विवाहित तामाङ्ग महिलाहरुको घरायसी निर्णय प्रक्रियामा सहभागिता (नागार्जुन नगरपालिकाका तामाङ्ग महिलाहरुमा गरिएको एक अध्ययन) {Participation of Married Tamang Women in Domestic Decision Making Process (A study of Tamang Women in Nagarjuna Municipality)}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
समाजशास्त्र तथा ग्रामीण विकास सङ्काय
Abstract
प्रस्तुत शोध पत्र विवाहित तामाङ्ग महिलाहरुको घरायसी निर्णय प्रकृयामा सहभागिताको बारेमा अध्ययन
केन्द्रित रहेको छ । यो अध्ययन इचंगुनारायण गा.वि.स (हाल नागार्जुन नगरपालिका वडा नं. १) बम्जन
टोलमा गरिएको छ । यो शोध अध्ययन स्नातकोत्तर तह द्धितीय वर्ष समाजशास्त्र विषयको आंशिक
आवश्यकता परिपूर्तिका लागि तथा घरायसी तहमा सम्पन्न गरिने विभिन्न निर्णय प्रकृयामा विवाहित
तामाङ्ग महिलाहरुको कुराहरुलाई उजागर गर्नमा केन्द्रित रहेको छ ।
तामाङ विवाहित महिलाहरूको घरायसी निर्णय प्रक्रियामा सहभागिता बारे खोजमुलक अध्ययन गर्ने यस
अध्यनको सामान्य उदेश्य रहेको छ । विशिष्ट उद्देश्यहरु अन्तर्गत अध्ययन क्षेत्रमा बसोबास गर्दै
आइरहेका विवाहित तामाङ महिलाहरूले सामाजिक, साँस्कृतिक र आर्थिक पृष्ठभूमिको पहिचान गर्नु र
विवाहित तामाङ महिलाको घरायसी निर्णय प्रक्रिया सम्बन्धि सहभागिता तथा पहुँच बारे अध्ययन गर्ने
रहेको छ । यस अध्ययनमा अवधारणात्मक ढाँचाभित्र निर्णय निर्माणको क्षेत्रलाई मुख्यतः सामाजिक
साँस्कृतिक तत्व, आर्थिक तत्व, जनसाँख्यिक तत्व गरी तीन वटा पक्षमा विभाजन गरिएको छ । यी
पक्षलाई अन्य आश्रित परिवत्र्यलाई प्रभावित गर्ने स्वतन्त्र परिवत्र्यका रुपमा अध्ययनमा समावेश गरिएको
छ ।
प्राथमिक तथ्याङ्कहरु अन्तवार्ता अनुसुची, मुख्य जानकार व्यक्तिहरुसंगको अन्तवार्ता, समुह छलफल
आदिबाट निकालिएको छ भने द्धितिय तथ्याङक विभिन्न स्रोतहरु जस्तैः प्रकाशित तथा अप्रकाशित
पुस्तकहरु, अभिलेख, प्रतिवेदन, पत्र पत्रिकामा प्रकासक भएका लेखहरु आदिबाट प्राप्त तथ्याङ्कलाई
विश्लेषण गरिएको छ । अध्ययन क्षेत्रमा विवाहित तामाङ्ग महिलाहरुको संख्या जम्मा ४० मात्रै रहेकोले
नमुना छनोट गर्न आवश्यक नदेखिएकोले १५ वर्ष भन्दा माथिका सबै विवाहित तामाङ्ग महिलाहरुलाई
जनगणना विधि अनुसार उत्तरदाताको रुपमा लिइएको छ ।
शिक्षाको विस्तार, विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुद्धारा सञ्चालित चेतनामुलक कार्यक्रम,
बाह्य परिवेशसंगको सम्पर्कले गर्दा तामाङ्ग समुदायमा पहिलाको भन्दा अलि परिवर्तन आएको कुरा
स्वयम उत्तरदाताहरुले नै राख्दछन् । विभिन्न कार्यक्रमहरुमा सहभागि हुने, स्वजगारमुलक सिप सिकाइ
तथा आयआर्जनका कार्यक्रममा बढि सहभागिता जनाउने पाइयो । यस किसिमको संलग्नताले महिलाहरु
घरायसी निर्णय प्रकृयामा पुरुषहरुसंगै सहकार्य गर्न सक्ने क्षमतामा पनि वृद्धि हुदै गएको पाइयो ।
समयको परिवर्तन संगै पुरुषको हरेक कुरालाई आदेशका रुपमा स्विकार गर्ने महिलाहरु अहिले आफनो
लागि आफै आवाज उठाउनुपर्छ र गलत कुरामा चुप लाग्नु हुदैन भन्दै आफ ् नो व्यक्तित्व विकासका लागि
अग्रसर हुन थालेको पाइयो । घरायसी रुपमा हुने सामाग्री खरिद तथा विक्रि, ऋण, कृषि उब्जनी, पशु
चौपायाको बेचबिखन लगायतका निर्णयमा महिला तथा पुरुष दुवैको पनि सहभागिता बराबर रुपमा
आवश्यक ठानिन्छ । विभिन्न सामाजीक, आर्थिक तथा आधुनिकीकरणको प्रभावले गर्दा पारिवारिक
संरचना बढ्दो रुपमा एकल परिवारको रहन थालेको पाइयो, फलस्वरुप विभिन्न पारिवारिक योजनामा
महिलाहरुको सहभागितालाई बढा
उनमा प्रोत्साहन मिलेको छ ।
