चिया खेतीले स्थानीय किसानहरुको आर्थिक तथा तिनीहरुको बालबालिकाको शैक्षिक क्षेत्रमा पारेको प्रभावः पथरिया गा.वि.स.,झापा जिल्ला{Impact of Tea Cultivation on Local Farmers' Economic and their Children's Education: Patharia VDC, Jhapa district}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

अर्थशास्त्र शिक्षा विभाग

Abstract

यो अध्ययन झापा जिल्लाको पथरिया गा.वि.स.मा चिया खेतीमा संलग्न किसानहरुसँगसम्बन्धीत छ । चिया खेतीले स्थानिय किसानहरुको आर्थिक तथा तिनीहरुका बालवालिकाकाशैक्षिक क्षेत्रमा पारेको प्रभाव शिर्षकमा गरिएको अध्ययनको उद्देश्यहरु चिया खेतीको वार्षिकउत्पादनको अवस्था, पति हेक्टर उत्पादनका अवस्था, चिया खेतीबाट प्राप्त खुद नाफा, चियाखेतीमा संलग्न किसानहरुको बालवालिकाको शैक्षिक क्षेत्रमा पारेको प्रभाव मूल्याङकन गनरहेका छन । यस अध्ययनको उद्देश्यहरु पुरा गर्न गुणात्मक र परिणात्मक विधिको माध्यमबाट प्राथमिक रद्वितिय स्रोतहरुबाट प्राप्त तथ्याङकहरुलाई तालिकाको प्रयोग गरी विश्लेषण गरिएको छ ।प्राथमिक तथ्याङक संलग्न गर्न दुई प्रकारका प्रश्नावलिहरु(चिया खतीमा संलग्न किसान रस्थानिय वुद्धिजिवी, चिया विशेषज्ञ) तयार गरिएको थियो । चिया खेतिमा संलग्न ४६०घरधुरी मध्ये २०७ घरधुरीलाई उद्देश्यमुलक नमुना छनौट विधिका आधारमा छनौट गरिएकाछ । जुन अध्ययनको जनसंख्याको ४५ प्रतिशत नै यस अध्ययनको प्राथमिक तथ्याङककास्रोत र पथरिया गा.वि.स.को कार्यालय, जिल्ला विकास समिति झापा, केन्द्रिय तथ्याङकविभागलाई द्वितिय तथ्याङकको स्रोत बनाइएको थियो । यस अध्ययन क्षेत्रको सवैभन्दा वढी जनसंख्या ४५.४५ प्रतिशतले कृषि अगाँलेको पाइयो ।सवैभन्दा थोरै १०.१९ प्रतिशत जनसंख्या वैदेशिक रोजगारमा गएको पाइयो । त्यसै गरीअध्ययन क्षेत्रमा विभिन्न जातजातिको मानिसहरुको बसोवास भएता पनि आदिवासी÷जनजातीको संख्या बढि पाइयो । त्यस्तै ब्राम्हण, क्षेत्री, दलित र अन्य जातजातीको बसोवासरहेको पाइयो । अध्ययन क्षत्रका चिया खेतीमा संलग्न किसानहरु रहेको पाइयो । त्यस्तै गरीचियाको औषत प्रति हेक्टर उत्पादन१०७८केजी रहेको पाइयो । चिया खतीमा संलग्नकिसानहरुको कुल वार्षिक आम्दानी रु ५१४७००० र कुल वार्षिक खर्च रु ४०६९५७६५रहेको पाइयो । जसमा आम्दानीबाट खर्च कटाउँदा जम्मा नाफा रु १०७८१२३५ भएकापाइयो । अध्ययन क्षेत्रका नमुना छनौटमा परेका चिया खेतीमा संलग्न किसानहरुको शेक्षिकअवस्थालाई हेर्दा साक्षर २४.३१ पतिशत, निरक्षर १.९७ प्रतिशत प्रावि, ७.७८ प्रतिशत ख निमावि, २०.२८ प्रतिशत मावि, उमावि १८.७० प्रतिशत, स्नातक १०.१३ प्रतिशत,स्नातकोत्तर२.२६ प्रतिशत रहेको पाइयो । त्यस्तै किसानहरुका बालबालीकाहरुको तहगतशैक्षिक विवरणलाई हेर्दा विद्यालय नजानेको सख्या हर्दा शुन्य रहेको, प्रावि ३४.०४ प्रतिशत,निमावि २१.३६ प्रतिशत, मावि १६.५५ पतिशत, उच्च मावि १५.१९ पतिशत, स्नातक७.८८ प्रतिशत,स्नातकोत्तर ४.२७ पतिशत रहेको पाइयो । अध्ययन क्षेत्रका नमुना छनौटमा परेका चिया खेतिमा उचित बजारको व्यवस्था नहुनु, बैंकऋणमा सरलीकरण नहुनु, सिचाँइको अभाव, तालिमको अभाव, उचित मुल्य नहुनु, उन्नतजातको विरुवाको अभाव, यातायात अभाव, रोगका सक्रमण जस्ता समस्या रहेको पाइयो ।यस्ता समस्याहरु समाधान गर्न चिया खेतीको उत्पादनलाई माथि उकास्न सरकारी स्तरबाटविविध तालिम कार्यक्रम, सहुलियत व्याजदरमा ऋण, विद्यतको उपलब्धता, चिया बजार,सिँचाईको लागि ढिप बोरिङ, रोग निवारण गर्न औषधी, मल, विउको उपलब्धता, चियागोदामघर र प्रशोधन गृहको व्यवस्था, चिया काटछाँट, गोडमेल, नालि विस्तारमा तालिमसञ्चालन गर्ने, चिया खेतीमा असलग्न किसानहरु जो सँग प्रसस्त जमिन छ उनिहरलाइचिया खेती गर्न तथा चिया खेती सम्बन्धी अध्ययन अध्यापन भएता पनि यसलाई महत्वप्रदान गर्नुपर्ने जस्ता सुझावहरु यस अध्ययनमा प्रस्तुत गरिएका छन ।

Description

Citation