व्यवसायिक पशुपालनले ग्रामीण क्षेत्रका कृषकमा पारेको प्रभाव पोखरा लेखनाथ म.न.पा. वडा नं. १९, घार्मीमा आधारित समाजशास्त्रीय अध्ययन{Impact of Commercial Animal Husbandry on Rural Farmers: Pokhara Lekhnath Municipal Corporation Vada no. 19, Sociological study based on Gharmi}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Department of Sociology and Rural Development
Abstract
प्रस्तुत शोध पत्र “व्यावसायिक पशुपालनको ग्रामिण क्षेत्रका कृषकमा पारेको पभाव” शीर्षक
अन्र्तगत, कास्की जिल्लाका पोखरा लेखनाथ महानगरपालिका वडा नं. १९ को गायत्री टोल
विकास संस्था र माझथर टोल विकास संस्थाको क्षेत्रभित्र रही अध्ययन गरिएको छ ।
व्यवसायिक पशुपालनले यस क्षेत्रका किसानहरुको सामाजिक, आर्थिक अवस्थामा पारेको
प्रभाव विश्लेषण गर्नुका साथै कृषकको जीवनस्तरमा पारेको सकारात्मक र नकारात्मक
प्रभाव केलाउने कार्य यस अध्ययनको मुख्य उद्देश्य हो । यस अध्ययनमा गायत्री टोल र
माझथर टोलमा बसोबास गर्ने ११५ परिवार मध्ये व्यावसायिक पशुपालनका लागि जम्मा
४२ परिवारलाई मात्र छनोट गरिएको छ । सैद्धान्तिक व्याख्या र विश्लेषणको लागि
आधुनिकीकरण सिद्धान्त, विकासको अवधारणा, आर्थिक सिद्धान्तको दृष्टिकोण प्रयोग गरिएको
छ ।
शोध कार्यमा प्राथमिक र द्वितीय तथ्याङक संकलन गरिएको छ । प्राथमिक तथ्याङकको
लागि प्रश्नावली अनुसूचि, अवलोकन विधि, वैयक्तिक अध्ययन र मुख्य जानकार
व्यक्तिसँगको छलफलको पयोग गरिएको छ । द्वितीय तथ्याङक विभिन्न कार्यालय संघसंस्था
आदिबाट प्राप्त तथ्याङकलाई लिइएको छ । यस शोधकार्यमा विभिन्न शीर्षकको तालिकामा
तथ्याङक प्रस्तुत गरी प्रतिशत समेत छुटयाई आवश्यकता अनुरोध वर्णनात्मक रुपमा समेत
प्रष्टयाइएको छ । यस कार्यका लागि एक अवधारणात्मक खाका बनाई, आर्थिक, सामाजिक
र प्राविधिक पक्षले कसरी कृषकको जीवनशैलीमा सुधार ल्याएको छ भन्ने विषय मुख्य रुपमा
केलाइएको छ ।
व्यावसायिक रुपमा पशुपालनमा लाग्नेमा महिलाको तुलनामा पुरुष नै देखिए जुन ५९.२%
छ भने उमेरगत हिसावले ३५–४५ वर्ष उमेर समुहका किसान, सबैभन्दा बढी ३५.६२%
पाइयो । कृषकको शक्षिक स्तर हेर्दा ३५.७१% पाइयो कृषकको शैक्षिक स्तर हेर्दा ३५.७१%
कृषक साक्षर देखिए भने २८.५८% ले माध्यमिक शिक्षासम्म अध्ययन गरेको देखिन्छ ।
कृषकको पारिवारिक संरचना हेर्दा एकात्मक परिवारमा बस्ने संख्या ७६.१९% पाइयो ।
कृषि बाहेक अन्य पेशा पनि हुने मानिसको संख्या ३५.७१ प्रतिशत मात्र छ भने कृषि मात्र
हुने ६४.२९% छन आर्थिक पक्षको कुरा गर्दा मासिक २०–२५ हजार कमाउने कृषक
सबैभन्दा बढी ५२.३८% छन । अझै पनि परम्परागत रुपमा यस पेशालाई अगाल्ने कृषक
जम्मा ७.१५% छन । बाँकी सबैले आधुनिक तरिकाले पशुपालन गरेको पाइयो । उत्तरदाता
मध्ये अधिकांश ९०.४७ प्रतिशत तालिम प्राप्त व्यक्तिहरु छन ।
पशपालने पारेको प्रभाव हेर्दा १६.७६ % सामाजिक, ७६.१९% आर्थिक र ७.१४% शैक्षिक
क्षेत्रमा प्रभाव पारेको देखिन्छ । आर्थिक पक्षलाई हेर्दा आम्दानीको केही हिस्सा बचत गर्ने
कृषकको संख्या ५७.१४% पाइयो ।
व्यवसायिक सफलतासँगै पशुपालक कृषकले समाजमा सामाजिक प्रतिष्ठा प्राप्त गरेका राम्रो
आर्थिक उन्नतीसँगै घरजग्गा जोडेका, स्वास्थ्य सेवामा समेत आफू सक्षम रहेको भेटियो ।
आर्थिक सुधारताले कृषकको जीवनशैलीमा नै परिवर्तन भएको कुरा अध्ययनबाट पत्ता
लागेको छ । आर्थिक सुधारसँगै उनीहरूमा बालबालिकालाई पढाउनुपर्दछ भन्ने धारणाको
विकास भएको देखिन्छ । त्यसैगरी पशुपालन पछि भएको आर्थिक सुधारले आत्मनिर्भर बन्ने
सक्षम कृषकहरूको संख्या अत्याधिक पाइयो ।
पशुपालन व्यवसायका धेरै सकरात्मक पक्षहरू हुँदा–हुँदै पनि केही नगन्य मात्रामा यसका
नकरात्मक पक्षहरू पनि देखिएका छन । अझै पनि पशुपालनमा लागेका कृषकलाई हेय
दृष्टिकोणले हेर्ने, फोहोरी पेशाको रुपमा अपमान गर्ने गरिन्छ । सरसफाइमा ध्यान नदिदा
पशु पन्छिका रोग सर्न े, परजीवीले आक्रमण गर्ने देखिन्छ । व्यावसायिक रुपमा पशुपालन
गरी आम्दानी गर्ने कृषकमा बाडेर खाने प्रवृत्ति कम हुने, पेशाको लोभले गुणस्तरमा ध्यान
नदिने जस्ता यसका नकरात्मक पक्षहरू देखिन्छन ।
