उरांव तथा गैर उरांव समुदायका विद्यार्थीको प्राथमिक तहमा सहभागिता र शैक्षिक उपलब्धि एक तुलनात्मक अध्ययन Urab tatha Gair Urab Samudayaka Bidhyarthiko Prathamik Tahamaa sahabhagita ra Shaikshik Upalabdhi ek Tulanatmak Adhyayan

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

महेन्द्र रत्न वहुमुखी क्याम्पस इलाम Mahendra Ratna Multiple Campus, Ilam

Abstract

प्रस्तुत अध्ययन उरांव तथा गैर उरांव वालवालिकाको प्राथमिक तहमा सहभागिता विषयमा गरिएको हो । यस अध्ययनको मुख्य उद्देश्य उरांव र गैर उरांव समुदायका वालवालिकाको प्राथमिक तहमा भर्ना स्थिती पत्ता लगाउने ,विद्यालय छाडने दर पत्ता लगाउन, शैक्षिक उपलब्धि स्तरको तुलना गर्ने साथै शैक्षिक उपलब्धिमा प्रभावपार्ने तत्वहरुको खोजी गर्ने रहेको छ । त्यसैले प्रस्तुत अनुसन्धानमा उरांव तथा गैर उराव समुदायका विद्यार्थीहरूको प्राथमिक तहमा सहभागिता, तिनीहरूको शैक्षिक उपलव्धि, अभिभावकको शिक्षाप्रतिको धारणा तथा परिवारमा वाल–वालिकाको अवस्थाको तुलनात्मक अध्ययन गर्ने यस उद्देश्य राखिएको थियो । यस अध्यनमा परिणात्मक र गुणात्मक दुवैको प्रयोग गरिएको थियो । उपयुक्त उद्देश्य पुरा गर्नका लागि झापा जिल्लाको टागनडुब्बा र तोपगाछी गा.वि.स. भित्रका दुई दुई वटा सार्वजनिक विद्यालय लिइएको थियो । अन्तरवार्ताको लागि सम्वन्धित प्रत्येक विद्यालयवाट कक्षा १–५ सम्म अध्ययन गर्ने प्रत्येक कक्षाबाट २ जनाका दरले १० उरांव र १० जना गैर उरांव विद्यार्थी गरी जम्मा ८० जना र छनौटमा परेका विद्यालयहरूका ५ जनाका दरले प्रत्येक विद्यालयबाट पर्ने गरी जम्मा २० जना अभिभावक छनौट गरिएको थियो । वालवालिकाको भर्ना, विद्यालय छोड्ने, विद्यालय उपस्थिति) शैक्षिक उपलव्धि सम्वन्धि तथ्यांक संकलन गर्न फारम तयार पारिएको थियो भने अभिभावक, प्र.अ.,शिक्षक,वि.व्य.स. अध्यक्ष र विद्यार्थीका लागि अन्तवार्ताको लागि प्रश्नावली तयार पारिएको थियो । प्राप्त तथ्यांक लाई मल्टिपल वार डायग्राम र सहसम्वन्धको गुणांक गणना गरि निकालिएको छ । प्रस्तुत अनुसन्धानवाट गैर उरांव विद्यार्थीहरूको तुलनामा उरांव समुदायका विद्यार्थीहरूका अभिभावक प्राय अशिक्षित, कमजोर आर्थिक अवस्था भएका कारण सार्वजनिक प्राथमिक विद्यालयमा विद्यार्थी भर्ना कम तथा विद्यालय छोड्नेको संख्या बढिरहेको पाइयो । तर गैर उरांव समुदायका विद्यार्थीहरूका अभिभावक शिक्षित, उनिहरूको आर्थिक अवस्था राम्रो र थोरै सन्तान भएकाले आफ्ना वालवालिकाको शिक्षा प्रति चेतनशिल रहेको पाइयो । फलस्वरुप उरांव समुदायका विद्यार्थीको तुलनामा गैर उरांव समुदायका विद्यार्थीको विद्यालय उपस्थिति बढि रहेको पाइयो । प्रायजसो उरांव समुदायका अभिभावकको मुख्य पेशा कृषि भएका कारण उनीहरूका वालवालिकाले घरायसी काममा बढि सघाउनुपर्ने भएकाले उरांव समुदायका विद्यार्थीको शैक्षिक उपलव्धि गैर उरांव समुदायका विद्यार्थीको तुलनामा कम रहेको पाइयो । टागनडुब्बा र तोपगाछी गा.वि.स. मा संचार, यातायातको राम्रो विकास नभएकाले गर्दा विद्यालयमा वालवालिका पठाउनुपर्छ भन्ने कुरामा भिन्नता देखिएको छ । तर विविध कारणहरूले गर्दा उरांव वालवालिकाहरू विद्यालय वाहिर रहेका पाइयो । उरांव वालवालिकाको प्राथमिक तहमा सहभागिता वृधि गर्नका लागि सरकारी निति नियमको निर्माण र कार्यन्वयन तहमा कडाइ गर्नु पर्नै, छात्रबृति लगायन अन्य प्रोत्साहन कायृक्रम संचालन गर्न लगाउनु पर्ने देखियो । शिक्षकहरुले समुह कृयाकलाप गर्न लगाई प्रयोगात्मक विधिको प्रयोग गरि शिक्षण गर्नु पर्छ। उरांव अभिभावकलाइ छुटै शैक्षिक चेतना सम्बन्धि कार्यक्रम संचालन गर्नुपर्छ । उरांव बालबालिकाको शैक्षिकस्तर उकास्ने थप कार्यक्रम ल्याउनु पर्छ । सरकार बाट प्राप्न हुने विभिन्न सुविधाको अवसर उरांव वालवालिककालाई दिनूपर्छ ।

Description

Citation