लघु जलविद्युत परियोजनाले स्थानीय जनताको आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेको प्रभाव (भैरवनाथ गा.वि.स. बझाङ्ग) (Laghu jalbidhut pariyojanale sthaniya janatako arthik tatha saikshik kshetrama pareko parbhab Bhairabnath ga.bi sa. Bajhang)
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
अर्थशास्त्र शिक्षा विभाग
Abstract
यस अध्ययनको साधारण उद्देश्य जुईलीगाड लघु जलविद्युत परियोजनाले स्थानीय जनताको आर्थिक (कृषि तथा गैर कृषि) र शैक्षिक क्षेत्रमा पारेको प्रभावको अध्ययन गर्नु हो । यस अध्ययनको विशिष्ट उद्देश्यहरुमा लघु जलविद्युत परियोजनाले स्थानीय जनताको कृषि तथा गैर कृषि क्षेत्रमा पारेको प्रभावको विश्लेषण गर्नु, लघु जलविद्युत परियोजनामा कार्यरत श्रमिकको पारिवारिक आर्थिक अवस्थाको विश्लेषण गर्नु, लघु जलविद्युत परियोजनाले स्थानीय जनताको शैक्षिक क्षेत्रमा पारेको प्रभावको विश्लेषण गर्नु हो ।
यस अध्ययनका उद्देश्य पूरा गर्न गुणात्मक, सङ्ख्यात्मक तथा साधनहरुको माध्यमद्वारा वर्णनात्मक तथा विश्लेषणात्मक तरिकाले तथ्याङ्कहरुको विश्लेषण गरिएको
छ । यसका लागि पहिलो खण्डको जुईलीगाड लघु जलविद्युतबाट प्रभावित भैरवनाथ गा.वि.स. का वडा नं. १, २, ३ र ४ मा रहेका ३३७ घरधुरी मध्ये कृषि पेशामा संलग्न २०० किसानहरुबाट नमुनाको रुपमा १०० घरधुरी किसान, व्यापार व्यवसायमा संलग्न १३७ घरधुरी व्यापारी तथा उद्यमीबाट नमुनाको रुपमा ५० घरधुरी व्यापारीलाई समानुपातिक नमुना छनोट विधि अन्तर्गत चिठ्ठा विधिको सहयोगबाट १५० घरधुरी र परियोजनामा कार्यरत ३ श्रमिक, १ परियोजना सञ्चालकलाई संगणना विधिको माध्यमबाट सतप्रतिशत छनोट गरी १५४ छनोट गरिएको छ । प्राथमिक तथ्याङ्क सकलनका रुपमा नमुना छनोटमा परेका किसान, व्यापारी, परियोजना सञ्चालक, परियोजनामा कार्यरत श्रमिकहरु रहेका छन् भने द्वितीय तथ्याङ्क सङ्कलनका रुपमा परियोजनाको वार्षिक अभिलेख, प्रकाशित तथा अप्रकाशित पुस्तक, पत्रपत्रिका, गा.वि.स. र जिल्ला विकास समिति, राष्ट्रिय योजना आयोग, केन्द्रीय तथ्याङ्क विभाग र नेपाल राष्ट्र बैंकबाट आवश्यक सूचनाहरु संकलन गरिएको छ ।
यस अनुसन्धान सङ्कलित तथ्याङ्कहरुको विश्लेषणमा जुईलीगाड लघु जलविद्युत परियोजना निर्माण गर्दा ग्रामीण विद्युतीकरण विकास परियोजनाले ३९,२०,००० अनुदान, जि.वि.स. बाट १०,००,००० अनुदान, गा.वि.स. बाट २५,००,००० अनुदान, गरिबी निवारण कोष ३५,००,०००, सप्रोसबाट ८०,०००, १२००००० र न्क्ष्श् बाट ४,००,००० लगानी गरिएको थियो । परियोजनाको निर्माण कार्य २०६४ सालदेखि सुरु भई २०६८ सालदेखि विद्युत वितरण गरिएको थियो । २०६८ सालदेखि २०७२ साल सम्म वार्षिक आम्दानी ३१,८६,००० वार्षिक खर्च २९,०१,४००, वार्षिक नाफा २८४७०० औषत रहेको छ । परियोजनाले निर्माण हुनुभन्दा पहिला (२०६८ भन्दा अघि) गैर कृषि क्षेत्रका उद्योग व्यवसायहरु २५ थिए भने परियोजनाको निर्माण पश्चात २०७३ साल सम्म व्यापार व्यवसाय ८९ रहेका छन् ।
परियोजनाबाट प्रभावित नमुना छनोटमा परेका १०० घरधुरीका किसानले कृषि, जागिर र वैदेशिक रोजगारबाट वार्षिक आम्दानी ३,४४,७६,००० औषत वार्षिक आम्दानी ३,४४,७६० प्राप्त गरेका थिए भने उपभोग, शिक्षा, स्वास्थ्य, चाडपर्व र अन्यमा वार्षिक खर्च २,९१,००,०००, औषत वार्षिक खर्च २,९१,००० थियो भने वार्षिक वचत ५,३७,६०० औषत वार्षिक वचत ५३,७६० थियो । त्यस्तै गरी नमुना छनोटमा परेका ५० घरधुरीका व्यापारीहरुले कृषि, व्यापार व्यवसाय, जागिर र वैदेशिक रोजगारबाट वार्षिक आम्दानी २,५०,९२,०००, औषत वार्षिक आम्दानी ५,०१,८४० प्राप्त गरेका थिए भने उपभोग शिक्षा, स्वास्थ्य, चाडपर्व र अन्यमा वार्षिक खर्च १,७७,००,०००, औषत वार्षिक खर्च ३,५४,००० भएको थियो भने वार्षिक बचत ७३,९२,०००, औषत वार्षिक बचत १,४७,८४० भएको थियो र परियोजनामा कार्यरत ३ जना श्रमिकका परिवारले कृषि, जागिर र व्यापारबाट वार्षिक आम्दानी ११,७०,००० प्राप्त गरेका थिए भने उपभोग शिक्षा, स्वास्थ्य, चाडपर्व र अन्यमा, वार्षिक खर्च ८,३०,००० र वार्षिक बचत १,१३,३३३ औषत वार्षिक बचत ६८,००० भएको थियो ।
जुईलीगाड लघु जलविद्युत परियोजनाबाट प्रभावित नमुना छनोटमा परेका कृषि पेशामा संलग्न १०० घरधुरी कृषक, ५० घरधुरी उद्यमी तथा व्यापारी र परियोजना कार्यरत ३ जना श्रमिकको आर्थिक प्रभाव कस्तो रहेको छ भनी सोधिएको प्रश्नमा कृषकका ३० घरधुरी अर्थात् ३० प्रतिशतले न्यून, २० घरधुरी अर्थात् २० प्रतिशतले माध्यम र ५० घरधुरी अर्थात् ५० प्रतिशतले परियोजनाले उच्च प्रभाव पा¥र्यो भन्ने प्रतिक्रिया दिएका छन् । त्यस्तै गरी व्यापारी तथा उद्यमीका ४ घरधुरी अर्थात् ८ प्रतिशतले न्यून, १० घरधुरी अर्थात् २० प्रतिशतले मध्यम र ३६ घरधुरी अर्थात् ७२ प्रतिशतले परियोजनाले आर्थिक क्षेत्रमा उच्च प्रभाव पार्यो भन्ने प्रतिक्रिया दिएका छन् भने परियोजनामा कार्यरत ३ जना श्रमिकहरु मध्ये १ घरधुरी अर्थात् ३३.३३ प्रतिशतले न्यून, १ घरधुरी अर्थात् ३३.३३ प्रतिशतले मध्यम र १ घरधुरी अर्थात् ३३.३३ प्रतिशतले परियोजनाले उच्च प्रभाव पार्यो भन्ने प्रतिक्रिया दिएका छन् । १०० घरधुरी कृषकमध्ये १८ घरधुरीका बालबालिकाहरुले निजी विद्यालयमा, ८२ घरधुरीका बालबालिकाहरुले सरकारी विद्यालयमा अध्ययन गर्दछन् भने ५० घरधुरीका उद्यमी तथा व्यापारी मध्ये २५ घरधुरीका बालबालिकाहरुले निजी विद्यालयमा र २५ घरधुरीका बालबालिकाहरुले सरकारी विद्यालयमा अध्ययन गर्दछन् भने परियोजनामा कार्यरत ३ जना श्रमिकमध्ये २ श्रमिकका बालबालिकाहरुले सरकारी विद्यालय र १ श्रमिकका बालबालिकाहरुले निजी विद्यालयमा अध्ययन गर्दछन् ।
परियोजनाले आगमनले सूचना तथा सञ्चारको क्षेत्रमा स्थानीय जनताहरुको पहुँच विस्तार गरेको छ । जसबाट विश्वमा घटेका ताजा घटना एवम् जानकारीहरु तत्काल प्राप्त गर्ने सहज वातावरण सिर्जना भएको छ । अध्ययन क्षेत्रको शैक्षिक विकासको लागि आधुनिक शैक्षिक सामग्री, कम्प्युटर, इमेल, इन्टरनेट आदि सुविधाहरुको प्रयोगमा पनि उल्लेख वृद्धि भएको छ । परियोजनाको निर्माण पछि स्थानीय स्तरको व्यापार व्यवसाय, उद्योग धन्दा र कृषि क्षेत्र आदिको विकासको साथै रोजगारकिा अवसरहरुको सिर्जनाबाट स्थानीय जनताको आयआर्जनमा समेत वृद्धि भएको छ । अध्ययन क्षेत्रमा शतप्रतिशत घरधुरीले विद्युतको उपयोग गर्न पाएका छन् । यसप्रकार जुईलीगाड लघु जलविद्युत परियोजनाले स्थानीय जनताको आर्थिक तथा शैक्षिक क्षेत्रको विकासमा निकै राम्रो प्रभाव पारेको छ । साथै केन्द्रीय प्रसारण लाइन पुग्न नसकेर अध्यारोमा बस्न बाध्य भएका स्थानीय जनताहरुले लोडसेडिङ्गमुक्त जीवन बिताउन पाउनुका साथै भैरवनाथ गा.वि.स. ले आर्थिक, शैक्षिक लगायत समग्र पक्षको विकासमा ठूलो फड्को मारेको छ ।
