महको म निबन्ध सङ्ग्रहमा प्रयुक्त तत्सम शब्दको अध्ययन {Mahako Ma Nibandha Sangrahama Prayukta Tatsam Shabdako Adhyayan}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

नेपाली भाषा शिक्षा संकाय

Abstract

प्रस्तुत ‘महको म’ आत्मपरक निबन्ध सङ्ग्रहमा प्रयुक्त तत्सम शब्दको अध्ययन शीर्षकको प्रस्तुत शोधपत्र स्नातकोत्तर उपाधिको प्रयोजनार्थ तयार पारिएको हो । महको म आत्मपरक निबन्ध सङ्ग्रहको बनोट र अवस्थाको अध्ययन गरिएको छ । यो शोधपत्रमा प्राथमिक र द्वितीय सामग्रीको छनौट गरिएको छ । प्राथमिक सामग्री अन्तर्गत ‘महको म’ आत्मपरक निबन्ध रहेको छ भने द्वितीय सामग्री अन्तर्गत प्रस्तावित शोधपत्रसँग सम्बन्धित विभिन्न शोधपत्रहरू, प्रकाशित खोजमूलक लेखहरू, प्रतिवेदनहरू र भाषाशिक्षणसम्बन्धी पुस्तकहरूको उपयोग गरिएको छ । ‘महको म’ निबन्ध २०७४ सालमा प्रकाशित कति हो । यसमा जम्मा ७७ वटा शीर्षकहरू रहेका छन् जसमध्ये २१ वटा शीर्षकमा मात्र तत्सम शब्द खोज्ने काम गरिएको छ । तत्सम शब्दले भाषालाई दुर्वोध्य र क्लिष्ट बनाउँछ । त्यसको अध्ययन गर्नाले कक्षा दशमा अध्ययन विद्यार्थीहरूमा निबन्ध लेखनको स्तर वृद्धि हुने कुरा उल्लेख गरिएको छ । शोधपत्रको सुरुमा भाषा, शब्द, शब्द वर्गीकरण शीर्षक, प्रयोजन आदिलाई प्रस्तुत गरिएको छ । शब्दलाई, स्रोत, बनोट र कार्यका आधारमा वर्गीकरण गरिएको छ । शब्दलाई स्रोतको आधारमा मौलिक र आगन्तुक गरी दुई भागमा वर्गीकरण गरिएको र तत्सम शब्द मौलिक शब्दभित्र रहेको छ । बनोटको आधारमा शब्दलाई मूल र व्युत्पन्न र कार्यका आधारमा विकारी र अविकारी भनी वर्गीकरण गरिएको छ । संस्कृत भाषाबाट जस्ताको तस्तै, रूप नफेरिइ नेपाली भाषामा आएको शब्दलाई तत्सम शब्द भनिएको छ । तत्सम शब्दको अर्थ र तात्पर्यलाई प्रष्ट पारिएको छ । तत्सम शब्दहरूलाई शब्द, वर्ग, व्युत्पत्ति, अर्थ, पाठ र पृष्ठ सङ्ख्या समेत उल्लेख गर्दै वर्णानुक्रममा राखिएको छ । कुन पाठमा जम्मा कति शब्द रहेको छ । कति तत्सम शब्द रहेको, तत्सम शब्दको प्रयोगको स्थिति कति रहेको भन्ने कुरा तालिकासहित पुष्टि गरिएको छ । कक्षा दशको निबन्ध विधामा प्रयुक्त तत्सम शब्दहरूको व्युत्पादन हुने शब्दहरूको व्युत्पत्ति प्रक्रिया देखाइएको र नहुने मूल शब्दलाई जस्ताको तस्तै राखिएको छ भनी निचोड निकालिएको ।

Description

Citation