सामुदायिक विद्यालयमा शिक्षक छनौटको प्रक्रिया {Samudayik Bidhyalayama Sikshyak Chanoutko Prakriya}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

पाठयक्रम तथा मूल्याङ्कन विभाग

Abstract

सामुदायिक विद्यालय भन्नाले नेपाल सरकारबाट नियमित रूपमा अनुदान पाउने गरी अनुमति वा स्वीकृति प्राप्त विद्यालय सम्झनु पर्दछ, शिक्षक भन्नाले उक्त विद्यालयको अध्यापक सम्झनु पर्दछ र सो शब्दले प्रधानाध्यापक समेतलाई जनाउँछ । पहिले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुको स्थायी छनौट एंवम नियुक्ति शिक्षक सेवा आयोगले गर्दैै आएकोमा विगत करिव २ दशक यता उक्त आयोगले शिक्षकको अस्थायी नियुक्तिको जिम्मेवारी वि.व्य.स.लाई दिए पश्चात जुन तहमा विज्ञापन खुलाई खुल्ला प्रतिस्पर्धाको माध्यमबाट नियुक्ति गर्नुपर्ने व्यवस्था रहेको छ । त्यस्तैगरी शिक्षा नियमावलीका ६औं शंसोधन २०६६ ले साविकको अस्थायी नियुक्ति सम्बन्धी व्यवस्था हटाई स्थायी पदपुर्ति नभएसम्मका लागि एकपटकमा ६ महिनामा नबढाई २०७० चैत मसान्त सम्म म्याद थप गर्न सक्ने व्यवस्था गरेको छ । यसै सन्र्दभमा प्रस्तुत शोधपत्र“सामदायिक विद्यालयमा शिक्षक छनौट प्रक्रिया” शीर्षकमा गरिएको थियो । यस अध्ययनको प्रमुख उद्देश्य सामुदायिक विद्यालयमा शिक्षक छनौटको संयन्त्र पहिचान गर्नु रहेको छ । पाल्पा जिल्लाभित्र सञ्चालित सामुदायिक विद्यालयहरु मध्ये श्रीचण्डिका प्रा.वि. चण्डभिञ्ज्याङ्ग, श्री नामीकुवा नि.मा.वि. वौघापाखराथोक,श्री प्रभात मा.वि. मैनादी, र श्री लक्ष्मी उ.मा.वि.बन्दि पोखरा पाल्पा गरी जम्मा ४ वटा विद्यालयमा अध्ययन गरिएका थियो । यस अध्ययनमा गुणात्मक र संख्यात्मक विधिहरुको प्रयोग गरी तथ्याङक सङकलन गरिएको भएता पनि विशेष गरीगुणात्मक विधिद्धारा तथ्याङकका विश्लेषण र व्याख्या गरिएका थियो । अध्ययनका लागी ४ वटा विद्यालयका १–१ जनाप्र.अ.,३–३ जना शिक्षक प्रतिनिधी र सम्पूर्ण वि.व्य.स. का सदस्यहरुलाई सम्भावनारहित नमुना छनोट अन्र्तगतको उद्देश्यमुलक नमुना विधिद्धारा छनौट गरिएको थियो । अध्ययनका साधनहरु प्र.अ.र शिक्षकका लागि अन्र्तवार्ता सूची, वि.व्य.स. कासदस्यहरुका लागी लक्षित समुह छलफल निर्देशिका र दस्तावेज अध्ययन प्रयोग गरिएको थियो । छनौटमा परेका विद्यालयको नि.मा.वि. र मा.वि. तहमा शिक्षक छनोट गर्दा शिक्षा नियमावलीमा उल्लेखित प्रावधानकाआधारमा शिक्षक छनौट गरिएतापनि प्रा.वि. तहमा सोहि अनुरुप पाइएन । प्रा.वि., नि.मा.वि. र मा.वि. तीनवटै तहमा अध्यापनगराउने शिक्षक÷ शिक्षिकाहरु सबै जसो शैक्षिक योग्यता पूरा गरेका, तालिम लिएका, अध्यापन अनुमतिपत्र प्राप्त र सम्बन्धितविषयमा विषय विशिष्टिकरण गरेका भएतापनि कुन–कुनै शिक्षक तालिम र अध्यापन अनुमतिपत्र लिने क्रममा रहेको पाइयो ।प्रा.वि. तहमा स्थायी, अस्थायी, राहत, नीजिस्रोत र बालविकास सहयोगी कायकर्ता, नि.मा.वि. तहमा स्थायी, अस्थायी एवम् बालविकास सहयोगी र मा.वि. तहमा अस्थायी, राहत, निजिस्रोत र बालविकास सहयोगी कार्यकर्ताको दरवन्दी रहेको पाइयो ।त्यस्तै गरी सबै तहमा शिक्षा नियमावलीमा उल्लेखित प्र.अ. छनौटका धेरै जसो प्रावधानलाई वेवास्ता गरेको पाइयो भने शिक्षक छनौटका आधार, छनौटमा प्रभाव पार्ने आन्तरिक र बाह्य तत्वहरु, देखिएका समस्याहरु र समाधानका उपायहरुमा समानता पाइयो । यसरी सबै तहको शिक्षक छनौटको संयन्त्रलाई व्यवस्थित र प्रभावकारी बनाई प्र.अ.– शिक्षक छनौट गदाशिक्षा नियमावलीमा उल्लेखित आधारहरुलाई अनिवार्य रुपमा लागु गर्नुपर्ने, प्रा.वि. तहका शिक्षकलाई आधारभुत १० महिना तालिम र नि.मा.वि. र मा.वि. तहका शिक्षकलाई सम्बन्धित विषयमा विषयगत तालिमको व्यवस्था गर्नुपर्ने, देखिएका समस्या समाधानका लागि सम्बन्धित सरोकारवाला(प्र.अ., शिक्षक, वि.व्य.स., राजनैतिक दल र जि.शि.अ.) निकायहरु विशेष चासोका साथ सक्रिय रहनुपर्ने देखिन्छ ।

Description

Citation