साहित्यकार याम थुलुङ (राई) को जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन र विश्लेषण {Sahitykar Yam Thuling (Rai) ko Jivni, byktitwa ra krititwako adhyayan ra bislesana)
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
शोधशीर्षकः साहित्यकार तथा गजलकार याम थुलङ (राई) को जीवनी, व्यक्तितव र कृतित्वको अध्ययन र विश्लेषण शोध प्रयोजनः त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङकाय स्नातकोत्तर तह दोस्रो बर्ष म.र.व. क्यामपस इलाम नेपाली विभाग दसौं पत्रको प्रयोजनको लागि । शैक्षिक सत्र प्रस्तुत मितिः २०७०÷११÷८ गते
यस शोधपत्रलाई जम्मा ६ परिच्छेदमा विभाजन गरिएको छ । पहिलो परिच्छेदमा ‘शोधपरिचय’ राखिएको छ । यस परिच्छेद भित्र शोधशीर्षक,
शोधकार्यको प्रयोजन, शोध विषयको परिचय, समस्या कथन, शोधपत्रको उद्देश्य, पूर्वकार्यको समीक्षा, शोध कार्यको औचित्य, महत्व र उपयोगिता, शोधकार्यका सीमाङ्कन र सामग्री संकलन तथा अध्ययन विधि र शोधपत्रको रुपरेखा जस्ता उपशीर्षक राखेर चर्चा गरिएको
छ ।
त्यसै गरी दोस्रो परिच्छेदमा साहित्यकार याम थुलुङको जीवनी मूल शीर्षक अन्तर्गत जन्म स्थान, बाल्यकाल, बाल्यकालको स्वभाव, शिक्षा दीक्षा, विद्यार्थी जीवनको प्रमुख गतिविधि, संस्कार कर्महरु, विवाह, कर्मक्षेत्रमा प्रवेश, दाम्पत्य जीवन र पारिवारिक स्थिति आर्थिक स्थिति, रुचि, साहित्यिक लेखन प्रेरणा र प्रभाव, प्रथम रचना प्रकाशित पुस्तकाकार कृतिहरु प्रकाशित कृतिहरुको सङक्षिप्त सूची पुरस्कार तथा सम्मान र जीवन र साहित्य सम्बन्धी धारणा अन्र्तगत रहेर याम थुलुङको जीव्नी अध्ययन गरिएको छ । शोधपत्रको तेस्रो परिच्छदेमा साहित्यकार तथा गजलकारका याम थुलुङको व्यक्तित्व शीर्षक अन्र्तगत बाह्य सम्बन्धी चर्चा गरिएको छ । साथै आन्तरिक व्यक्तित्वमा सम्पादनक व्यक्तित्व, कवि व्यक्तित्व, गीतकार व्यक्तित्व, रुवाई व्यक्तित्व, गीतकार व्यक्तित्व, धार्मिक व्यक्तित्व, सामाजिक व्यक्तित्व, साँस्कतिक व्यक्तित्व, निबन्धकार तथा कथाकार र समीक्षक व्यक्तित्व उपशीर्षक राखी याम थुलङको व्यक्तित्व अध्ययन गरिएको छ ।
चौथौं परिच्छेदमा साहित्यकार तथा गजलकार याम थुलुङको साहित्यिक यात्रा मूल शीर्षक अन्र्तगत पष्ठभूमि, लेखन कार्यको निमित प्रेरणा र प्रभाव, कविताको विकासक्रमका सन्दर्भमा याम थुलुङको उपस्थिति र योगदान, गजल विधाको विकासक्रमको सन्र्दभमा याम थुलुङको उपस्थिति र योगदान, साथै साहित्यिक सिद्धान्त याम थुलुङको साहित्यिक यात्राका
विभाजन यस अन्र्तगत वहाँका पृष्ठभूमि काल पथम चरण र दोस्रो चरण आदिको चर्चा गरिएको छ ।
पाँचौ परिच्छेदमा साहित्यकार याम थुलुङको साहित्यिक कृतित्वहरुको अध्ययन मूल शीर्षक अन्र्तगत गजलको सैद्धानितक परिचय, गजल संरचना यस उपशीर्षक अन्र्तगत मतला, शायरी, मुक्ता र गजलका आन्तरिक उपकरण पर्ने काफिया, रदिफ, तखल्लुस, बहर तथा बहर निर्माणका लागि आवश्यक तत्वहरु, भाषा प्रयोग साथै उनका पुरस्काकार प्रकाशित कृतिहरुको विवेचना, गजल संरचना भाव तत्व र कविता सङग्रहको सामान्य अध्ययन र विश्लेषण गरिएको छ ।
शोधपत्रको छैटौं परिच्छेदमा याम थुलुङले कविता विधा र गजल विधामा दिएको योगदान बारेमा वहाँको समग्र मूल्याङ्कन (उपसंहार) को चर्चा गरिएको छ । शोधपत्रका समापन खण्डमा परिशिष्ट र सन्दर्भ ग्रन्थ साची राखेर शोधपत्रको अन्त्य गरिएको छ ।
