प्राथमिक विद्यालय व्यवस्थापनका समस्याहरू {Problems of Primary School Management}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शैक्षिक योजना तथा व्यवस्थापन संकाय

Abstract

प्राथमिक विद्यालय व्यवस्थापनका समस्याहरू भन्ने शीर्षकमा तयार पारिएको यो शोध पत्रले प्राथमिक विद्यालयमा प्रधानाध्यापकको स्तरले व्यवस्थापनका भौतिक,प्रशासनिक शैक्षिक पक्षमा पारेको प्रभावलाई तथ्यगत रूपमा समेटेको छ । शैक्षिक योजना तथा व्यवस्थापन विभाग अन्तगर्त स्नाकोत्तर द्वितीय वर्षको आंशिक आवश्यकता परिपूर्ति गर्नको निमित्त भोजपुर जिल्लाको विद्योदय उच्च मा.वि. स्रोत केन्द्र अन्तर्गत प्राथमिक विद्यालयका प्र.अ.हरूले विद्यालय व्यवस्थापनमा भोगेका समस्याहरूकोे विश्लेषण गर्नु यो शोधपत्रको मुख्य उद्देश्य रहेको छ । यस अनुन्धान गुणात्मक र परिमाणात्मक मिश्रित ढाँचामा तयार गरिएको छ । अध्ययन मुख्यतया प्राथमिक स्रोतको तथ्याङ्कमा आधारित छ अन्तरवर्ताको लागि प्रश्नावली तयार गरी सहभागी अवलोकन फारम तथा डायरी टिपोटबाट तथ्याङ्क सङकलन गरिएको छ । नमुना छनोट गर्दा ६ वटा प्रा.वि. का प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र ती विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई उद्देश्य मूलक विधिका आधारमा छनोट गरिएको छ । प्रधानाध्यापकको कार्य प्रकृति र कार्य बोझको दृष्टिले तिनीहरूको अवस्था दयनीय रहेको छ । प्र.अ.हरूले बढी समय कक्षाशिक्षणमा व्यतीत गर्दछन् । व्यवस्थापन कार्यमा न्यून समय दिन्छन् र शैक्षिक नेतृत्वमा नगन्य समय दिनुपरेको अध्ययनले आँैल्याएको छ । यसले शैक्षिक गुणस्तरमा असर पार्नुका साथै संस्थाप्रमुखको रूपमा उनीहरूको कार्य प्रायः प्रभावकारी हुन नसकेको देखिन्छ । शैक्षाणिक व्यवस्थापनको सिद्धान्त र विद्यमान अभ्यास वीच फाराकिलो खाडल छ । निर्दिष्ट काम, कर्तव्य, अधिकार र अभ्यास हेर्दा पदीय दायित्व सक्षम रूपले निर्वाह गर्न नसकेको देखिएको छ । विद्यमान नीति नियम, विद्यालयको आर्थिक अवस्था शिक्षक समुदाय स्थानीय राजनैतिक अवस्था आदि सम्बद्ध तत्वले प्र.अ.को व्यवस्थापन कार्यमा असर पारि रहेको देखिन्छ । यसका अतिरिक्त प्र.अ.को योग्यता न्यून हुनु, प्र.अ.को छनोट प्रक्रिया प्रभावकारी नहुनु,शैक्षाणिक भूमिकालाई वास्ता नगर्नु तालिम प्रभावकारी नहुनु, अनुगमन र पृष्ठपोषणको अभाव, उचित मूल्याङ्कनको अभाव, राजनैतिक प्रभाव बढ्नु आदि कारक तत्वले पनि शैक्षाणिक व्यवस्थानलाई प्रभावित पारेको छ । प्रधानाध्यापकको प्रभावकारी शैक्षाणिक व्यवस्थापनको अभाव विद्यालयको सर्वाङ्गीण विकासमा बाधक भएको कुरा महसुस गरिएको छ । यसलाई न्यूनीकरण गर्न सम्भावित सुझावहरूको रूपमा विद्यालयको चौतर्फी विकासको लागि प्रधानाध्यापकहरू एक कुशल व्यवस्थापक, समन्वयनकर्ता, सङगठन कर्ता साथै मुख्य रूपले शैक्षिक नमुनाका रूपमा हुनु पर्ने अपरिहार्यतालाई प्रस्तुत गरिएको छ । प्रधानाध्यापकहरूले विद्यालय व्यवस्थापनमा भोगेका समस्या समाधान गर्न प्र.अ.्को महत्वपूर्ण भूमिका हुने भएकोले निजहरूको योग्यता क्षमता, दक्षता, बढाई आफ्नो काम कर्तव्य र दायित्व प्रतिको भूमिका उकासी विद्यालयको समग्र पक्षहरूमा प्रभावकारिता बढाउन तपसिलका सुझावहरू प्रस्तुत गरिएको छ । प्र. अ. र शिक्षकलाई सुपरिवेक्षण गरी आवश्यक पृष्ठपोषण तथा तालिमको व्यवस्था गर्नुपर्छ । प्र. अ. हुनका लागि बालमनोविज्ञान बुझेको र स्नातक तहको योग्यता तोकिइनु पर्दछ । प्र. अ पदमा नियुक्त हुनका लागि प्रधानाध्यापक व्यवस्थापन तालिम लिएकै हुन पर्ने साथै शिक्षणलाई अझै अर्थपूर्ण र क्रियाकलापमूलक बनाउन आधुनिक प्रशिक्षण जस्तै : O.H.P.,T.V.,Computer आदि विद्यालयलाई उपलब्ध गराई सो को प्रयोगसम्बन्धी तालिमको व्यवस्था गरिनु पर्ने देखिन्छ । सबै विद्यालयहरुमा विद्यालय व्यवस्थापन समिति (SMC) तथा शिक्षक–अभिभावक संघ जस्ता निकायहरुलाई सक्रिय बनाउनुपर्ने देखिन्छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित सदस्यहरूलाई विद्यालयको काममा सक्रिय भएबापत केही रकमको व्यवस्था हुनुपर्ने देखिन्छ । विद्यालय सञ्चालन गर्ने जिम्मेवारी पाएका प्र. अ. हरूले आफूले अवलम्वन गर्ने नेतृत्वशैली निरङकुश तथा स्वेच्छाचारी नभई पूर्ण रूपमा प्रजातान्त्रिक शैलीको हुनुपर्दछ ।

Description

Citation