छाउघर उपन्यासको लैङगिक अध्ययन {Gender Study of Chhaughar Novel}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
शिक्षाशास्त्र नेपाली भाषा शिक्षा विभाग
Abstract
त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङकाय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत
स्नातकोत्तर तह चौथो सेमेस्टरको पाठयांश नेपा. शि. ५४४ को प्रयोजनार्थ प्रस्तुत शोधपत्र
तयार पारिएको हो । प्रस्तुत अध्ययनका छाउघर उपन्यासमा प्रयुक्त समाजको अवस्था
पहिचान गर्नु, छाउघर उपन्यासको लैङगिक चेतनाको विश्लेषण गर्नु, लैङगिक दृष्टिले
छाउघर उपन्यसमा प्रयुक्त भाषाको मूल्याङकन गर्नुजस्ता उद्देश्यहरू रहेका छन ।
प्रस्तुत शोधकार्यमा पुस्तकालयीय अध्ययनबाट सामग्री सङकलन गरी व्याख्या
विश्लेषण गरिएको छ । यसका लागि प्राथमिक स्रोतका रूपमा फाइनप्रिन्ट बुक्सद्वारा
प्रकाशित छाउघर उपन्यासलाई लिइएका छ भन लैङगिक अध्ययनसँग सम्बन्धित
पाठयपुस्तक, शोधप्रतिवेदन, पत्रपत्रिकामा प्रकाशित लखरचना सरकारी एवम गैरसरकारी
संघसंस्थाका प्रतिवेदन र विद्वान विशेषज्ञ तथा शोध निर्देशकको राय सुझाव तथा
परामर्शलाई द्वितीयक स्रोतका रूपमा लिइएको छ । सात अध्यायमा संरचित प्रस्तत
शोधपत्रको अध्याय एकमा शोधपरिचय, अध्याय दुईमा सैद्धान्तिक प्रारूप र पूवकायको
पुनरावलोकन, अध्याय तीनमा शोधविधि र प्रक्रिया, अध्याय चारमा छाउघर उपन्यासमा
प्रयुक्त समाज, अध्याय पाँचमा छाउघर उपन्यासमा प्रयुक्त लैङगिक चेतना, अध्याय छमा
लैङगिक दृष्टिले छाउघर उपन्यासमा प्रयुक्त भाषाको मूल्याङकन र अध्याय सातमा सारांश,
निष्कर्ष एवं उपयोगिता प्रस्तुत गरिएको छ । प्रस्तुत शोधकार्यलाई उपन्यासमा प्रयक्त
समाजको अवस्था पहिचान, लैङगिक चेतनाको विश्लेषण र उपन्यासमा प्रयुक्त भाषाको
मूल्याङकनमा सीमित गरिएको छ ।
छाउघर उपन्यासमा सुदूरपश्चिमको समाजमा पुरुष वर्गले महिलामाथि गरेको
अन्याय, विभेद, धर्म संस्कृतिका नाममा गरिने विभेद, पितृसत्तात्मक मानसिकता,
नारीमाथिको कुसंस्कार, पात्रहरूमा प्रतिशोधको भावना प्रस्तुत गरिएको छ । यस आधारमा
हेर्दा त्यहाँका अधिकांश पात्रहरू रूढिवादी मानसिकताबाट ग्रसित रहेको पाइन्छ । लैङगिक
दृष्टिकोणले महिला र पुरुषलाई फरकफरक तवरले हेरिएको छ । पितृसत्तात्मक सोच र
अन्धविश्वासमा जकडिएको समाजका कुसंस्कार र नारीप्रतिको कदृष्टिलाई प्रतिकार गर्दै
स्वअस्तित्वसहित स्वतन्त्रताको बाटो अँगाली विद्रोह गर्न सकिन कुरा प्रस्तुत उपन्यासमा
पाइन्छ । महिला सशक्तीकरणका दृष्टिकोणबाट हेर्दा पुरुषको तुलनामा महिला बढी सक्रिय
भएको पाइन्छ । सामाजिक हक अधिकारका दृष्टिले असमान जीवन बाँचिरहेका
ठज्ञ महिलाहरूलाई सशक्तीकरणका माध्यमबाट मूलधारमा ल्याउन आवश्यक छ भन्न विचार
उपन्यासमा पाइन्छ । भाषिक प्रयोगको दृष्टिकोणले हेर्दा सुदूरपश्चिममा प्रयोग हुने स्थानीय
भाषा, आगन्तुक शब्दहरू, अनुकरणात्मक शब्द तथा ठेट नेपाली भाषाको प्रयोग गरिएका
छ । सुदूरपश्चिममा पुरुषवादी समाजले महिलामाथि गरेको सामन्ती व्यवहारलाई उतार्न
प्रस्तुत उपन्यास सफल रहेको छ । साथै महिलाहरूको उत्थान, आत्मनिर्भरता र स्वस्थ
समाज निर्माणका लागि सङघर्षको आवश्यकता छ भन्ने सन्देश दिइएको छ ।
