सहकारी संस्थाले यसका सदस्यहरूको आर्थिक तथा तिनीहरूको बालबालिकाको शिक्षा क्षेत्रमा पारेको प्रभाव (सोरहवा गा.वि.स.,बर्दिया){The cooperative provides financial support to its members and theirs Impact on Children's Education (Sorahawa VDC, Bardiya)}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

अर्थशास्त्र शिक्षा विभाग

Abstract

बर्दिया जिल्ला सोरहवा गाउँविकास समितिमा सञ्चालनमा रहेको अकला बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरूको पारिवारिक, आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेको प्रभाव शीर्षकमा गरिएको अध्ययनमा सहकारीले अकला बचत तथा ऋण सहकारी संस्थामा आबद्ध भई ऋण लिई व्यवसाय गर्नु सदस्यहरूको आर्थिक तथा उनीहरूका बालबालिकाको शैक्षिक अवस्था अध्ययन गर्नु र सहकारी संस्थाका उपलब्धी तथा समस्या पत्ता लगाई प्रभावकारी सुझाव दिनु यस अध्ययनको प्रमुख उद्देश्य रहेको छन् । उक्त उद्देश्य पुरा गर्न परिमाणात्मक, गुणात्मक ढाँचाको माध्यमबाट प्राथमिक र द्वितीय स्रोतबाट प्राप्त तथ्याङ्कलाई तालिकाको प्रयोग गरी विश्लेषण गरिएको छ । प्राथमिक तथ्याङ्क संकलन गर्न दुई प्रकारका प्रश्नावलीहरू सहकारीका अध्यक्ष, व्यवसायिक सदस्यबाट तथ्याङ्क संकलन गरिएको थियो । त्यसैले यस अध्ययनको नमुनाको आकार १०० प्रतिशत हो । यहाँ ऋणी व्यवसायिहरूको संस्थालाई प्राथमिक तथ्यांकको स्रोत बनाइएको र सोरहवा गा.वि.स. को कार्यालय, अकला बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दिया जिल्ला विकास समिति, केन्द्रीय तथ्यांक विभाग, सहकारी विभागलाई द्वितीय तथ्यांकको स्रोत बनाइएको थियो । अध्ययन क्षेत्रका अध्ययनमा समावेश भएका सहकारीमा संलग्न भएका व्यवसायी सदस्यहरूको पेशागत वार्षिक औषत आम्दानी रू. १,०७,६०५.६६, औषत खर्च रू. ४५,४२३.७७ र औषत बचत रू. ६२,१८१.८८ रहेको पाइयो । सहकारीमा संलग्न अघि व्यवसायि सदस्यहरूको पेशागत वार्षिक औषत आम्दानी रू. ६१,०६७.१६, औषत वार्षिक खर्च रू. ३३,१०४.२६ र औषत बचत रू. २७,९६२.९० रहेको पाइयो । अध्ययनमा समावेश भएका व्यवसायी सदस्यहरूको तहगत आम्दानीलाई हेर्दा तल्लो र माथिल्लो आय बिच असमानता भएको पाइयो । सहकारीमा संलग्न हुनु अघिभन्दा सहकारीमा संलगन पश्चात् व्यवसायी सदस्यहरूको आम्दानी खर्च र बचत बढी भएको पाइयो । सहकारीमा संलग्न व्यवसायी सदस्यहरूले सहकारीबाट ऋण लिई व्यवसायमा थप लगानी गरेको पाइयो । जसले गर्दा उनीहरूको आम्दानीमा बृद्धि छ भएको पाइयो । जसले गर्दा उनीहरूको आम्दानीमा बृद्धि भएको पाइयो जुन जम्मा आम्दानीको ५७.१६ प्रतिशत रहेको पाइयो । सहकारीमा संलगन हुनु अघि साहु माहजनबाट ४७.९२ र बैक तथा बित्तिय संस्थाबाट ३८.८६ प्रतिशतले र आयबाट १३.० प्रतिशतले ऋण लिने गरेकोमा संलग्न भए पश्चात ६३.७७ प्रतिशतले सहकारीबाट २३.७७ प्रतिशतले बैंक तथा वित्तिय संस्थाबाट ७.९ प्रतिशतले साहुमाहजनबाट र ४.५२ प्रतिशतले अन्यबाट ऋण लिइएको पाइयो । अध्ययन क्षेत्रमा समावेश भएका व्यावसायिक सदस्यहरूको शैक्षिक अवस्थालाई हेर्दा ८८.३० प्रतिशतले साक्षर र ११.६९ प्रतिशतले निरक्षर रहेको पाइयो । उनीहरूका बाल बालिकाहरूको शैक्षिक अवस्था हेर्दा संलग्न हुनु अघि ६२.०९ पतिशत सरकारीमा, ८.१५ प्रतिशत नीजि र ९.७४ प्रतिशत दुवैमा अध्ययन गरेको पाइयो भने संलग्न पश्चात् ५९.५६ प्रतिशत नीजि ३३.५७ प्रतिशत सरकारी र ६.८५ प्रतिशत दुवैमा पढाइएको पाइयो । संलग्न हुनु अघि भन्दा संलग्न पश्चात् २ गुणा भन्दा बढी बालबालिका नीजि विद्यालयमा गएको पाइयो । यसरी सहकारीमा संलगन पश्चात् व्यवसायी सदस्यहरूको संगठनात्मक र सामुहिक भावनाको विकास भएको, नेतृत्व विकास, आत्म विश्वासमा बृद्धि, तालिम सम्बन्धी समस्या सम्पन्न वर्गका सदस्यको बोलबाला हुनु, ऋणको उचित सदुपयोग नहुनु जस्ता समस्या रहेको पाइयो । यस्ता समस्या समाधान गर्न कम उत्पादकत्व भएको समुदायलाई प्राथमिकताका साथ सीप तथा आयमूलक तालिम दिने ऋणको समयावधि ३ वर्षको बनाउनु पर्ने, लगानी रकम बढाउँदै लैजानु पर्ने, शिक्षा र व्यवसायिक कर्जामा व्याजदर घटाउनु पर्ने, ऋण लिएको रकम उद्देश्य अनुसार खर्च भयो या भएन भनि कम्तिमा वर्षको २ पटक निरीक्षण र अनुगमन गर्नुपर्ने जस्ता सुझावहरू यस अध्ययनमा प्रस्तुत गरिएको छ ।

Description

Citation