सामुदायिक विद्यालयमा सामाजिक परीक्षणको अवस्था {Social testing conditions in public schools}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शैक्षिक योजना तथा व्यवस्थापन संकाय

Abstract

सामुदायिक विद्यालयमा सामाजिक परीक्षण शीर्षक छनौट गरी गरिएको यसअनुसन्धानात्मक कार्यको मख्य उद्देश्य सामुदायिक विद्यालयमा सामाजिक परीक्षणको स्थितिविश्लषण गर्नु रहेको छ । यस अनसन्धानात्मक कार्यलाई पूरा गराउन गुणात्मक र परिमाणात्मक अनुसन्धानको ढाँचाप्रयोग गरिएको छ । इन्द्रपुरस्रोतकेन्दका ३ वटा सामुदायिक विद्यालय र सरोकारवाला पक्षहरूकाउद्देश्यमूलक नमुना छनाट विधिको प्रयोग गरी उत्तरदाताको छनाट गरीएको छ । निर्धारण गरिएकानमुनाको आकारमा २२ जना महानुभाव रहेका छन। यस अध्ययनको तथ्याङक सङकलन गर्नकालागि अन्तर्वार्ता प्रश्नावली, लक्षित समूह छलफल निर्देशिका र विद्यालय अवलोकन रुजुसूचीफारमको प्रयोग गरिएको छ । सामुदायिक विद्यालयमा सामाजिक परीक्षणका सम्बन्धमा सरोकारवाला पक्षमा सचेतनाकाकमी रहेको, समिति गठन प्रक्रिया त्रटिपूर्ण रहेको, समितिले बुझाएको अध्ययन प्रतिवेदनऔपचारिकताका लागि मात्र सार्वजनिकरण गर्ने गरेको पाइयो । यसैगरी सामाजिक परीक्षणमाअभिभावको न्यून सहभागिता रहेको, विद्यालयको आर्थिक तथा भौतिक सम्पत्तिपतिको जवाफदेहिताप्र.अ.मा नै केन्द्रित गरिएको पाइयो । समुदायसँगको विद्यालयसीत सम्बन्ध विकासमा सामाजिकपरीक्षणले सहयोग गरेको, विद्यालयको शैक्षिक, भौतिक, मनोवैज्ञानिक स्तरमा सुधार भइविद्यालयलाई सहयोग पुगेको तथ्यलाई यस अध्ययनको मुख्य प्राप्तिको रूपमा छन । विद्यालयमापुरस्कार र दण्डको प्रयोग हुन नसकेको र तालक निकायहरूबाट सुपरिवेक्षण र अनुगमन हुननसकको कुरा यस अध्ययनमा प्रष्टयाइएको छ । अनुसन्धानको क्रममा देखिएका समस्या समाधानका लागि नीति निर्माण तहमा ऐनकानुनको तर्जुमा गर्दा कसले कुन काम सम्पन्न गर्ने हो स्पष्ट किटानी हुनुपन,यसको अनुगमन रसुपरिवेक्षण समेत हुनुपन,यसका लागि कर्मचारी वर्गलाई तालिम र प्रशिक्षणको व्यवस्था मिलाउनपर्ने सुझाव प्रस्तुत गरिएको छ । यसैगरी विद्यालयमा नागरिक वडापत्रको व्यवस्था गरीअभिभावकको विद्यालयपति चासो बढाउन प्र.अ., वि.व्य.स.ले भमिका खेल्नु पर्ने हुन्छ । यसरी नअभिभावकलाई विद्यालयका विकासमा सहयोग गर्न सीपविकास गनका लागि स्रातकेन्द, जिशिकालनिश्चित समयमा समिनार, गोष्ठि गरीनुपर्ने सुझाव पस्तुत गरिएको छ ।

Description

Citation