ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता प्रतिको दृष्टिकोण र प्रयोग शैली पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीको एक अध्ययन {Attitude and Usage Style Towards Senior Citizen Social Security Allowance Pokhara Municipal Corporation Ward no. 33 A Study of Bharatpokhari}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
समाजशास्त्र सङ्काय
Abstract
प्रस्तुत शोधपत्र ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता प्रतिको दृष्टिकोण र प्रयोग शैलीको
बारेमा केन्द्रित रहेर पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीका अध्ययन गरिएका छ ।
यस अध्ययनमा ज्येष्ठ नागरिकहरुले सामाजिक सुरक्षा भत्तालाई कुन कुन शिर्षकहरुमा खर्च
गर्दछन ? भत्ता बाहेक उनीहरुको आम्दानीको स्रोतहरु छ की छैन ? उनीहरुको स्वास्थ्य
अवस्था कस्तो किसिमको छ ? नियमित औषधी सेवन गर्न पर्छ कि पर्दैन ? नियमित औषधीमा
कति रकम खर्च हुन्छ ? भत्ता प्रति ज्येष्ठ नागरिकहरु सन्तुष्टि छन कि छनन ? यदि भत्ताको
व्यवस्था हुदैन्थ्यो भने ज्येष्ठ नागरिकहरुको जिवनमा कस्तो प्रभाव पर्ने थियो । इत्यादि
प्रश्नहरुलाई आधार मानेर अध्ययनको उद्देश्य राखिएको छ । सामाजिक सुरक्षा भत्ता अन्र्तगत
पर्ने ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताले ज्येष्ठ नागरिकको जिवन यापनमा परेको
प्रभावको अध्ययन गर्नु यो शोधपत्रको साधारण उद्देश्य हो । ज्येष्ठ नागरिकका सामाजिक
सुरक्षा भत्ताको प्रयोग शैली र दृष्टिकोणको जानकारी लिने यस शोधपत्रको विशिष्ट उद्देश्य हो
। यस अध्ययनमा वुढयालीसगं सम्बन्धित सिद्धान्तको प्रयोग गरिएको छ । यस शोधपत्रमा
वर्णनात्मक र विश्लेषणात्मक अनुसन्धानको ढाँचा प्रयोग गरिएको छ । प्राथमिक स्रोत र द्धितिय
स्रोतवाट तथ्याङ्क संकलन गरिएको छ । अन्तरवार्ता अनुसुची, अवलोकन, वैयक्तिक अध्ययन
साथ साथै गुणात्मक र संख्यात्मक अनुसन्धानको ढाँचा प्रयोग गरी आवश्यकता अनुरुप तथ्याङ्क
संकलन गरिएका छ । यसरी संकलन गरिएका तथ्याङ्कलाई आवश्यकता अनुसार तालिका र वृत्त
चित्रमा प्रस्तुत गरिएको छ ।
लैङ्गिक आधारमा हेर्ने हो भने पुरुष ३७.३३ प्रतिशत र महिला ६२.६३ प्रतिशत रहेको पाइयो ।
उत्तरदाताहरुको आम्दानीको स्रोत, भत्ता र कृषि आय स्रोत हुने ३६.५० प्रतिशत, भत्ता र पेन्सन
हुने १६.८६ प्रतिशत, वृद्ध भत्ता मात्र हुने ५६.६२ प्रतिशत उत्तरदाताहरु रहेको पाइयो । भत्ता
आपैैm खर्च गर्ने उत्तरदाताहरुको संख्या ३६.१४ प्रतिशत, घरपरिवारलाई दिनेको संख्या ६३.८५
प्रतिशत रहेको पाइयो । उत्तरदाताहरुको नियमित औषधीमा हुने खर्च ५०० – १००० खर्च हुने
३४.९३ प्रतिशत, १०००–२००० खर्च हुने ९.६३ प्रतिशत, २००० भन्दा माथि खर्च हुने ४.८१
प्रतिशत र नियमित रुपमा औषधीमा खर्च गर्न नपर्ने ५०.६० प्रतिशत रहेको पाइयो । भत्ता
हुदैनथ्यो भने जेष्ठ नागरिकहरुको जिवनमा पर्ने प्रभाव, भोक भोकै मरिने थियो भन्ने
उत्तरदाताहरुको संख्या १०.८४ प्रतिशत, गा¥हो हुने थियो भन्ने उत्तरदाताहरुको संख्या ५.०६
प्रतिशत, खासै प्रभाव पर्ने थिएन भन्ने उत्तरदाताहरुको संख्या २४.०९ प्रतिशत रहेको पाइयो ।
