कक्षा ४ को मेरो नेपाली किताबको पाठयक्रमअनुरूपताको अध्ययन {Curriculum Study of My Nepali Book of Class 4}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
शिक्षाशास्त्र सङ्काय नेपाली भाषा
Abstract
१. शोधशीर्षक
‘कक्षा ४ को मेरो नेपाली किताब को पाठ्यक्रम अनुरूपताको अध्ययन’ रहेको छ ।
२. शोध उद्देश्यहरूप्रस्तुत शोधकार्यका उद्देश्यहरू निम्नानुसार रहेका छन् ः
क) परिमार्जित प्राथमिक शिक्षा पाठ्यक्रम (२०६२) मा अन्तर्निहित उद्देश्यानुरूप वर्तमान “मेरो नेपाली किताब कक्षा ४” को विश्लेषणात्मक अध्ययन
गर्नु।
ख) वि.सं २०६२ को परिमार्जित पाठ्यक्रमले तोकेको विधा र क्षेत्रका आधारमा पाठ्यपुस्तकका पाठहरूको अध्ययन गर्नु ।
ग) पाठ्यक्रमले निर्दिष्ट गरे बमोजिम पाठ्यपुस्तकमा कार्यमूलक व्याकरण र उपयुक्त शब्दभण्डार समावेश भए÷नभएको अध्ययन गर्नु ।
घ) पाठ्यक्रम अनुरूपताको आधारमा देखापरेका कमीकमजोरी पत्ता लगाइ सुधारका लागि सुझाव प्रस्तुत गर्नु ।
३. शोध सीमा
प्रस्तुत शोधपत्रका अध्ययनका सीमाहरू निम्नानुसार रहेका छन् ः
क) पाठ्यक्रमले तोकेका उद्देश्यहरूका आधारमा पाठ्यपुस्तकको अध्ययन गरिएको छ ।
ख) पाठ्यक्रमले निर्दिष्ट गरेको क्षेत्र तथा क्रमको आधारमा पाठ्यपुस्तकको विषयक्षेत्र, क्रम समावेश गरिएका विधाहरू तथा त्यसको सान्दर्भिकता
अध्ययन गरिएको छ ।
ग) पाठ्यक्रमले निर्धारण गरेअनुरूप व्याकरण पक्ष व्यावहारिक तथा सान्दर्भिक भए नभएको बारे खोजी गरिएको छ ।
घ) हिज्जे, चिह्न, शब्द चयन, कथा, कविता, चित्र आदि सबैको पाठ्यक्रम अनुरूपताको आधारमा अध्ययन गरिएको छ ।
ङ) पाठ्यपुस्तकमा देखिएको कमी, कमजोरीहरू तथा आवश्यक सुझावहरूको खोजी गरिएको छ ।
४. शोध विधि
प्रस्तुत शोधपत्र विद्यालयको पाठ्यक्रम तथा पाठ्यपुस्तकसँग सम्बन्धित भएकोले यसमा विशेष गरी विश्लेषणात्मक, तुलनात्मक तथा
अनुसन्धानात्मक विधि अपनाई शोधकार्य गरिएको छ । जसमा कक्षा ४ को नेपाली किताबको पाठ्यक्रम र पाठ्यपुस्तकलाई मुख्य अध्ययन साधनको
रूपमा लिइएको छ । यसमा तुलनात्मक अध्ययन विधिलाई मुख्य विधिको रूपमा प्रयोग गरिएको छ ।
५. शोध निष्कर्ष
क) पाठ्यपुस्तकको बाहिरी आवरण र पृष्ठको चित्र रङ्गीन र आकर्षक चित्रमा रहेका पाइन्छन् । बालबालिकाको ध्यानाकर्षण गर्ने प्रकारकै देखिन्छ ।
ख) पाठ्यक्रमअनुरूपताकै आधारमा पाठ्यपुस्तकमा समावेश भएका विधाका क्षेत्रहरू छन् । जस्तैः– बालकथा, कविता, प्रवन्ध, संवाद, चिठ्ठी, निवेदन,
गाउँखाने कथा, चुट्किला आदि समावेश गरिएका भए पनि पाठहरूमा भन्दा अभ्यासहरूमा बढी चुट्किला र गाउँखाने कथाहरू राखिएको पाइन्छन् ।
ग) भाषिक संरचना र शैलीका आधारमा ‘मेरो नेपाली किताब’ का पाठहरू केही सरल र सरस नै देखिन्छन् । यसलाई पाठ्यपुस्तकको सकारात्मक
पक्ष नै मान्नुपर्छ ।
घ) कक्षा ४ को पाठ्यपुस्तकमा विषयवस्तुका क्षेत्रहरू स्पष्ट रूपमा यी विषयसूची भित्र यी पाठ्यशीर्षकहरू राखिएका छन् भनी तोकिएको पाइँदैन तर
माथिल्लो कक्षामा स्पष्ट तोकिएको पाइन्छ ।
ङ) ‘मेरो नेपाली किताब’ मा प्रयुक्त चित्रहरू ६३ वटा राखिएका छन् । जुन सान्दर्भिक र आकर्षक देखिन्छन् । यो पनि पाठ्यपुस्तकको सकारात्मक
पक्ष नै हो । पाठअनुसारको थोरै भएको पाइन्छ ।
च) प्राथमिक तहमा प्रयुक्त वाक्यहरू बढीमा ६।७ शब्दहरू प्रयोग गरी निर्माण गरिएको हुनुपर्नेमा पाठयक्रमको उद्देश्यको विपरीत १२।१३ शब्दहरू समेत
प्रयोग गरिएको पाइन्छ जुन कक्षाको स्तरअनुरूप भएको देखिँदैन ।
छ) कक्षा ४ मा कविता विधातर्फ ५ वटा कविताका पाठहरू समावेश गरिएका छन् । जुन पाठहरू पद्यात्मक शैलीमा मात्र लेखिएका पाइन्छन् ।
ज) पुस्तकसम्बन्धी सुझाव, टीका टिप्पणी राख्न पाइने राय सुझाव दिन सकिने कुरालाई राम्रो पक्ष मान्न सकिन्छ ।
झ) कक्षा ४ मा व्याकरण सम्बन्धी अभ्यासहरू न्यून मात्रामा रहेको पाइन्छ ।
ञ) भाषिक सीप विकासका क्षेत्र अन्तर्गत सुनाइ र बोलाइ सीपलाई कम महत्व दिएको पाइन्छ ।
ट) भाषिक शुद्धतासम्बन्धी अभ्यासहरू पाठ्यपुस्तकको सुरूसुरूमै राखिनु राम्रो पक्ष मान्न सकिन्छ ।
ठ) अभ्यासका प्रायजसो समस्या शब्दभण्डारमै आधारित गरी निर्माण गरिएको छ । अभ्यासमा दिएका प्रश्नहरू पाठअनुरूप र स्तरअनुकूल नै रहेका छन् ।
ड) पाठयक्रमले निर्दिष्ट गरेबमोजिम कथा, कविता, प्रवन्ध, संवाद, चिठ्ठी लेखन, निवेदन लेखन आदि पर्याप्त भएको देखिँदैन ।
ढ) प्राथमिक तहको पाठयक्रम तथा पाठ्यपुस्तकमा विधागत आधारमा अङ्क विभाजन गरिएको छैन ।
ण) उखानटुक्का पाठमा नभई अभ्यासमा रहेको पाइन्छ ।
त) कविता विधामा कविको चिनारी राखिएको छैन ।
थ) चुट्किलाको प्रयोग पाठमा न्यून मात्रामा भएको पाइन्छ ।
द) प्राथमिक स्तरमा पाठको सुरूमा कविता राख्नु उपयुक्त हुँदैन । त्यसमा पनि ‘गाउँछ गीत नेपाली’ कविता स्तरअनुरूप नभई क्लिष्ट रहेको
देखिन्छ । यस कवितामा बढी जटिल शब्द प्रयोग भएका छन् । जुन कक्षा ४ को निम्ति सुरूमै त्यति उपयुक्त हुँदैन ।
ध) पाठ्यपुस्तकमा हाँस्यव्यङ्गात्मक पाठहरू समावेश गरिएका छैनन् ।
न) प्राथमिक तहको पाठ्यपुस्तकमा विधागत आधारमा अङ्कभार विभाजन गरिएको छैन ।
प) पाठ्यपुस्तकको सिलाइ एकदमै कमजोर खालको देखिन्छ । सिलाइ बलियो धागोले हुनुपर्ने त्यस्तो प्रकारको छैन । त्यसैले पुस्तकको सिलाइ दह«ो
बनाउन आवश्यक देखिन्छ ।
६. सुझावहरू
पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित ‘कक्षा ४ को अनिवार्य विषयको मेरो नेपाली किताब’ र पाठ्यक्रम अनुरूप भए नभएको बारेमा गरिएको
अध्ययन विश्लेषणबाट प्राप्त निष्कर्षका आधारमा निम्न सुझावहरू प्रस्तुत गरिएको छ ः–
क) पाठ्यक्रममा तोकिएको उद्देश्यअनुसार पाठहरू समेट्नु पर्ने ।
ख) पाठ्यक्रममा तोकिएका पाठहरू तल्लो कक्षा र माथिल्लो कक्षासँग क्रम मिल्ने गरी सरलबाट जटिल रूपमा प्रस्तुत गर्नुपर्ने ।
ग) पाठहरूको सङ्गठन पनि क्रमशः सरलबाट जटिल रूपमा समेट्नु पर्ने ।
घ) पाठ्यक्रमले निर्दिष्ट गरेबमोजिम शिक्षण सिकाइ क्रियाकलाप र विधिहरूलाई समेट्ने गरी पाठ्यपुस्तकमा क्रियाकलापहरू समेट्नु पर्ने ।
ङ) उद्देश्य पूरा हुने गरी अभ्यासहरू समेटिनु पर्ने ।
च) समेटिएका चित्रहरू पर्याप्त नभएको हुँदा अझ बढी चित्रहरू समेट्नु पर्ने ।
छ) वाक्य संरचनामा सुधार गर्नुपर्ने ।
ज) आवरण पृष्ठ दह«ो, आकर्षक र रङ्गीन भएको देखिनुपर्ने ।
झ) पाठ्यपुस्तकमा मनोरञ्जनात्मक पाठहरू समावेश गरिनुपर्ने ।
ञ) पाठ्यपुस्तकमा प्रयोगात्मक र सीपमूलक पाठहरू समावेश गर्नुपर्ने ।
ट) माथिल्लो तहमा भैmँ प्रत्येक पाठको अङ्कभार विभाजन गरिनुपर्ने ।
ठ) सीपसँग सम्बन्धित अभ्यासलाई बढी जोड दिनुपर्ने ।
ड) कार्यमूलक व्याकरणको परिचय सँगसगै उदाहरणसहित पर्याप्त अभ्यासहरू समावेश गरिनुपर्ने ।
ढ) सिर्जनात्मक शैलीका अभ्यासहरू राखिनु पर्ने ।
ण) भाषिक खेल विधिमा आधारित पाठहरू समेट्नु पर्ने ।
त) विद्यार्थीको उमेर, रूचि, स्तर अनुसारका पाठहरू समेट्नु पर्ने ।
थ) पाठ्यपुस्तकको कमजोर बँधाईलाई मजबुत खालको धागोले सिलाइ दह्रो पार्नुपर्ने ।
द) तोकिएको मूल्य खटाई सबैको पहुँचमा हुने गरी निर्धारण गर्नुपर्ने ।
