा. वि. स. र गरामनी गा.वि.स. मा माध्यमिक
तथा उच्च माध्यमिक तह सञ्चालन गर्ने विदयालयहरुमध्ये ३ वटा
सामुदायिक मा.वि./उच्च मा.वि. तथा ३ वटा संस्थागत मा.वि.÷उच्च
मा.वि. हरुका कक्षा नौमा अध्ययनरत विदयाथीहरुमा मात्र यो अध्ययन
सीमित गरिएको छ ।
ख) यो अध्ययन कक्षा नौमा अध्ययनरत विदयाथीहरुको बुँदाटिपोट क्षमतासँग
मात्र सीमित रहेको छ ।
ग) यो अध्ययन नमुना छनोटमा परेका विदयालयमा कक्षा नौमा अध्ययन गर्ने
७२ जना विदयाथीहरुलाई प्रतिनिधि नमुना मानी सम्पन्न गरिएको छ ।
घ) यस अध्ययनको निष्कर्ष निर्धारित नमुना जनसङख्याबाट प्राप्त तथ्यका
आधारमा गरिने गुणात्मक विश्लेषणमा मात्र आधारित रहेको छ ।
शोध प्रक्रिया ः
प्रस्तुत अध्ययनका लागि झापा जिल्लाका सामुदायिक तथा संस्थागत
विदयालयहरुमा कक्षा नौमा अध्ययन गर्ने सम्पूर्ण विदयाथीहरुलाई पूर्ण
जनसङख्या रूपमा लिई अनारमनी स्रोतकेन्द्रमा पर्ने ३ वटा सामुदायिक र ३
वटा संस्थागत विदयालयमा कक्षा नौमा अध्ययनरत प्रत्येक विदयालयबाट १२
जनाका दरले जम्मा ७२ जना विदयाथीहरुलाई नमुना रूपमा लिइएको छ ।
प्रस्तुत अध्ययनमा प्राथमिक र दवितीय स्रोतका तथ्याङकको प्रयोग गरिएको छ ।
अभिलेख अध्ययन, प्रश्नावली, प्रयोगात्मक अभ्यास, प्रत्यक्ष अवलोकन जस्ता
अनुसन्धानका साधनहरु उपयोग गरिएको प्रस्तुत शोधमा मिश्रित विधिबाट
तथ्याङकको व्याख्या विश्लेषण गरी निष्कर्ष निकालिएको छ । निष्कषकै
आधारमा सुझावहरु प्रस्तुत गरी शोध प्रक्रिया समापन गरिएको छ ।
निष्कर्ष ः
सामुदायिक तथा संस्थागत विदयालयका विदयाथीहरुको बुँदाटिपोट क्षमताको
तुलनात्मक अध्ययनका साथै छात्र र छात्रा तथा नेपाली मातृभाषी र नेपाली
दोस्रोभाषी विदयाथीहरुको समेत बुँदाटिपोट क्षमताको अध्ययन गरी विश्लेषण
गरिएको छ । प्राप्त निष्कर्ष अनुसार सामुदायिक विदयालयका विदयाथीहरुको
तुलनामा संस्थागत विदयालयका विदयाथीहरुको बुँदाटिपोट क्षमता राम्रो,
छात्राको तुलनामा छात्रको बुँदाटिपोट क्षमता राम्रो र नेपाली दोस्रोभाषी
विदयार्थीको तुलनामा नेपाली मातृभाषी विदयार्थीको बुँदाटिपोट क्षमता राम्रो
पाइएको छ ।
