बालबालिकाहरूको सिकाइ उपलब्धिमा विद्यालय सुधार योजना {School Improvement Plans on Children's Learning Achievement}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शैक्षिक योजना तथा व्यवस्थापन सङ्काय

Abstract

बालबालिकाहरूको सिकाइ उपलब्धिमा विद्यालय सुधार योजना” विषयको प्रस्तुतशोधपत्रको मुख्य उद्देश्य बालबालिकाहरूको सिकाइ उपलब्धिमा विद्यालय सुधार योजना कार्यक्रमलपारेको प्रभावको विश्लषण गर्नु रहेको छ । यसका दई वटा सहायक उद्देश्यहरूमा पहिलो विद्यालयसुधार योजनाको निर्माण र कार्यान्वयनमा सरोकारवालाहरूको भूमिकाको अध्ययन गर्नु र दोस्राविद्यालय सुधार योजना कार्यान्वयनमा देखिएका समस्या समाधानका उपायहरूको खोजी गरीसुझाव प्रस्तुत गर्नु रहेको छ । उल्लिखित उद्देश्यहरू पूरा गर्नका लागि १० वटा अनुसन्धानात्मकप्रश्नहरू राखी अध्ययन गरिएको छ । मूलतः गुणात्मक अध्ययन विधिलाई आधार मानी प्राथमिक र द्वितीय दुबै स्रोतबाट तथ्याङकसङकलन गरिएको थियो । प्र.अ. ८ जना, वि.व्या.स. अध्यक्ष ८ जना, शि.अ.सं.का संयोजक ८ जनार स्रोतव्यक्ति १ जनाको छनोट उद्देश्यपूर्ण विधिद्वारा गरिएको थियो भने सबै विद्यालयका गरी ३५जना शिक्षक, १७ जना वि.व्या.स. पदाधिकारी र ४४ जना विद्यार्थीहरू चिठ्ठा पद्धति प्रयोग गरीछनौट गरिएका थिए । नमूना छनौटमा परेका सरोकारवालाहरूसँग भेटघाट र सम्पर्क गरीप्रश्नावली, शोधकर्ताले रुजु सूचि तथा तथ्याङक संकलन फारम प्रयोग गरी तथ्याङक सङकलनगरिएको थियो । तथ्याङकलाई आवश्यकता अनुसार तालिकामा राख्ने, प्रतिशतमा व्यक्त गन,चित्रात्मक प्रस्तुतीकरण गर्ने जस्ता विधिद्वारा व्याख्या र विश्लषण गरिएको थियो । सामुदायिक विद्यालयहरूल विद्यालय सुधार योजनालाई एउटा नियमित शैक्षिक प्रक्रियाकारुपमा लिएको पाइयो । योजना निर्माण गर्ने प्रक्रियामा विद्यालयका शिक्षक, प्रधानाध्यापक रवि.व्या.स. पदाधिकारीको सहभागिता उच्च रहेको पाइयो भने विद्यार्थी र अभिभावकको चासो रसहभागिता ज्यादै न्यून रहको पाइयो । विद्यालयहरूल विद्यालय सुधार योजनाको माध्यमबाट शैक्षिकलक्ष्य निर्धारण गर्ने र शैक्षिक कार्यक्रमहरूको छनौट गरी कार्यान्वयनमा लैजाने अभ्यास गरेकापाइयो । यस्तो प्रयास र अभ्यासको परिणाम स्वरुप विद्यार्थीको सिकाइ उपलब्धि स्तर सन्तोषजनक रहेको पाइयो । सामुदायिक विद्यालयका उपभोक्ताको रुपमा रहेका लक्षित वर्ग, दलित एवम महिलाहरूको औषत सिकाइ उपलब्धि तुलनात्मक रुपमा अभैm न्यून रहेको पाइयो । विद्यालयमा उपयुक्त शिक्षण सिकाइका वातावरण निर्माण गर्न र बालबालिकाहरूको औषत सिकाइ उपलब्धि स्तर वृद्धि गर्न विद्यार्थीको विद्यालयमा उपस्थिति दर बढाउने, शिक्षकको मनोबल वृद्धि गर्ने, शैक्षिक क्रियाकलापमा शिक्षक–विद्यार्थी र अभिभावकको सहभागिता बढाउने जस्ता कार्यक्रमहरू सञ्चालन गरेको पाइयो । सामुदायिक विद्यालयमा विद्यालय सुधार योजना कार्यान्वयमा प्रशस्त समस्याहरू रहेको पाइयो । सरोकारवालाहरूको विद्यालयप्रतिको चासो कम हुनु, शिक्षकहरूमा पेशाप्रति प्रतिबद्धताका कमी हुनु, विद्यालयको व्यवस्थापनमा दलीय हस्तक्षेप देखिनु, विद्यालयको निरीक्षण ÷अनुगमन व्यवस्थित हुन नसक्नु, प्रधानाध्यापकको कार्य सम्पादन प्रभावकारी हुन नसक्नु जस्ता समस्याहरू नयोजना कार्यान्वयनका मुख्य चुनौतिको रुपमा रहेको पाइयो । विद्यालय सुधार योजनामा उल्लेख गरिएका कार्यक्रमहरूलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरोकारवालाहरूले विद्यालय प्रति आफ्नो चासो र सहभागिता वृद्धि गर्नुपर्ने, विद्यालयका व्यवस्थापनमा राजनीतिक हस्तक्षेप गर्न नहुन, शिक्षकले आफ्नो शिक्षण पेशाप्रति निष्ठा राखी काम गर्नुपर्ने, प्रधानाध्यापकले आफ्नो कार्य सम्पादनको अवस्थामा सुधार गर्नुपर्ने, विद्यालयको निरीक्षण र अनुगमन संयन्त्र प्रभावकारी हुनुपर्ने जस्ता सुझावहरू प्राप्त भएको पाइयो ।

Description

Citation