कुखुरापालन व्यवसायको लागत लाभ विश्लेषण र यसले शिक्षा क्षेत्रमा पारेको प्रभाव(कीर्तिपुर नगरपालिका, काठमाडौँ) (Kukhurapalan byabasayko lagat labh bislesan ra yasle siksha chetrama pareko parbhab( Kirtipur nagarlapika, Kathmandu)

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

अर्थशास्त्र शिक्षा विभाग

Abstract

कुखुरापालन व्यवसायको लागत लाभ विश्लेषण गर्न तयार गरिएको यस शोधपत्रमा नमूना छनोटमा परेको काठमाडौँ जिल्ला कीर्तिपुर नगरपालिका वडा नं. ७ स्थित रमेश पोल्ट्री फर्मको वर्तमान अवस्था, त्यसको प्रतिफल, लागत लाभ विश्लेषण र कुखुरापालन व्यवसायले पारिवारिक शिक्षामा पारेको प्रभावको विश्लेषण गर्नु यस अध्ययनको मुख्य उद्देश्य थियो । शोधपत्रको उद्देश्य पूरा गर्न परिमाणात्मक र गुणात्मक दुवै ढाँचाको प्रयोग गरी प्राथमिक र द्घितीय स्रोतका माध्यमबाट तथ्याङ्क संकलन गरी प्राप्त तथ्याङ्ककलाई आवश्यकता अनुसार तालिका, स्तम्भचित्र, र वृत्तचित्रको माध्यमबाट विश्लेषण गरिएको छ । प्राथमिक स्रोतबाट तथ्याङ्क संकलन गर्न ३ वटा छुट्टाछुट्टै प्रश्न निर्माण गरी पोल्ट्री फर्मका व्यवसायी, व्यवसायीका परिवार र कामदारलाई प्रत्यक्ष सोधेर संकलन गरिएको थियो भने यसका साथै अवलोकन सची र छलफल निर्देशिकाको माध्यमबाट प्रत्यक्ष अवलोकन र लक्षित समूह छलफल संचालन गरी प्राथमिक तथ्याङ्क संकलन गरिएका थिया । जसका निम्ति उद्देश्यमूलक नमूना छनोटका आधारमा अध्ययन क्षेत्र, वडा र उक्त वडामा रहेका ९ वटा फर्महरुबाट ११.११ प्रतिशत हुने गरी १ वटा रमेश पोल्ट्री फर्मलाई छनोट गरिएको थियो । त्यसै गरी फर्मका व्यवसायीका परिवार ६ जना र कामदारहरु २ जनालाई संगणना विधिबाट छनोट गरिएको थियो । द्घितीय तथ्याङ्कको स्रोतको रुपमा सम्बन्धित जिल्ला विकास समितिको कार्यलय, अर्थमन्त्रालय, पशु सेवा विभाग, नगरपालिकाको कार्यलय, विद्घानहरुका लेख रचना, पत्रपत्रिका र अन्य प्रकाशित र अप्रकाशित तथ्याङ्कहरुलाई आधार मानिएको थियो । यस पोल्ट्री फर्म वि.सं २०७० सालमा रु.५,००,००० वर्षिक १४ प्रतिशत व्याजदरमा ऋण लिई शुरुवात गरिएको थियो । यस फर्मका व्यवसायीका परिवारमा ६ जना सदस्य, २ जना स्थायी कामदार र कामदारको परिवारमा ४ जना सदस्य रहेको पाइयो । फर्ममा आवश्यक चल्ला, दाना, औषधी, भ्याक्सिन तथा अन्य सामग्री र कुखुरा खरिद पनि दाउन्ने ह्याचरीबाट गर्ने गरेको पाइयो । यस रमेश पोल्ट्री फर्मको दुई वर्षको लागत, आय र नाफाको आधारमा लागत पूँजीको सीमान्त क्षमता निकालेर लागत लाभ विश्लेषण गरिएको छ । जसअन्र्तगत फर्मको २०७१ सालको कुल स्थिर लागत रु.३,६०,००० र कुल परिवर्तनशील लागत रु.३४,७७,१०० गरी कुल लागत रु.३८,३७,१०० रहेको पाइयो । फर्मको २०७१ सालको कुल आय रु.४८,९७,७५० र कुल नाफा रु.१०,६०,६५० रहेको पाइयो । त्यस्तै फर्मको २०७२ सालको कुल स्थिर लागत रु.३,७०,०००, कुल परिवर्तनशील लागत रु.३५,७४,००० र कुल लागत रु.३९,४४,००० रहेको पाइयो । फर्मको २०७२ सालको कुल आय रु.५३,९९,२५० र कुल नाफा रु.१४,५५,२५० रहेको पाइयो । यस रमेश पोल्ट्री फर्ममा लगानी गरिएको पूँजीको सीमान्त क्षमता २०७१ सालको २७.६४ प्रतिशत, २०७२ सालको ३६.८९ प्रतिशत रहेको पाइयो । यी दुई वर्षको लागत पूँजीको औषत सीमान्त क्षमता ३२.२७ प्रतिशत रहेको पाइयो । जुन व्यवसायीले तिर्ने व्याजदरभन्दा १८.२७ प्रतिशतले बढी रहको पाइयो । कुखुरापालन व्यवसायबाट पारिवारिक शिक्षामा पारेको प्रभाव अध्ययन गर्दा व्यवसायीले र कामदारले शिक्षा क्षेत्रमा गरेको लगानी तथा आम्दानीमा आएको परिवर्तनले शिक्षामा गरेको लगानीमा कस्तो परिवर्तन आयो भनेर अध्ययन गरिएको थियो । जसअन्र्तगत व्यवसायीले २०७१ सालमा आफनो कुल आम्दानीको ४.०८ प्रतिशत र २०७२ सालमा ६.४८ प्रतिशत शिक्षामा लगानी गरेको पाइयो । व्यवसायीको आम्दानीमा १०.२४ प्रतिशतले वृद्घि हुँदा शिक्षामा गरिएको लगानीमा २.४० प्रतिशतले वृद्घि गरेको पाइयो । त्यस्तै गरी कामदारले २०७१ सालमा आफने आम्दानीको १३.२५ प्रतिशत र २०७२ सालमा १७.३७ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गरेको पाइयो र कामदारको वार्षिक आम्दानीमा ९.०९ प्रतिशतले वृद्घि हुँदा शिक्षा क्षेत्रमा गरिएको लगानीमा ४.१२ प्रतिशतले वृद्घि गरेको पाइयो । कुखुरापालन व्यवसायमा तालिमको अभाव, आवश्यक ऋणको अभाव, समयमा चल्ला नपाउने, विविध रोग महामारी, लोडसेडिङ, अस्थिर प्रकारको मूल्यजस्ता समस्या रहेको यस अध्ययनका क्रममा पाइयो । समग्रमा यस अध्ययनबाट कुखुरापालन व्यवसायम लगानी गर्दा उच्च लाभ प्राप्त गर्ने वा कुखुरापालन व्यवसायमा गरिएको पूँजीको सीमान्त क्षमता उच्च रहेको पाइयो र कुखुरापालन व्यवसायले पारिवारिक शिक्षामा सकारात्मक प्रभाव पारेको देखिन्छ ।

Description

Citation