मेरो नेपाली किताब कक्षा पाँच र रसिलो नेपाली पाँच मा समाविष्टनमुना अभ्यासहरूको तुलनात्मक अध्ययन {A Comparative Study of Sample Exercises Included in My Nepali Book Class Five and Rasilo Nepali Five}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
शिक्षाशास्त्र सङ्काय नेपाली भाषा
Abstract
एउटै कक्षाका एकै समयका एउटै पाठयक्रममा आधारित दुई भाषा पाठयपुस्तकभित्र
समाविष्ट पाठहरूपछिका नमुना अभ्यासहरूका तुलनात्मक विश्लेषण यस शोधप्रबन्धकाशोधसार हो । प्रस्तुत शोधप्रबन्धको शीर्षक “कक्षा ५ का मेरो नेपाली किताब र रसिलानेपालीमा समाविष्ट नमुना अभ्यासहरूको अध्ययन” रहेको छ ।
यसको प्रयोजन त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङकाय, सुकुना बहुमुखी क्याम्पस,नेपाली शिक्षा विभाग, स्नातकोत्तर तह(एम.एड.) दोस्रो वर्ष, आठौ पत्र ने.पा.शि. ५९८ काआवश्यकता परिपूर्तिका लागि तयार पारिएको हो ।
अध्याय एकमा नौ शीर्षकमा ‘शोधको परिचय’ विषयवस्तुमा आधारित भई लेखिएकाछ । शोधशीर्षक, शोधप्रयोजन, समस्याकथन, उद्देश्य, पूर्वकार्यको समीक्षा, महत्व र औचित्य,सीमा, अध्ययन विधि र अध्ययनका रूपरेखा गरी नौ शीर्षकमा बाँडेर प्रत्येकको छुट्टाछुट्टैविवेचना गरिएको छ । पूर्वकार्यको समीक्षा शीर्षकमा पूर्व अध्येताहरूको शोधसम्बन्धी अध्ययनगरी निष्कर्ष पेश गरिएको छ । त्यसैगरी दोस्रो अध्यायमा भाषाशिक्षण÷सिकाइका सम्बन्धमानमुना अभ्यासले निर्वाह गर्न सक्ने भूमिकाका बारेमा सैद्धान्तिक अवधारणा प्रस्तुत गरिएकाछ । यसक्रममा विभिन्न पाठयपुस्तकहरूमा दिइएका नमुना अभ्यासको परिचय र महत्वलाइमुख्य विषयवस्तु बनाइका छ । सकेसम्म प्राप्त गर्न सकिने विद्वानहरूको परिभाषा वा मतलाइसन्दर्भ सामग्री बनाइएको छ । अध्याय तीनमा दुवै पाठयपुस्तकमा समाविष्ट नमुनाअभ्यासहरूको क्रमशः व्याख्या तथा विश्लेषण गरिएको छ । विश्लेषण गर्ने क्रममा कठिनशब्दार्थबाट सुरू गरी शब्दलाई पर्यायवाची पारिभाषिक, प्राविधिक, अनेकाथक, अनुकरणात्मकउखान÷टुक्का जस्ता किसिममा राखी राखी वर्गीकरण गरिएको छ र सङख्यात्मक रूपमातालिका बनाई देखाइएका छ । त्यसपछि विधासम्बन्धी अभ्यासको व्याख्या तथा विश्लेषण गदापाठहरूलाई कथा, निबन्ध÷प्रबन्ध, कविता, जीवनी, रूपक, चिठी विधामा विभाजन गरीत्यसमा अभ्यासहरूको तहगत विवरण गरी तालिकामा देखाइ उपयुक्त व्याख्या तथा विश्लेषणगरिएको छ । यसक्रममा बोधात्मक, प्रयोगात्मक, सिर्जनात्मक र कण्ठस्थ गर्ने किसिमकाअभ्यासहरूलाई छुट्टाछुट्टै तालिका बनाई व्याख्या तथा विश्लेषण गरिएको छ । दुवपाठयपुस्तकमा समाविष्ट व्याकरणलाई नछुटाइकन तालिका बनाइ परिचयात्मक, प्रयोगात्मक,पहिचानात्मक र सिर्जनात्मक गरी वर्गीकरण गरी सङख्या समेत प्रस्तुत गरिएको छ । यसअध्यायमा प्रत्येक विधा छुट्टयाएर त्यस विधामा भएका भाषिक सीप(सुनाइ, बोलाइ, पढाइ,लेखाइ) सँग सम्बन्धित अभ्यासहरूको तालिकीकरण गरी उपयुक्त व्याख्या तथा विश्लेषणगरिएको छ । अध्याय चारमा दुवै पाठयपुस्तकमा समाविष्ट नमुना अभ्यासको तुलनात्मकअध्ययन गरी देखाइएको छ । भाषा पाठयक्रमको उद्देश्य अनुरूप नमुना अभ्यासहरू राखिएकाछन÷छैनन भाषिक सीप आर्जनका आधारमा कुन पाठयपुस्तक बढी उपयोगी छ ? कुनपाठयपुस्तकमा सङख्यात्मक र गुणात्मक रूपमा पाठयक्रमको मर्मलाई बझी नमुना अभ्यास
समाविष्ट छनभन्ने कुरा उक्त अध्यायमा समेटिएको छ । यसका लागि क्षत्रीय अध्ययन विधि,तुलनात्मक विधि र पुस्तकालयीय विधिलाई अपनाइएको छ । क्षेत्रीय अध्ययन विधिका लागिनिजी र सरकारी विद्यालय गरी जम्मा ४ विद्यालयका कक्षा ५ मा अध्ययनरत ५० जनाविद्यार्थीलाई र ४ जना शिक्षक÷शिक्षिकालाई नमना छनोटका रूपमा लिई तुलनात्मक अध्ययनगरिएको छ ।
अध्याय पाँचमा अघिल्ला अध्यायहरूमा गरिएका सर्वेक्षण, तुलनात्मक अध्ययनबाटप्राप्त सबल र दुर्वलपक्षहरूलाई आधार मानी निष्कर्ष पेश गर्दै उपयुक्त सुझावहरू पनिदिइएको छ । दुवै पाठयपुस्तकमा समाविष्ट नमना अभ्यासको शैक्षणिक प्रयोजन प्रस्तुत गदभावी अनुसन्धाताका लागि विषय शीर्षकको जानकारीका साथमा सन्दभ ग्रन्थहरूको सूचीदिएर शोधप्रबन्धको अन्त्य गरिएका छ ।
यसरी समग्रमा हेर्दा या शोधप्रबन्ध एउटै भाषा पाठयक्रमका अधीनमा रही सरकारी रनिजी विद्यालयहरूमा प्रयोगमा ल्याएका भाषा पाठयपुस्तकमा समाविष्ट नमुना अभ्यासबीचकास्तरीयता, भाषिक सीप आर्जनका दृष्टिले उपयुक्तताको विश्लेषण गर्नु यसको मुख्य अभिप्रायरहेको छ ।
