निम्न माध्यमिक उत्तीर्ण परीक्षाको नतिजामा प्रभाव पार्ने कारक तत्वहरू {Factors Affecting the Result of Lower Secondary Passed Examination}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Abstract
निम्न माध्यमिक उत्तीर्ण परीक्षाको नतिजामा प्रभाव पार्ने कारक तत्वहरू विषयक प्रस्तुत शोधपत्रले निम्न माध्यमिक परीक्षाको नतिजा विश्लेषण गर्नु, नतिजामा प्रभाव पार्ने कारक तत्वहरूको विश्लेषण गर्नु र नतिजा सुधार गर्ने उपायहरू सुझाउनु यसको उद्देश्य रहेको छ ।
प्रस्तुत शोधपत्र तयार गर्ने क्रममा छनोट गरिएको बलाह स्रोतकेन्द्र अन्तर्गतका निम्न माध्यमिक परीक्षामा सामेल भएका ३÷३ वटा सामुदायिक तथा संस्थागत विद्यालयका २०६४ सालदेखि २०६७ साल सम्मको निम्न माध्यमिक परीक्षाको तथ्याङ्क लिई परीक्षा नतिजाको गुणात्मक एवम् परिमाणात्मक अनुसन्धान विधि प्रयोग गरी वर्णनात्मक विधिद्वारा प्रस्तुत गरिएको छ । कक्षा ८ मा अध्ययनरत प्रत्येक विद्यालयबाट २÷२ जना गरी गोलाप्रथाबाट छानिएका १२ जना विद्यार्थीहरू, २÷२ जनाका दरले १२ जना शिक्षकहरू, प्र.अ., वि.व्य.स.का अध्यक्षहरू, अभिभावकहरूमा प्रश्नावलीहरूको प्रयोगबाट सङ्कलित तथ्याङ्कको व्याख्या र विश्लेषण गरिएको छ भने उद्देश्यमूलक नमुना छनोट विधि र सम्भावनायुक्त छनोट विधिद्वारा नमुना छनोट गरिएको छ ।
अध्ययन क्षेत्रका सामुदायिक विद्यालयहरूको कुल उत्तीर्ण ६५.४६ प्रतिशत र संस्थागत विद्यालयहरूको ९९.३२ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयमा बढी सङ्ख्यामा छात्राहरू र संस्थागत विद्यालयहरूमा छात्रहरू भर्ना हुनुले न्यून मात्रामा भए पनि अभैm लैङ्गिक विभेद रहेको देखिन्छ । यसो हुनुका प्रमुख कारणहरूमा जनचेतनाको कमि हुनु, कमजोर आर्थिक अवस्था, योजनाबद्ध शिक्षण नहुनु, परीक्षा प्रणालीमा सुधार नहुनु कारक तत्वहरूका रूपमा रहेका छन् ।
निम्न माध्यमिक परीक्षाको नतिजा वृद्धि गर्न हरेक परीक्षाको परीक्षाफल प्रकाशन पश्चात् नतिजा विश्लेषण गरी आगामी वर्षको सिकाइ उपलब्धिमा सुधार गर्न योजना बनाउनु पर्ने, उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई पुरस्कारको व्यवस्था गर्नुपर्ने, कमजोर विद्यार्थीहरूलाई छुट्टै कोचिङ कक्षाको व्यवस्था गर्नुपर्ने, विद्यार्थी केन्द्रित शिक्षण विधि अपनाउनु पर्ने, विषयगत दरबन्दीको उचित व्यवस्थापन गर्नुपर्ने, विद्यालयलाई शान्तिक्षेत्र घोषणा गर्नुपर्ने, बालमैत्री शिक्षण गर्नुपर्ने देखिन्छ । संस्थागत विद्यालयका शिक्षकलाई समेत सहभागी गराई शिक्षकहरूको दक्षता अभिवृद्धि गर्ने, छोटो तथा लामो अवधिको तालिम सम्बन्धित स्रोतकेन्द्र भित्रै प्रदान गर्ने व्यवस्था गर्नु आवश्यक देखिन्छ । संस्थागत विद्यालयहरू सेवाको भावना भन्दा पनि आर्थिक लाभको अभिप्रायबाट सञ्चालन हुने गरेकाले व्यापारीकरण हुने संभावना देखि“दा यसतर्पm ध्यान दिन जरुरी छ ।
