प्रारम्भिक बालविकास केन्द्रले बालबालिकाको शैक्षिक उपलब्धिमा पारेको प्रभाव {The Impact of Early Childhood Development Centers on Children's Academic Achievement}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन सङ्काय
Abstract
प्रस्तुत अध्ययनको शीर्षक “प्रारम्भिक बाल विकास केन्द्रले बालबालिकाको शैक्षिक उपलब्धिमा पारेको पारेको प्रभाव” रहेको छ । यस अध्ययनको मुख्य उद्देश्य प्रारम्भिक बाल
विकास केन्द्रले बालबालिकाको शैक्षिक उपलब्धिमा पारेको प्रभाव पत्तालगाउनु रहेको छ । त्यसैगरी
प्रारम्भिक बालविकास केन्द्रले बालबाकिलाको उपलब्धिमा पारेको प्रभाव विश्लेषण गर्नु, शिक्षणसिकाइमा देखिएका समस्याहरुको पहिचान गर्नु, समस्या समाधानका उपायहरुको खोजि गरी
सुधारका निम्ति सुझावहरु पेश गर्नु रहेका छन ।
यस शोध अनुसन्धानको क्रममा बालविकासमा देखिएको र सिधै कक्षा १ मा भर्ना हुँदा देखिएका समस्या पहिचान गरी समाधानका उपायहरु पत्ता लगाउने रहेका छन । द्वितीय तथ्यांक अन्तर्गत विभिन्न पत्र पत्रिका, सम्बन्धित विषयको शोधपत्रहरु लेख–रचनाहरु जिल्ला शिक्षा कार्यालयबाट प्राप्त अभिलेखहरुलाई आधार मानिएको छ । प्राप्त तथ्याङकहरुलाई व्याख्या विश्लेषण गर्ने क्रममा साक्षरतासँग सम्बन्धित ज्ञान सीपलाई आधारभूत आवश्यकता मानी विश्लेषण गर्ने कार्य जज एल्टनमायोको मानवताको सम्बन्ध सिद्धान्तमा आधारित भई यो अध्ययन गरिएको छ ।
यस अध्ययनलाई सरल सहज र उद्देश्यपूर्ण बनाउनका लागि उद्देश्यमुलक नमुना छनोट विधि अन्तर्गत रहेर गुणात्मक विधिमा आधारित रही अवलोकन, छलफल, अन्तरवार्ता र स्थलगत अध्ययन अन्तर्गत यो शोध अध्ययनलाई निष्कर्षमा पु¥याइएको छ । प्रारम्भिक तथ्यांक संकलनका लागि छनोटमा परेको जनसंख्यालाई अनुसन्धानकर्ताको प्रत्यक्ष उपस्थितिमा संयोजक, स्थानीय निरीक्षक, शिक्षक र विद्यार्थीबाट तथा प्र.अ. प्रश्नावली भरी तथ्यांक संकलन गर्ने कार्य गरिएको छ । यस अध्ययनका नमूना छनोटमा परेका विद्यालयहरुमा सिधै कक्षा १ मा आएको विद्यार्थी भन्दा बा.वि.के अध्ययन गरीआएको विद्यार्थीहरुको शैक्षिक उपलब्धि राम्रो रहेको पाइयो । भने वा.वि.के कक्षा केन्द्रमा विद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक सामग्रीहरु प्रयाप्त नरहेको पाइयो । सिधै कक्षा १ मा भर्ना हुने विद्यार्थीका विद्यालय पठाउन गाह्रो भएको, स्कुलको वातावरण नभएको कारण उनीहरुलाई विद्यालयमा वस्न गाह्रो भएको पाइयो ।
अध्ययनका क्रममा छनोटमा परेका विद्यालयमा सम्बन्धित व्यक्तिहरुसँग कार्यक्रमको व्यवस्थापन र प्रभावकारिताका बारेमा बुझने प्रयास गरिएको छ । बालविकास शिक्षा अहिलेको एक अपरिहार्य तत्वको रुपमा रहेको छ । यस कायक्रमलाई राम्रोसँग व्यवस्थापन गर्न यससँग सम्बन्धित सम्पूर्ण निकायहरु
ख्
सक्रिय रुपले लाग्नुपर्ने, सब निकायबीच समन्वय हुनुपर्ने, सहयोगी कार्यकर्तालाई तालिमको व्यवस्था गरिनुपर्ने, देखियो । कक्षा १ मा सोझै भर्ना भएका विद्यार्थीका लागि स्थानीय निकाय तथा नीतिनिर्माण कर्ताहरुले विशेष कक्षाको व्यवस्था गर्नुका साथै बा.वि.कको अनिवार्य गर्नु पर्ने, वा.वि.के.कासकारात्मक प्रभावको लागि नीतिगत पक्षमा कार्यक्रम तर्जुमा कार्यान्वयन, समन्वयन र अनुगमनमा जोड दिनुपर्ने देखिन्छ । बालबालिकालाई शिक्षामा उन्नती गराउनका लागि वा.वि.के अनिवार्य रहनुका साथै यसलाई प्रभावकारी रुपमा अगाडि बढाउनको लागि उनीहरुको समस्यासँग परिचित भइ माथिल्ला कक्षाहरुमा उपयोगी हुने गरी पयाप्त शैक्षिक सामग्रीका साथमा अध्यापन गराउनु पर्ने कुराहरुलाई सुझाव स्वरुप पेश गरिएको छ ।
