कक्षा नौ को अनिवार्य विषयहरूमा शिक्षण क्रियाकलाप {Kaksha nau ko anibarya bisayaharuma shikshan kriyaklap}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

पाठ्यक्रम तथा मूल्याङ्कन विभाग

Abstract

कक्षा नौ को अनिवार्य विषयहरूमा शिक्षण क्रियाकलाप शीर्षकको यो अध्ययन पर्वत जिल्लाका राम्जा, चित्रे, पकुवा र आर्थर गा.वि.स.मा सञ्चालित विद्यालयहरू मध्येबाट उद्देश्यमूलक नमूना छनोट विधि मार्पmत चारवटा विद्यालय श्री पशुपति उ.मा.वि., श्री जनसिद्ध मा.वि., श्री विरेन्द्र उ.मा.वि. र श्री पञ्चकोशी उ.मा.वि. छनोट गरिएको थियो । छनोटमा परेका चारवटै विद्यालयका ४ जना प्र.अ. र कक्षा ९ को अनिवार्य विषय अध्यापन गराउने २४ जना शिक्षकहरू उद्देश्यमूलक नमूना छनोटको आधारमा स्वतः छनोट गरिएको थियो । नमूना छनोटमा परेका चारवटै विद्यालयका कक्षा ९ मा अध्ययनरत ४ जना छात्र र ४ जना छात्रा गरी जम्मा ३२ जना विद्यार्थीहरूलाई गोलाप्रथाद्वारा छनोट गरिएको थियो । यस अध्ययनको मूल उद्देश्य शिक्षकहरूको पृष्ठभूमि, शिक्षण सिकाइ क्रियाकलापको अवस्था तथा शिक्षण सिकाइ क्रियाकलापप्रति शिक्षक तथा विद्यार्थीको दृष्टिकोण पहिचान गर्नु रहेको थियो । अनुसन्धानको क्रममा सूचना संकलनका लागि प्र.अ. र शिक्षकसँग अन्तर्वार्ता, शिक्षकहरूको कक्षा शिक्षण अवलोकन तथा विद्यार्थीहरूसँग लक्षित समूह छलफलका माध्यमबाट सूचना संकलन तथा विद्यार्थीहरूसँग लक्षित समूह छलफलका माध्यमबाट सूचना संकलन गरिएको थियो । चारवटै विद्यालयमा अध्यापन गर्ने अधिकांश शिक्षकहरू, उक्त गा.वि.स.भन्दा बाहिर स्थायी बसोबास गर्दै आइरहेका स्नातक तह उत्तीर्ण, तालिम प्राप्त, अनुभवी र सम्बन्धित विषयमै विशिष्टिकरण गरेका पाइयो । अधिकांश विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षक संख्यामा कमी भएको, विषयवस्तुको प्रकृति अनुसारका शैक्षिक सामग्रीको अभाव, विद्यार्थी केन्द्रिंत शिक्षण विधिको कमी भएको, विद्यार्थी मूल्याङ्कन प्रक्रियामा मौखिक प्रश्नको प्रयोग गरेको, विद्यार्थी सख्या बढी भएका कारण उनिहरूको बौद्धिकता अनुसार समूह विभाजन गरी शिक्षण गर्न नसकिएको, परम्परागत शिक्षण विधिको अलावा विद्यार्थी केन्द्रित शिक्षण विधिको अधिकतम प्रयोग गर्दै शिक्षण सिकाइकै क्रममा बीच बीचमा मूल्याङ्कन गर्नुपर्ने जस्ता प्राप्ति तथा निष्कर्ष पाइयो । यि माथिका प्राप्ति तथा निष्कर्षका आधारमा विद्यार्थीलाई आवश्यक समय उपलब्ध गराउन योग्यता पुगेका दक्ष स्थानिय शिक्षक नियुक्ति गर्ने, विद्यार्थी अनुपातको आधारमा शिक्षक संख्या थप गर्नुपर्ने, विषयवस्तुको प्रकृति अनुसारका शैक्षिक सामग्री उपलब्ध गराउनुपर्ने, विद्यार्थी केन्द्रित विधिहरु प्रयोग गर्दै मूल्याङ्कन प्रक्रियामा लिखित प्रश्नको प्रयोग गरी तत्काल पृष्ठपोषण प्रदान गर्नुपर्ने र विद्यार्थीको बौद्धिकता अनुसार समूह विभाजन गरी शिक्षण गर्नुपर्ने सुझावहरू दिन सकिन्छ ।

Description

Citation