कक्षा नौ को भाषा पाठयपुस्तकमा समाविष्ट व्याकरण सम्बन्धी अभ्यासहरूको विश्लेषणात्मक अध्ययन {An Analytical Study of Grammar Exercises Included in The Language Textbook for Class Nine
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा
Abstract
१. शोधशीर्षक
यस शोधपत्रको शीर्षक कक्षा नौ को नेपाली भाषा पाठ्यपुस्तकमा समाविष्ट व्याकरण सम्बन्धी अभ्यासहरूको विश्लेषणात्मक अध्ययन रहेको छ ।
२. शोधार्थीको नाम ः केशव भट्टराई ।
३. शोधनिर्देशक ः प्रेम प्रसाद भट्टराई ।
४. शोध प्रयोजन
प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह एम. एड. दोस्रो वर्ष पाँचाँै पत्र (नेपा.शि ५९८) को आंशिक आवश्यकता परिपूर्तिका निम्ति तयार पारिएको हो ।
५. समस्या कथन
प्रस्तुत शोधकार्यका निम्नलिखित समस्याहरू रहेका छन् –
क) व्याकरण अभ्यासहरू स्तरीयता र उपयुक्तताका दृष्टिले कस्ता छन् ?
ख) व्याकरण अभ्यासहरूको निर्माण पाठ्यक्रमले तोकेका उद्देश्य प्राप्तिमा सहयोगी छन् ?
ग) विद्यार्थीको उमेर, रूचि र मानसिक स्तरअनुसार व्याकरण अभ्यासहरूको व्यवस्था कस्तो छ?
घ) व्याकरण अभ्यासको कक्षागत निरन्तरता कस्तो छ ?
ङ) भाषा सिकाइलाई शुद्धा–शुद्धि, अर्थपूर्ण र प्रभावकारी बनाउनका लागि भाषापाठ्यपुस्तकमा समावेश गरिएका व्याकरणसम्बन्धी अभ्यासहरू के–कस्ता छन् ?
५. शोधका उद्देश्यहरू
यस अध्ययनका निम्नलिखित उद्देश्यहरू रहेका छन् ः
क) पाठ्यक्रअनुरूपताका दृष्टिले कक्षा नौ को नेपाली भाषा पाठ्यपुस्तकमा समाविष्ट व्याकरण सम्बन्धी अभ्यासहरूको विश्लेषणात्मक अध्ययन गर्नु,
ख) पाठमा समाविष्ट व्याकरणसम्बन्धी अभ्यासहरूको विश्लेषण गर्नु,
ग) व्याकरणसम्बन्धी अभ्यास खण्डका सबल र दुर्बल पक्षहरूको पहिचान गर्नु,
घ) व्याकरणसम्बन्धी अभ्यास खण्डको सुधारका लागि निष्कर्ष र सुझाव दिनु ।
६. अध्ययन विधि
यस शोधकार्यका लागि निम्नलिखित विधिहरूको प्रयोग गरिएको छ ः
क) पाठ्यपुस्तकमा रहेका व्याकरण अभ्यासहरूको सकेसम्म सरल, सङ्क्षिप्तरूपमा विश्लेषण
गरिएको छ ।
ख) अध्ययन विश्लेषणका क्रममा व्याकरण अभ्यास पाठ्यक्रमअनुरूपताप्रति पनि ध्यान दिइएको छ ।
ग) यस अध्ययनको मुख्य विधि पुस्तकालय विधि अपनाइएको छ ।
घ) पाठ्यपुस्तकमा हाल रहेका व्याकरण अभ्यासहरूको सबल र दुर्बल पक्षहरू केलाई अन्त्यमा निचोड र केही सुझावहरू प्रस्तुत गरिएको छ ।
ङ) विभिन्न विद्वान्हरूले उल्लेख गरेका व्याकरण अभ्याससम्बन्धी विश्लेषणहरूलाई अध्ययनको आधार बनाइएको छ ।
७. शोधको रूपरेखा
परिच्छेद एक ः परिचय
परिच्छेद दुई ः पूर्वकार्यको समीक्षा
परिच्छेद तीन ः सैद्धान्तिक अवधारणा
परिच्छेद चार ः पाठ्यक्रममा व्याकरणिक विषयवस्तुको छनोट र स्तरण
परिच्छेद पाँच ः कक्षा नौ को नेपाली भाषापाठ्यपुस्तकमा प्रयुक्त व्याकरणसम्बन्धी पाठ र व्याकरण अभ्यासहरू
परिच्छेद छ ः निर्धारित व्याकरण अभ्यासको अध्ययन विश्लेषण
परिच्छेद सात ः उपसंहार
सन्दर्भसूची
८. निष्कर्ष
यस अध्ययनका निष्कर्षहरू निम्नानुसार रहेका छन् ः
१. नेपाली भाषापाठ्यक्रमले शिक्षाका राष्ट्रिय उद्देश्य, तहगत उद्देश्य,
साधारण उद्देश्य र सीपगत उद्देश्य राखेको पाइन्छ । ती मध्ये सातवटा राष्ट्रिय
उद्देश्यहरू व्याकरण शिक्षणसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सम्बन्धित छन् ।
२. माध्यमिक तहको कक्षा नौ को भाषापाठ्यपुस्तकमा शब्द निर्माणसम्बन्धी पर्याप्त अभ्यासहरू
समावेश गरिएको छ ।
३. शब्दवर्गभित्रका क्रियापद र अव्ययलाई क्रमबद्ध रूपमा राखिएको पाइँदैन भने यसमा
अभ्यासहरू ज्यादै न्यून रहेका छन् ।
४ नेपाली भाषापाठ्यपुस्तकमा समाससम्बन्धी अभ्यासहरू समाविष्ट गरिएको छ तर
प्रश्नहरूको सन्तुलन भने मिलेको देखिँदैन ।
५ वर्णविन्यास (हिज्जे) पाठलाई सुरूका पाठहरूमा समावेश गरी त्यसपछिका पाठहरूमा प्रयोग
पक्षमा ध्यान दिनुपर्नेमा यसलाई पाठ तेह्र अपाङ्गहरूप्रति हाम्रो दायित्वमा राखिनुले वर्णविन्याससम्बन्धी नियमको पहिचान र प्रयोग पछिल्ला पाठहरूमा मात्र हुन पुगेको देखिन्छ ।
६ माध्यमिक पाठ्यक्रम र पाठ्यपुस्तक व्याकरणात्मक दृष्टिले उपयुक्त नै देखिन्छन् ।
भाषापाठ्यपुस्तकका अभ्यास खण्डमा सबै किसिमका व्याकरणिक पाठ्यवस्तुहरू राख्ने प्रयास भएको पाइन्छ ।
७ व्याकरणका अभ्यासहरू पाठसँग सम्बन्धित वा पाठबाट खोजेर लेख्ने अभ्यासहरूलाई पनि
समावेश गरिएको छ ।
८ व्याकरण अभ्यासका पछाडि वा अगाडि छाया कोष्ठकमा परिभाषा र सामान्य नियमहरू
लेखिएको हुँदा यसले विद्यार्थीको स्वाध्ययनका लागि सामग्रीको काममा मद्दत पु¥याएको देखिन्छ ।
९ व्याकरणिक विषयवस्तुलाई पाठसँग जोडेर सान्दर्भिक नबनाई पाठबाहिरबाटै अप्रासाङ्गिक
उदाहरणहरू पनि लिएको पाइन्छ ।
१० पाठ्यपुस्तकमा व्याकरण शिक्षणका निम्ति आगमनात्मक र भाषापाठ्यपुस्तक विधि
अनुशरण गरिएको छ, जुन उपयुक्त मानिन्छ ।
११ सबै प्रकृतिका प्रश्नहरूलाई समेट्न सकिएको छैन ।
१२ अभ्यासमा राखिएका प्रश्नहरू सरलबाट जटिलको क्रममा हुनुपर्नेमा यस्तो नियमको पूर्ण
रूपमा पालना हुन सकेको देखिँदैन ।
१३ पाठ्यक्रमले तोकेको शब्दभण्डारअन्तर्गत पर्ने सबै शब्दहरू (अनेकार्थक, श्रुतिसमभिन्नार्थक,
लघुतावाची, अनुकरणात्मक, पर्यायवाची, विपरीतार्थक, उखानटुक्का आदि) कक्षा ९ को नेपाली भाषापाठ्यपुस्तकमा समावेश गरिएको पाइन्छ, जसले गर्दा व्याकरण शिक्षणमा मद्दत पुग्ने देखिन्छ ।
१४ कक्षा नौ को नेपाली किताबमा व्याकरण अभ्यासमा शब्दकोशको प्रयोग भनेर समावेश
गरिएको छैन ।
१५ वर्णविन्यास (हिज्जे) पाठलाई सुरूका पाठहरूमा समावेश गरी त्यसपछिका पाठहरूमा प्रयोग
पक्षमा ध्यान दिनुपर्नेमा यसलाई पाठ तेह्र अपाङ्गहरूप्रति हाम्रो दायित्वमा राखिनुले वर्णविन्याससम्बन्धी नियमको पहिचान र प्रयोग पछिल्ला पाठहरूमा मात्र हुन पुगेको देखिन्छ ।
१६. व्याकरणिक पाठ्यवस्तुको स्तरण गर्दा पाठ्यक्रम र पाठ्यपुस्तकमा एकरूपता पाइँदैन ।
पाठ्यक्रममा करण÷अकरणका सम्बन्धमा केही उल्लेख गरिएको छैन तर पाठ्यपुस्तकको पाठ १ मा शब्दवर्गमा पर्ने नाम, सर्वनाम, विशेषण र क्रियापदपछि करण÷अकरणलाई समावेश गरिएको छ ।
९. सुझावहरू
यस अध्ययनका सुझावहरू निम्नानुसार रहेका छन् ः
१ नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रद्वारा निर्धारित मा.वि. तह कक्षा नौ को अनिवार्य नेपाली भाषापाठ्यक्रमका आधारमा तयार गरी राखिएका पाठ्यपुस्तकमा समाविष्ट व्याकरणसम्बन्धी अभ्यासहरू प्रयोगमूलक हुनुका साथै सोहीअनुसार सुधार हुनु आवश्यक देखिन्छ ।
२ व्याकरण अभ्यासलाई हेर्दा भाषिक उद्देश्यका साथै पाठ र व्याकरण अभ्यास लेखनमा
सोहीअनुरूप वैज्ञानिकता ल्याउनु आवश्यक देखिन्छ ।
३ नेपाली भाषापाठ्यपुस्तक तयार गरी राखिएका व्याकरणका अभ्यासहरूलाई अझ बढी
प्रयोगात्मक बनाउनुपर्ने देखिन्छ ।
४ व्याकरण शिक्षणमा आगमनात्मक र भाषापाठ्यपुस्तक विधिलाई मात्र नभइ अन्य विधिमा
पनि ध्यान दिनुपर्ने देखिन्छ ।
५ व्याकरण अभ्यासमा सबै प्रकृतिका प्रश्नहरूलाई समावेश गर्नुपर्ने देखिन्छ ।
६ अन्य विविध व्याकरणसम्बन्धी अभ्यास निर्माण गर्नुपर्ने देखिन्छ ।
७ भाषापाठ्यपुस्तकमा समाविष्ट गरिने व्याकरण पाठ र यसको अभ्यास खण्डमा सोधिने
प्रश्नहरूले विषयवस्तुको विविधता र सिर्जनात्मकतालाई पर्याप्त स्थान दिनुपर्ने देखिन्छ ।
८ विषयवस्तुको सङ्गठन गर्दा क्रमिकतालाई ध्यान दिनुपर्ने देखिन्छ ।
९ व्याकरणका पाठहरूलाई पुनरावृत्ति हुने व्यवस्था मिलाउनु पर्ने देखिन्छ ।
१० व्याकरण शिक्षणको महŒवलाई ध्यान दिई यसको पाठ्यभार तोकिनु राम्रो हुने देखिन्छ ।
११ व्याकरणका अभ्यासहरू भाषाका सबै सीपहरू विकास हुने गरी निर्माण गर्नुपर्ने देखिन्छ ।
१२ व्याकरण अभ्यासमा प्रश्नहरू सरलदेखि जटिलको क्रममा रख्नुपर्ने देखिन्छ ।
१३ वर्णविन्याससम्बन्धी पाठहरूलाई अगाडिका पाठहरूमा समावेश गर्नुपर्ने देखिन्छ ।
१४ कक्षा नौ मा पुगेका विद्यार्थीहरूलाई शब्दकोशको प्रयोग सिकाउनु पर्ने भएकोले शब्दकोशको
प्रयोगसम्बन्धी अभ्यासहरू समावेश गर्नुपर्ने देखिन्छ ।
१५ व्याकरणको पाठसँग सम्बन्ध नभएकाले सम्बन्ध स्थापना हुने गरी पाठहरूको पुनःलेखन
गरिनु आवश्यक देखिन्छ ।
१६ कार्यमूलक व्याकरणको अवधारणालाई व्यवहारमा उतार्न सोही किसिमका पाठ्यपुस्तकहरू
निर्माण गरिनु आवश्यक देखिन्छ ।
१७ पदसङ्गतिअन्तर्गत आदरको सङ्गतिमध्ये उच्चतम आदरको बारेमा कुनै विषयवस्तुहरू
नभएकोले ती विषयवस्तुहरू पनि राखिनुपर्ने देखिन्छ ।
