सिन्धुली जिल्लाका कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरुको चिठी तथा निवेदन लेखन क्षमताको अध्ययन {Study of Letter and Application Writing Ability of Students Studying in Class Nine of Sindhuli District}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा

Abstract

शोधशीर्षक सिन्धुली जिल्लाका कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरुकाचिठी तथा निवेदन लेखनक्षमताको अध्ययन शोधार्थीको नाम महेन्द्रदेव श्रेष्ठशोधनिर्देशक उपप्राध्यापकअर्जुनप्रसाद पौडलशैक्षिक वष २०६४÷२०६६क्याम्पस विभाग नेपाली भाषा शिक्षा विभाग, सिन्धुली वहुमुखी क्याम्पस ढुङग्रेवास ।अध्याय÷पृष्ठसङख्या ९+४७+८ समस्याकथन सिन्धुली जिल्लाका कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरुको चिठी तथा निवेदनलेखन क्षमता कस्तो छ ? सरकारी र निजी विद्यालयमा अध्ययनरत विद्याथीहरुमा चिठीनिवेदनलेखन क्षमताका तुलनात्मक स्थिति क–कस्तो छ ?, भाषिक पृष्ठभूमिकाआधारमा नेपाली मातृभाषी तथा नेपाली दोस्रोभाषी विद्यार्थीहरुको चिठी तथा निवेदनलेखन क्षमताको तुलनात्मक स्थिति कस्तो छ ? लैङ्गिक आधारमा छात्र र छात्राविद्यार्थीहरुको चिठी तथा निवेदनलेखन क्षमताका तुलनात्मक स्थिति क–कस्तो छ ?उक्त कक्षा पूरा गरेका विद्यार्थीहरुमा चिठी–निवेदन लेखनसम्वन्धी क–कस्ताकमीकमजोरीहरु रहेका छन ? चिठी र निवेदन लेखन सुधारका लागि क–कस्तासुझावहरु हुनसक्छन? भन्ने विषयलाई मुख्य समस्या मानेर प्रस्तुत शोधकार्य गरिएकाछ । यिनै समस्यासँग सम्वन्धित कक्षा ९ पूरा गरेका विद्यार्थीहरुको चिठी तथा निवेदनलेखन क्षमता पहिचान गर्नु, सरकारी र निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुकाचिठी तथा निवेदन लेखन क्षमताको तुलनात्मक स्थिति पहिल्याउनु, भाषिकपृष्ठभूमिको आधारमा नेपाली मातृभाषी र नेपाली दोस्रोभाषी विद्यार्थीहरुको चिठी रनिवेदन लेखन क्षमताको तुलनात्मक अध्ययन गन उक्त विद्यार्थीहरुमा चिठी र निवेदनलेखनसम्बन्धी कमीकमजोरीहरु प्हिचान गर्नु र ती कमीकमजोरीहरुको निराकरण गनआवश्यक सुझाव दिने उद्देश्यहरुमा यो शोधकार्य केन्द्रित छ । प्रस्तुत शोधकार्यको विद्यार्थीहरुसँग प्रत्यक्षतः सम्बन्धित भएकोले विद्यार्थीहरुलाइकेन्द्रबिन्दु मानेर नमुना सर्वेक्षण विधिबाट यस अध्ययनलाई अगाडि बढाइएको छ ।यस अध्ययन अनुसन्धानका लागि सिन्धुली जिल्लाभित्र २÷२ वटा सरकारी र निजीविद्यालयहरुबाट २५÷२५ जनाको सङख्यामा जम्मा १०० जना विद्यार्थीहरुलाइप्रतिनिधि जनसङख्याको रुपमा चयन गरिएको छ । यसरी प्रस्तुत शोधकार्य मूलतःक्षेत्रीय सामग्री सङकलन विधि र अंशतः पुस्तकालय विधिमा आधारित छ । उपलब्धतथ्याङकहरुको वस्तुगत अध्ययनका लागि समूहगत प्रतिशताङकश्रेणी निर्धारण गरीविद्यार्थीहरुको चिठी र निवेदन लेखन क्षमताको पहिचान गरिएको छ । यस शोध–अध्ययनलाई बुँदागत रुपमा निम्नानुसार प्रस्तुत गरिएको छः१. कक्षा नौमा अध्ययनरत विद्यार्थीहरुको समगमा चिठी र निवेदन लेखन क्षमता सन्तोषजनक रहेको देखिन्छ । यस अध्ययनमा ५० प्रतिशतभन्दा माथि चिठीलेखनक्षमता मापन गराउन सफल विद्यार्थीहरुको सङख्या ६५ प्रतिशत देखिनुले यसकुराको पृष्टि गरेको छ । २. समान विद्यार्थी सङख्याका प्रतिशतको आधारमा नेपाली मातृभाषी विद्यार्थीहरुकाचिठीलेखन क्षमता दोस्रोभाषी विद्यार्थीहरुको भन्दा आंशिक रुपमा सन्तोषप्रददेखिन्छ । ३. निजी र सरकारी विद्यालय समूहका विद्यार्थीहरुको चिठीलेखन क्षमताका तुलना गदासरकारी विद्यालयकोभन्दा निजी विद्यालय समूहका विद्यार्थीहरुको चिठीलेखनक्षमता उच्च रहेको देखिन्छ । ४. छात्र तथा छात्रा समूहका विद्यार्थीहरुको लैङ्गिकताका आधारमा चिठीलेखनक्षमताका तुलनात्मक अध्ययन गर्दा छात्रा समूहका विद्यार्थीहरु चिठीलेखनमा केहीवढी मात्रमा सक्षम रहेको पाइन्छ । ५. समग्रमा कक्षा नामा अध्ययनरत विद्यार्थीहरुको निवेदन लेखन क्षमता उच्च नरहेको देखिन्छ । यस अध्ययनमा ५० प्रतिशतभन्दा माथि निवेदन लेखन क्षमतामापन गराउन सफल विद्यार्थीहरुको सङख्या ७७ प्रतिशत देखिनुले यस कुराकापुष्टयाइँ गरेको छ । ६. समान विद्यार्थी सङख्याका प्रतिशतको आधारमा नेपाली मातृभाषी विद्यार्थीहरु रनेपाली दोस्रोभाषी विद्यार्थीहरुको निवेदनलेखन क्षमता समान देखिन्छ । ७.सरकारी र निजी विद्यालय समूहका विद्यार्थीहरुको निवेदन लेखन क्षमताको तुलनागर्दा सरकारी विद्यालय समहका विद्यार्थीहरुभन्दा निजी विद्यालय समूहकाविद्यार्थीहरुको निवेदनलेखन क्षमता उच्च रहेको देखिन्छ । ८. लैङ्गिकताका आधारमा छात्र तथा छात्रा समूहका विद्यार्थीहरुको निवेदनलेखनक्षमताको तुलनात्मक अध्ययन गर्दा छात्राभन्दा छात्र समूहका विद्यार्थीहरुकानिवेदन लेखन क्षमता केही उच्च देखिन्छ । ९. सामान्य ढाँचा, विषयवस्तु , भाषिक शुद्धता, शैली र शिल्प चिठी र निवेदनलेखनक्षमताको सङगठनात्मक ढाँचा चिठी र निवेदन लेखनका केन्द्रीय पक्ष हुनभने यसतर्फ विद्यार्थीहरुमा बढी मात्रामा जानकारी रहेको तथ्य प्रस्तुत अध्ययनलेदेखाएको छ । १०. सरकारी विद्यालयहरुमा योजनाबद्ध शिक्षण सिकाइ हुन नसक्नु तथा निजीविद्यालयमा एउटै विषयमा बढी अभ्यास गराइनुले विद्यार्थीहरुको स्वतन्त्रअभिव्यक्ति क्षमतामा सामान्य रुपमा असर पु¥याएकै देखिन्छ । यसर्थ विद्यार्थीहरुमासिर्जनात्मक अभिव्यक्ति क्षमता विकास गर्दै लेखाइ सीपमा सक्षम बनाउन चिठीतथा निवेदन लेखन क्षमता शिक्षणलाई व्यवस्थित गरिनुपर्दछ ।

Description

Citation