घरायसी आयले शैक्षिक क्षेत्रमा पारेकाे प्रभाव (गोरखा नगरपालिका, गोरखा) (Gharayasi aayale saikshit kshetrama pareko parbhab (Gorkha ga. pa.ka Gorkha))
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
अर्थशास्त्र शिक्षा विभाग
Abstract
प्रस्तुत शोधपत्र घरायसी आयले शैक्षिक क्षेत्रमा पारेको प्रभाव, गोरखा नगरपालिकाको वडा नंं. २,४ र ५ मा गरिएको यस अध्ययनको विशिष्ट उद्देश्यहरुमा परिवारहरुको घरायसी आयको स्तर पहिचान गर्नु, घरायसी आय असमानता गणना गर्नु र घरायसी आयले शिक्षामा पारेको प्रभावको विश्लेषण गर्नु रहेको थियो । वर्णात्मक अनुसन्धान ढाँचामा आधारित रही अन्तर्वार्ता प्रश्नावलीको प्रयोग गरी स्थानीय घरपरिवारका सदस्य र नगरपालिकाका पदाधिकारी आदीबाट परिमाणात्मक तथा गुणात्मक तरिकाले तथ्याङ्क संकलन गरी गरिएको यस अध्ययनमा उद्देश्यमुलक नमुना छनोटका आधारमा गोरखा जिल्लाको नगरपालिका भित्र पर्ने वडा नंं २,४ र ५ का जम्मा ११३१ घर परिवार मध्ये १२० घर परिवारलाई लिइएको थियो ।
यस अध्ययनमा १२० घरपरिवारलाई नमुना छनोट गरिएको थियो र नगरपालिकाको कर्मचारीहरुसँग पनि छलफल गरिएको थियो । वि.स. २०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २,६४,९४,५०४ मध्ये गोरखा जिल्लाको जनसंख्या २७१०६१ रहेकोमा कुल जनसंख्याको १.०२ प्रतिशत जनसंख्या रहेको छ । अध्ययन क्षेत्रमा ७९ प्रतिशत जनसंख्या साक्षर रहेको छ ।
अध्ययन क्षेत्रका घरपरिवारमा भुमिको वितरण असमान रहेको छ । जहाँ सबैभन्दा बढी भूमिको स्वामित्व क्षेत्रिमा रहेको त्यसपछि क्रमश ः मगर, व्राह्मण, नेवार र सार्कीमा रहेको भेटियो । अध्ययन क्षेत्रमा सबैभन्दा बढी मगर जाती रहेको पाईयो । मगर क्षेत्री, नेवार, व्राह्मण र सार्कीको जनसंख्या क्रमश ः २१.१९ प्रतिशत, १७.७५ प्रतिशत, १३.३७ प्रतिशत, १२.६७ प्रतिशत र ११.३४ प्रतिशत रहेको पाइयो । धेरैजसो घरपरिवारमा ४–५ परिवार सदस्य संख्या रहेका छन् ।
छनोटमा परेका घर परिवारको कुल वार्षिक आय रु.३४८१९४०० रहेको छ । जसमा वैदेशिक रोजगारबाट २१ प्रतिशत कृषिबाट २५.४१ प्रतिशत व्यापारबाट ११ प्रतिशत पशुपालनबाट २१.१६ प्रतिशत र नोकरीबाट २१.५३ प्रतिशत आम्दानी रहेको पाईयो । घरपरिवारको आम्दानीको स्रोतमा व्राह्मणको सेवा, क्षेत्रीको कृषि, मगरको वैदेशिक रोजगार, नेवारको वैदेशिक रोजगार र सार्कीको कृषि रहेको पाईयो ।
छनोटमा परेका घरपरिवारको कुल वार्षिक उपभोग खर्च रु. २४८१९४०० रहेको छ । ति घरपरिवारले विभिन्न उपभोगहरुमध्ये सबैभन्दा बढी खाद्यवस्तुमा रु. ८३००००० कपडा र औषधीमा रु. ४५०००००, कृषि व्यवसायमा रु ५४०००००, चाडपर्वमा रु. ४१००००० र पशुपालनमा २५१९४०० रकम खर्चने गरेको देखिन्छ ।
छनोटमा परेका घरपरिवारको कुल वार्षिक वचत रकम रु. १००००००० रहेको छ । जसमा व्राह्मणको १५ प्रतिशत क्षेत्रीको रु. १८ प्रतिशत, मगरको ५५ प्रतिशत, नेवारको ८ प्रतिशत र सार्कीको ४ प्रतिशत बचत गरेको देखिन्छ । यसरी हेर्दा तुुलनात्मक रुपमा मगरकोे घर परिवारको वचत रकम उच्च रहेको पाईयो
अध्ययन क्षेत्रमा खाद्यान्नको प्रयाप्ततालाई हेर्दा तीन महिनासम्म खान पुग्ने घरधुरी ५, ३–६ महिनासम्म १५,६–९ महिनासम्म २५, ९–१२ महिनासम्म ३५ र बचत गर्ने घरधुरी ४० रहेको पाईयो । घरायसी आय अनुसार साक्षरताको अवस्था अध्ययन गर्दा घरायसी आय उच्च हुने घर परिवारको साक्षरता ५८.०५ प्रतिशत, निरक्षर ४१.९१ प्रतिशत रहेको पाइयो भने घरायसी आय न्यून हुने घरपरिवारको साक्षरता २०.५ प्रतिशत निरक्षर ६३.५ प्रतिशत रहेको पाइयो ।
अध्ययन क्षेत्रका बालबालिकाहरुको शिक्षाको अवस्था हेर्दा घरायसी कुल वार्षिक आय रु. १०१०००– रु. ८००००० हुने घर परिवारको बालबालिकाहरु ५९ प्रतिशत निजी विद्यालयमा ४१ प्रतिशत बालबालिकाहरु सरकारी विद्यालयमा अध्ययन गरेको पाइयो भने घरायसी कुल वार्षिक आय रु ४००००–१००००० हुने घर परिवारको अधिकांश बालबालिकाहरु सरकारी विद्यालयमा अध्ययन गरेको भेटियो । यस अध्ययन क्षेत्रको घरपरिवारको उक्त वार्षिक आयको आधारमा च्बलनभ को मान ३ प्रतिशत रहेको पाइयो । न्ष्लष् ऋयभााष्अभलत ०.६४ रहेको छ । यसको अर्थ –अध्ययन क्षेत्रको घरपरिवारमा आय वितरणमा ६४ प्रतिशत असमानता रहेको देखिन्छ ।
अध्ययन क्षेत्रका घर परिवारका सदस्यहरुको आयमा असमानता रहनु, जमिनको वितरणमा असमानता रहनु, सिँचाई सुविधाको कमि, सामाजिक, साँस्कृतिक कारणले गर्दा उपभोग्य खर्च बढी हुन गई बचत कम हुनु जस्ता कारणले गर्दा आर्थिक अवस्था मजबुत हुन नसकेको बताएका थिए । आयको असमानता रोजगारीको अवसर कम हुनु, जमीनको वितरण असमानता हुनु, सिँचाईको सुविधाको कमि, अनुत्पादन खर्च बढी भई बचत कम हुनु इत्यादी कारणले गर्दा गरिबीको संख्या घट्न नसक्ने र यसले आर्थिक अवस्थामा समेत समस्या परेको देखिन्छ । यस्ता समस्याहरु समाधान गर्नका लागि भुमिको न्यायोचित वितरण, आय असमानतालाई कम गर्ने बजारको व्यवस्था गर्नुपर्ने, सरसफाई तथा स्वच्छ खानेपानी व्यवस्था गर्नुपर्ने, जे. टि. ए.को दरबन्दी कायम गर्नुपर्ने कृषि बाहेक अन्य क्षेत्रमा रोजगार र स्वरोजगार सृजना गर्ने अनुत्पादक क्षेत्रको खर्चमा कमि ल्याउनुपर्ने विभिन्न सिपमूलक तालिम संचालन गर्नुपर्ने, कृर्षकका लागि सहुलियत ऋण, विउ बिजन किटनाशक औषधि तथा सिँचाई सुविधा विस्तार गर्नुपर्ने, आर्थिक विकासका योजना तथा कार्यान्वयनमा ग्रामिण क्षेत्रलाई विशेष प्राथमिकतामा राखि तथा कार्यक्रम कार्यान्वयन सहज र पारदर्शी बनाउने सरकारी विद्यालय र निजी विद्यालय दुवैको शिक्षाको स्तर समान हुनुपर्ने, घरयसी आय कम हुने घरपरिवारलाई विभिन्न आयआर्जन हुने किसिमका सीपहरु प्रदान गर्ने र निरक्षरता उन्मूलन गर्नका लागी साक्षरता अभियान सञ्चालन गर्नुपर्ने जस्ता कार्यगरी समस्याको समाधान गर्न सकिन्छ, भन्ने जस्ता सुझावहरु प्रस्तुत गरिएको छ ।
