सार्वजनिक विद्यालयकाे कक्षा शिक्षणका दण्डकाे स्थिती (Sarvajanik vidyalayko kaksha shiksanka dandako sthiti)

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

पाठ्यक्रम तथा मूल्याङ्कन विभाग

Abstract

प्राथमिक विद्यालयको कक्षा शिक्षणका दण्डको अवसथा पहिचान गर्ने, दण्डले बालबालिकाहरुको सिकाइमा पारेको असर सम्बन्धी सरोकारवालाहरुको धारणा पत्ता लगाउने तथा दण्डले उत्पन्न गराएका समस्या हरुकाे खोजी गर्ने उद्दयश्यले यो अध्ययन गरिएको थियो । उपर्युक्त उद्द े शय पूरा गर्नका लागि सिरहा जिल्लाको रामनगर मिर्चैया भित्र रहेका सामूदायिक प्राथमिक विद्यालयहरुमध्ये ३ वटा विद्यालयलाई उद्देशयात्मक नमुना छनोट प्रक्रिया अनुरुप छनोट गरिएको थियो । छनैटमा परेका विद्यालयका प्रधानाध्यापक, विद्यार्थी र अभिभावकहरुसँग अन्तर्वार्ता तथा शिक्षकरुसँग प्रशनावली र अप्रत्यक्ष रुपमा प्रत्येक विद्यालयमा ३÷३ वटा कक्षा अवलोकन गरी विभिन्न सूचना एवं नकारीहरु संकलन गरिएको थियो । त्यसैगरी सूचनाको साहायक स्रोतको रुपमा विभिन्न पत्रपत्रिकामा छापिएका लेख, घटना तथा पु स्तकलाई लिएको थियो । यस अध्ययाका लागि छनैटमा परेका विद्यालयका सवै शिक्षकहरुले कुनै न कुनै रुपमा विभिन्न किसिमका दण्डहरुको प्रयोग गरेको पाइएको थियो । विद्यालयमा बालबालिकालाई अनुशासित बनाउन ,कक्षाकोठा नियन्त्रित गर्न, पढाइमा ध्यान केन्द्रित गराउन तथा बानी व्यहोरामा सुधार गर्ने बहानामा दुई किसिमका दण्डको प्रयोग गरिएको पाइएको थियो । पहिलो शारीरिक दण्डहरु (लठ्ठि तथा हातले शरीरका विभिन्न भागमा पिट ् ने मुर्गा बनाउने, उठसबस लगाउने काम तान्ने रौं उखेल्ने आदि) भने दोस्रो मनेवैज्ञानिक सजायहरु (होच्याएर गाली गर्ने। विभिन्न जनावरका नाम दिइ गाली गर्ने जस्तै गधा,बाँदर कुकुर आदि, पिट् ने धम्की दिने कक्षाबाट बाहिर निकाल्ने, जिस्काउने, काले, फुच्ची, अन्धा, बाहिरा भनि गाली गर्ने आदि) रहेका थिए । यि दुई किसिमका दण्ड मध्य े कसैले शारीरिक दण्डको प्रयोग बढी गरेको भने कसैले मनेवैज्ञानिक किसिम दण्डको प्रयोग बढी गरेको पाइयो । यसैगरी केही अप्रत्यक्ष तथा प्रणालीगत सजायहरु प्नि बालबालिकाहरुले पाएको देखियो जस्तै शिक्षण भाषा, कोठाकोठा व्यवस्थापन, शिक्षक तालिम अभाव, सामाग्री आदिको अभाव । यसैगरी बालबालिकाहरुलाई दिइने दण्डले उनीहरुको सिकाइमा सकारात्मक तथा नकारात्मक दुवै किसिमको असर परेको प्रतिक्रिया सरोकारवालाले दिएका पाइयो । सकारात्मा असरमा बानी व्यहोरामा सुधार आएको, पढाइमा ध्यान केन्द्रित गरेको आदि जस्ता छन भने नाकारातमक असरमा विद्यालयमा उपस्थिति न्यून हुने, कक्षामा निस्कृय हुने, शिक्षकसँग डराउने आदि रहेका थिए । बालबालिकाहरुलाइ दण्द दिदा विभिन्न किसिमका समस्याहरु आउने गरेको कुरा सरोकारवालाहरुले बताइएका थिए । दण्ड दिदा चोट पटक लगदा आउने समस्याहरु विद्यालयमा कम उपस्थित हुने तथा छोड ् ने समस्या, पढाइप्रति उत्साहित नहुने, आफु भन्दा ठुला तथा शिक्षकको आदर नगर्ने जस्ता रहेको बताएको पाइयो । द्यालयमा बालबालिकहरुलाई दण्डको बारेमा प्रधानाध्यापक शिक्षकहरु तथा अभिभावकहरुले यो एक अनुचित मार्ग हो । यसले बालवालिकाहरुको बिभिन्न पक्षको बिकासमा नराम्रो असर पर्ने गर्दछ त्यसैले शिक्षण गर्दा यसको प्रयोग गर्नु हुदैन । यधपि सुधारात्मक तथा सचेततात्मक असर पुरयाउने भएकाले प्रयोग गर्न सकिने भए पनि शारीरिक दण्डको आवश्यकता नभएको प्रतिक्रिया सरोकारवालाहरुले व्यक्त गरेका थिए । दण्ड न्यूनीकरण् गर्न प्रधानाध्यापक शिक्षक थुप्रै प्रयास गरेको तथा न्यूनिकरण् गर्ने योजन रहेको बताए भने अभिभावकहरुले यस सम्बन्धी विद्यालयमा गुनासा गरेको र अगाामी दिनमा सचेत हुने प्रतिक्रिया रहेको पाइयो । अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा केही सुझावहरु प्रस्तुत गरिएको छ । शिक्षकले दण्डलाई निरुत्साहित गर्न बालबालिकाको मनेभावना बुझि शिक्षण गर्नुपर्ने, दण्डलाई निरुत्साहित गर्न योग्य शिक्षकको व्यवस्था हुनु पर्ने तथा शिक्षक तालिमको वयवस्था हुनुपर्ने, शिक्षकको कक्षा शिक्षण अनुगमन गर्ने वयवस्था हुुनु पर्ने, अभिभावकहरुले आफ ् ना बच्चाले विद्यालयमा पाएको व्यवहारप्रति सचेत हुनुपर्ने, राज्यले विद्यालयमा दिइने शारीरिक दण्डलाई प्र तिबन्ध लगाउनु पर्ने अदि रहेका छन्।

Description

Citation