समुदायद्वारा व्यवस्थापन गरिएका विद्यालयको आर्थिक स्रोत व्यवस्थापन {Of community managed schools Financial resource management}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शिक्षाशास्त्र संकाय, शिक्षा योजना तथा व्यवस्थापन {Faculty of Education, Education Planning and Management}

Abstract

प्रस्तुत शोध अध्ययन समुदायद्धारा व्यवस्थापन गरिएका प्राथमिक विद्यालयको आर्थिक स्रोत व्यवस्थापनको अवस्था विश्लेषण गर्न यो अध्ययनको मुख्य उद्देश्य हो । यस अध्ययनको मूल उद्देश्य समुदायद्धारा व्यवस्थापन गरिएका प्राथमिक विद्यालयको आर्थिक स्रोत व्यवस्थापनको अवस्था पत्ता लगाउनु, आर्थिक स्रोत व्यवस्थापनमा देखा परेका समस्या पहिचान गर्ने र आर्थिक स्रोत व्यवस्थापनमा देखा परेका समस्या निराकरणका उपायहरु सुझाउने रहेका छन्. । यो अध्ययन कार्य सम्पन्न गर्ने सिलसिलामा तथ्याङ्क संकलनका लागि अन्तवार्ता निर्देशिका, लक्षित समुह छलफल निर्देशिका र विद्यालय सर्वेक्षण फारमको निर्माण एवं प्रयोग गरी तथ्याङ्क संकलन कार्य सम्पन्न गरिएको थियो । यस अध्ययनको लागि गुणात्मक र परिमाणात्मक दुवै विधिको प्रयोग गरिएको थियो । यसै गरी नमुना छनौटको लागि उद्देश्यमुलक नमुना छनौट विधिको प्रयोग गरी तीन वटा विद्यालयलाई नमुना छनौट गरिएको थियो । यसमा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक आभिभावक संघका पदाधिकारी र अभिभावकलाई प्रतिनिधिमुलक नमुनाको रुपमा लिएर प्राथमिक तथ्याङ्कको संकलन गरिएको थियो । संकलित तथ्याङ्कको वैधता र विश्वशनीयता कायम राख्न समुहगत छलफल, अन्तरवार्ता र विद्यालय सर्वेक्षण फारमको माध्यमबाट एक अर्कासँग त्रिकोणात्मक सम्बन्ध कायम गरी तथ्याङ्क विश्लेषण गरिएको थियो । यस शोेध पत्रमा फ्रेडरिक टेलरले प्रतिपादन गरेको वैज्ञानिक व्यवस्थापनको सिद्धान्त र प्रोफेसर जर्ज इल्टन मायोको सिद्धान्तलाई सैद्धान्तिक खाकाको रुपमा लिएर विद्यालयको आर्थिक स्रोत व्यवस्थापनलाई नियाल्ने प्रयत्न गरिएको छ । अध्ययन क्षेत्रमा समुदायद्धारा व्यवस्थापन गरिएका प्राथमिक विद्यालयको आर्थिक स्रोत व्यवस्थापनको अवस्था विश्लेषण गर्दा आम्दानीको मुख्य स्रोतको रुपमा सरकारी अनुदान रहेको पाईयो भने अधिकांश रकम तलव भत्तामा र प्रशासनिक कार्यमा खर्च हुने गरेको पाइयो । विद्यायलको आर्थिक स्रोत व्यवस्थापनका समस्याहरुमा अभिभावकको कमजोर आर्थिक अवस्था, उपलब्ध स्रोतको अधिकांश रकम तलव भत्तामा खर्च गर्नु पर्ने वाध्यता, स्थानीय संघ संस्थाबाट पर्याप्त सहयोग नहुनु, समुदायमा शशक्तिकरण कार्यक्रमको अभाव, व्यवस्थापकीय सीपको अभाव, सम्बन्धित निकायबाट परामर्शको अभाव, राजनीतिक खिचातानी रहेका छन् । समुदायमा आयवृद्धिका कार्यक्रम संचालन गर्ने, मितव्ययी योजना तथा कार्यक्रम बनाउने, समुदाय परिचालन र जनचेतनामुलक कार्यक्रम संचालन गर्ने र नीतिगत रुपमा स्थानीय निकाय जस्तै जि.वि.., गा.वि.स. हरुले आफ्नो आम्दानीको केही प्रतिशत रकम शिक्षामा लगाउनु पर्ने तथा कानुनी रुपमा प्रति विद्यार्थी लागतको ९एऋँ० आधारमा अनुदान दिने प्रावधानलाई कडाइका रुपमा लागु गर्नुपर्ने यस अध्ययनका प्रमुख सुझावहरु रहेका छन् । प्रस्तुत शोध अध्ययन समुदायद्धारा व्यवस्थापन गरिएका प्राथमिक विद्यालयको आर्थिक स्रोत व्यवस्थापनको अवस्था विश्लेषण गर्न यो अध्ययनको मुख्य उद्देश्य हो । यस अध्ययनको मूल उद्देश्य समुदायद्धारा व्यवस्थापन गरिएका प्राथमिक विद्यालयको आर्थिक स्रोत व्यवस्थापनको अवस्था पत्ता लगाउनु, आर्थिक स्रोत व्यवस्थापनमा देखा परेका समस्या पहिचान गर्ने र आर्थिक स्रोत व्यवस्थापनमा देखा परेका समस्या निराकरणका उपायहरु सुझाउने रहेका छन्. । यो अध्ययन कार्य सम्पन्न गर्ने सिलसिलामा तथ्याङ्क संकलनका लागि अन्तवार्ता निर्देशिका, लक्षित समुह छलफल निर्देशिका र विद्यालय सर्वेक्षण फारमको निर्माण एवं प्रयोग गरी तथ्याङ्क संकलन कार्य सम्पन्न गरिएको थियो । यस अध्ययनको लागि गुणात्मक र परिमाणात्मक दुवै विधिको प्रयोग गरिएको थियो । यसै गरी नमुना छनौटको लागि उद्देश्यमुलक नमुना छनौट विधिको प्रयोग गरी तीन वटा विद्यालयलाई नमुना छनौट गरिएको थियो । यसमा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक आभिभावक संघका पदाधिकारी र अभिभावकलाई प्रतिनिधिमुलक नमुनाको रुपमा लिएर प्राथमिक तथ्याङ्कको संकलन गरिएको थियो । संकलित तथ्याङ्कको वैधता र विश्वशनीयता कायम राख्न समुहगत छलफल, अन्तरवार्ता र विद्यालय सर्वेक्षण फारमको माध्यमबाट एक अर्कासँग त्रिकोणात्मक सम्बन्ध कायम गरी तथ्याङ्क विश्लेषण गरिएको थियो । यस शोेध पत्रमा फ्रेडरिक टेलरले प्रतिपादन गरेको वैज्ञानिक व्यवस्थापनको सिद्धान्त र प्रोफेसर जर्ज इल्टन मायोको सिद्धान्तलाई सैद्धान्तिक खाकाको रुपमा लिएर विद्यालयको आर्थिक स्रोत व्यवस्थापनलाई नियाल्ने प्रयत्न गरिएको छ । अध्ययन क्षेत्रमा समुदायद्धारा व्यवस्थापन गरिएका प्राथमिक विद्यालयको आर्थिक स्रोत व्यवस्थापनको अवस्था विश्लेषण गर्दा आम्दानीको मुख्य स्रोतको रुपमा सरकारी अनुदान रहेको पाईयो भने अधिकांश रकम तलव भत्तामा र प्रशासनिक कार्यमा खर्च हुने गरेको पाइयो । विद्यायलको आर्थिक स्रोत व्यवस्थापनका समस्याहरुमा अभिभावकको कमजोर आर्थिक अवस्था, उपलब्ध स्रोतको अधिकांश रकम तलव भत्तामा खर्च गर्नु पर्ने वाध्यता, स्थानीय संघ संस्थाबाट पर्याप्त सहयोग नहुनु, समुदायमा शशक्तिकरण कार्यक्रमको अभाव, व्यवस्थापकीय सीपको अभाव, सम्बन्धित निकायबाट परामर्शको अभाव, राजनीतिक खिचातानी रहेका छन् । समुदायमा आयवृद्धिका कार्यक्रम संचालन गर्ने, मितव्ययी योजना तथा कार्यक्रम बनाउने, समुदाय परिचालन र जनचेतनामुलक कार्यक्रम संचालन गर्ने र नीतिगत रुपमा स्थानीय निकाय जस्तै जि.वि.., गा.वि.स. हरुले आफ्नो आम्दानीको केही प्रतिशत रकम शिक्षामा लगाउनु पर्ने तथा कानुनी रुपमा प्रति विद्यार्थी लागतको (PCF) आधारमा अनुदान दिने प्रावधानलाई कडाइका रुपमा लागु गर्नुपर्ने यस अध्ययनका प्रमुख सुझावहरु रहेका छन् ।

Description

Citation