सम्पत्तिमाथि महिलाको पहुँच सम्बन्धी तनहुँ जिल्लाको गजरकोट गा. वि. स. को अध्ययन {Sampattimathi Mahilako Pahunch Sambandhi Tanahun Jillako Gajarkot Ga.Bi.Sa. ko Adhyayan}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

समाजशास्त्र सङ्काय

Abstract

यो शोधपत्र त्रिभुवन विश्व विद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत समाज शास्त्र÷मानव शास्त्र विभागमा समाज शास्त्र विषयको स्नातकोत्तर तह द्वितीय वर्षको आठौं पत्रको प्रयोजनका लागि तयार गरिएको हो । मानव विकासको दृष्टिले प्रारम्भमा महिलाहरूको भूमिका सबल र सक्षम रहेको थियो । समयको विकासक्रम सँगसँगै सामाजिक गतिविधिहरू सञ्चालित हुँदै जाँदा समाज पुरुष प्रधानमा रूपान्तरण हुन पुग्यो र महिलामाथि दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहारहरू हुँदै आयो र वर्तमान समयसम्म आइपुग्दा महिला र पुरुषबिच लैंगिक विभेद गर्न हुँदैन भन्ने चेतनाको विकास सँगसँगै महिलाहरूको आन्दोलनको परिणाम स्वरूप विकासमा महिला सहभागिता अनिवार्य ठानियो । विगतदेखि पैतृक सम्पत्तिमा पुरुषहरूलाई मात्र पहुँचमा पु¥याई महिलाहरूलाई उपेक्षा गरेकाले सम्पत्तिमाथि महिलाको पहुँच सम्बन्धमा (दिँदा) सामाजिक प्रभाव कस्तो छ भन्ने बारेमा हेर्न खोजिएको छ । यस अध्ययनले सम्पत्तिमाथि महिलाको पहुँच सम्बन्धमा समाजको धारणा कस्तो छ ? समान पहुँचले महिलामा कस्तो प्रभाव पार्दछ ? जस्ता अनुसन्धानको उत्तर खोज्ने प्रयास गरेको छ । यो अध्ययनमा वर्णनात्मक र विश्लेषणात्मक पद्धतिको प्रयोग गरिएको छ । अध्ययन क्षेत्रका ५८ जनालाई नमूनाका रुपमा नमूना छनोट विधिबाट छनोट गरिएको थियो । यस अन्तर्गत श्री कृष्ण उच्च मा. वि. का विद्यार्थीहरू, शिक्षकहरू, कर्मचारीहरूलाई अध्ययनको समग्रतामा राखिएको छ । यसका लागि आवश्यक प्राथमिक तथ्याङ्क विषयसँग सम्बन्धित प्रकाशित, अप्रकाशित लेख, पत्रपत्रिका, पुस्तकहरूबाट लिइएको छ । अध्ययनका क्रममा प्राप्त भएका तथ्याङ्कहरू सामान्य तथ्याङ्कहरू शास्त्रीय विधि र सामग्रीहरूको प्रयोगद्वारा विश्लेषण गरिएको छ । यस शोधपत्रको अनुसन्धानकर्ता÷शोधकर्ताले समाजमा पिछडिएका महिलाहरूको सम्पत्ति माथि महिलाको पहुँच सम्बन्धी पक्षमा पछाडी परेका महिला र तिनीहरूको वास्तविकता पत्ता लगाउन निम्न अध्यायहरूमा यो शोधकार्य सम्पन्न गरेको छु । अध्याय एक : यस अध्यायमा अध्ययनको पृष्ठभूमी, समस्याको कथन, अध्ययनको उद्देश्य, अध्ययनको औचित्य, अध्ययनको क्षेत्र र सीमाका खाकामा रहेका छन् । जसमा सम्पत्तिमाथि महिलाको पहुँचमा थप योगदान पु¥याउन सक्ने निष्कर्ष निकाल्नु नै यसको महत्व रहेको छ । साथै तनहुँ जिल्ला गजरकोट गा. वि. स. वडा नं. ५ र ६ का ५८ घरधुरीको अध्ययन अनुसन्धान गरिएको छ । अध्याय दुई : यस अध्यायमा पूर्व साहित्यको पुनरावलोकन अन्तर्गत ऐतिहासिक पृष्ठभूमी, विश्व परिवेशमा महिलाका हक अधिकार र पहुँचका विषयवस्तुमा छिमेकी राष्ट्र भारतमा महिलाको सम्पत्ति सम्बन्धी व्यवस्थाका सम्बन्धमा ल्याएका संशोधन, परिवर्तन, महत्व, प्रमुख राजनीतिक पार्टीहरूको घोषणापत्र, नेपालमा विगतमा भएका सम्पत्तिमाथि महिलाको पहुँच सम्बन्धमा कानूनी व्यवस्था, नेपाली महिलाहरूको सामाजिक, आर्थिक स्थिति लगायत शिक्षामा राजनीतिमा घरेलु हिंसा जस्ता विषयवस्तुहरू गहन अध्ययन यस अध्यायमा गरिएको छ । अध्याय तीन : यस अध्यायमा अनुसन्धान पद्धति अन्तर्गत अध्ययनक्षेत्रको छनोट, अनुसन्धानात्मक ढाँचा जस्तै वर्णनात्मक र विश्लेषणात्मक ढाँचाको प्रयोग समग्रता र नमूना छनोटमा ५८ घर परिवारकै घरधुरी सर्वेक्षण गरी तथ्याङ्क संकलन भएपनि प्राथमिक र द्वितीय दुबै प्रकारका स्रोतको प्रयोग गरिएको छ । तथ्याङ्क संकलन विधिमा प्रश्नावली सूची लिई अनुसन्धानकर्ता स्वयं घर घरमा पुगी घरधुरी सर्वेक्षण गरी यर्थाथताको खोजी गर्ने प्रयत्न गरिएको छ । अध्याय चार : यस अध्यायमा अध्ययनक्षेत्रको परिचय, भौगोलिक अवस्था, वडागत जनसंख्या विवरण, अध्ययन क्षेत्रको नक्सा, वडास्तरीय महिला पुरुषको स्तम्भचित्र, सामाजिक तथा सांस्कृतिक अवस्था लिङ्ग, जातजाति, धर्म, उत्तरदाताको पेशा, उमेर समूह र आर्थिक अवस्थाको आदिको विवरण अध्ययनमा संलग्न निर्धारित घर परिवारको सम्पत्तिमाथि महिलाको पहुँचको स्थितिलाई समेट्न खोजिएको छ । अध्याय पाँच : यस अध्यायमा सम्पत्तिमाथि महिलाको पहुँच र निर्णय निर्माणमा उनीहरूको भूमिका बारे अभिमत अन्तर्गत सम्पत्तिमाथि महिलाको पहुँच सम्बन्धमा ज्ञान, कानुन, पेशा व्यवसायीहरूको दृष्टिकोण, महिलालाई सम्पत्तिमाथि पहुँच दिन हुने नहुने सम्बन्धी महिलाका महत्वपूर्ण कुरा, घरजग्गा सम्बन्धी कानुनी स्वामित्व, सम्पत्ति किबेच गर्ने बारेको निर्णयकर्ता, परिवारका सदस्यहरूको वैवाहिक कार्यको निर्णयकर्ता, बजारबाट सामान खरिद गर्ने, खाना पकाउने र भाँडा माझ्ने आदि अध्ययनमा संलग्न घरपरिवारको स्वामित्व कसमा रहने भन्ने कुरा समेटिएको छ । अध्याय छ : यस अध्यायमा सम्पत्तिमाथि पहुँचले महिलाहरूमा पार्ने सामाजिक प्रभाव अन्तर्गत समाजमा महिलाहरूको उत्थानका विषयमा परम्परादेखि समाजमा हुँदै गर्दै आइरहेको अन्याय, अत्याचार, शोषण, दमन, विभेद आदि जस्ता विषयवस्तुहरूको अध्ययन गरिएको छ । अध्याय सात : अध्याय सातमा महिलाहरूलाई पुरुष सरह सम्पत्तिमा पहुँच दिँदा समाजमा सामाजिक प्रभाव, परिवारमा, नातेदारीमा, सामाजिक संरचनामा, संस्कृति साथै पहुँच कायाएन्वयन पक्षमा पर्न सक्ने प्रभावको सम्बन्धमा विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनबाट प्राप्त भएका तथ्याङ्कका आधारमा सम्पत्तिमाथि महिलाको पहुँच दिइनु राम्रो हुनुपर्ने र सम्पत्तिमा पहुँच भएपछि महिलाहरूमा केही गर्ने हौसला वृद्धि हुने, स्वावलम्बी र आत्मनिर्भर हुने र व्यक्तित्वको भरपुर विकास गर्ने अवसर प्राप्त भई राजनैतिक, सामाजिक, उत्पादनशील क्षेत्रमा सकारात्मक सहभागिता हुने देखिन्छ । तर कार्यान्वयनतर्फ पनि सजग भने हुनुपर्ने देखिन्छ । पुरुषप्रधान मानसिकताको प्रभाव रहेको समाजमा पक्ष विपक्ष भई द्वन्द्व हुने हुँदा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी सफलता हात पार्न सकिन्छ भन्ने तथ्यलाई निष्कर्षका रूपमा लिन सकिन्छ ।

Description

Citation

Collections