विद्यालयको शिक्षण सिकाइमा गृहकार्यको अभ्यास र प्रयोग {Bidhyalayako shikshan sikaima grihakaryako abhyas ra prayog}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

पाठयक्रम तथा मूल्याङकन सङकाय

Abstract

विद्यालयको शिक्षण सिकाइमा गृहकार्यको अभ्यास र प्रयोगविषयमा यो शोधपत्र तयार पारिएको छ जुन अध्ययन गर्नका लागि निम्न माध्यमिकतहको कक्षा ८ मा अध्ययनरत विद्यार्थी हरू माथि अध्ययन अनुसन्धान गरिएको छ । यस अध्ययनको मुख्य उद्देश्य शिक्षण सिकाइको सिलसिलामा कक्षा अध्यापनमा गृहकार्यको अभ्यास र प्रयोगको अवस्था विश्लेषण गर्नु, गृहकार्य दिँदा र नदिँदा विद्यार्थीहरूको उपलब्धिमा पर्ने प्रभाव पत्ताल गाउनु, गृहकार्यको अभ्यास र प्रयोगलाई सरोकार वालाहरूको धारणा पत्तालगाउनु, विद्यालयमा विद्यार्थीहरूलाई दिइने गृहकार्यको अभ्यास र प्रयोगलाई व्यवस्थितगर्न अपनाउन सकिने उपायहरू पत्तालगाउनु रहेका छन । विद्यालयको शिक्षण सिकाइमा गृहकार्यको अभ्यास र प्रयोग सम्बन्धीपूर्व कार्यहरू पूर्व क्षेत्रमाक म मात्र भएको पाइएको छ । त्यसैले यस परिच्छेदमा अध्ययन गर्नका लागि इन्टरनेटको सहयोग लिइएको छ । अध्ययनकै क्रममाविभिन्न पुस्तक तथा शोधपत्रहरूको पनि अध्ययन गरिएका छ । यस अध्ययनलाई सहज, सरल बनाउन एवम माथिउल्लेखित उद्देश्य पूरा गर्नका लागि सुविधा जनक नमुना छनोट विधिका आधारमा सुनसरी जिल्लाको इटहरी उप महानगरपालिका भित्रका ४ वटा सामुदायिक विद्यालयहरूको छनोट गरिएको छ । छनोटमा परेका प्रत्येक विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र अभिभावकहरूस“ग अन्तर्वार्ता, प्रश्नावली, र अवलोकन फारम जस्ता अनुसन्धान उपकरणहरूको प्रयोग गरी प्राथमिक तथ्याङक सङकलन गरिएको छ भने द्वितीय तथ्याङकमा विद्यालय अभिलेख, पत्रपत्रिकाहरू तथा प्रकाशित पुस्तकहरूबाट प्राप्त तथ्याङकहरू सङकलन गरिएको छ । उक्ततथ्याङक सङकलनका साधनहरूलाई शोध निर्देशकको सल्लाह र परामर्श गरी साधनहरूलाई वैधता र विश्वसनीयता प्रदान गरिएको छ । यसरी प्राप्ततथ्याङक एवम सूचनाहरूलाई आवश्यकता अनुसार गुणात्मक अनुसन्धान ढाचाको प्रयोग गरी व्याख्या तथा विश्लेषण गरिएको छ । विद्यालयले गृहकार्यको क्रियाकलापमा पढेर आउनलगाएको, शुद्धसँग लेखेर ल्याउनलगाएको, प्रोजेक्ट वर्क गरी ल्याउनलगाएको, गणितका सूत्रहरू कण्ठ गरी आउनलगाएको जस्ता क्रियाकलापहरू गराएको पाइयो । शिक्षकहरूले प्राय गृहकार्य दिने गरेको र दिएको गृहकार्यको अनिवार्य मूल्याङकन गरेको पाइयो । शिक्षकको विचारमा गृहकार्यले शिक्षण सिकाइलाई प्रभावकारी बनाएको कुरा व्यक्त गरेका छन । त्यस्तै गरी विद्यार्थीलाई गृहकार्य गर्न धेरै अभिभावकले सहयोग गर्ने गरेको पाइयो । विद्यार्थीहरूले गृहकार्य प्राय गरे तापनि कहिलेकाहीँ भने नगर्ने गरेको, बोझका रुपमालिएको र घरको कामले गर्दा फुर्सद कमहुने गरेको पाइयो । विद्यालयहरूले घरका लागिभनी विद्यार्थीहरूलाई १ घण्टा देखि ३÷४ घण्टासम्म गृहकार्यको अभ्यास गर्न लगाइएको पाइयो । विद्यार्थीहरूलाई घरमागर्न दिएका कार्यहरूलाई कक्षाकोठामा पूर्ण रूपमाउपयोग गराइएको देखियो जस्तै पढेर सुनाउन लगाउने, चार्ट पेपरहरू भन्न लगाउने, गणितका सूत्रहरू सोध्ने र लेखेर ल्याएका उत्तरहरूलाई परीक्षण गरी अङक दिने जस्ता कार्यहरू गराइएको पाइयो । विद्यालयले आºनो सामान्य स्रोतबाट मात्रै भएपनि विभिन्न किसिमका नया प्रविधि र आधुनिकतालाई मध्यनजर गर्दै निरन्तर मूल्याङकन, उपचारात्मक मूल्याङकन र निर्णयात्मक मूल्याङकनहरूको सञ्चालनगर्दा पनिविद्यार्थीहरूको झुकाव मनन योग्य रहेको देखिन्छ भन्ने कुरा शिक्षक तथा शिक्षिकाहरूसगको छलफलबाट प्राप्तभएको छ विद्यालयमा अध्ययन अध्यापनको बेलामा प्रशस्त मात्रामा शैक्षिक सामग्रीहरूको प्रयोग, विद्यार्थी केन्द्रित शिक्षण विधि र आवश्यक मात्रामा गृहकार्यको अभ्यास र प्रयोग गरेको देखिन्छ । यसरी हरेक किसिमका अभ्यासहरूले विद्यार्थीहरूलाई तार्किक, सीपमूलकतथा नेतृत्वदायी सीपको कलामा समावेश गर्न सहयोग पु¥याएको देखिन्छ । त्यस्तो पाठयक्रमसग निकट सम्बन्ध रहेको गृहकार्यको अभ्यास र प्रयोगसग सम्बन्धितनिकायहरू जिल्ला शिक्षा कार्यालय, क्षे.शि.नि., शिक्षाविभाग, शिक्षामन्त्रालय तथा सिङगो कार्यक्रम तथा तिनीहरू प्रस्तुतगर्ने निकाय नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयबाट भौतिक तथा आर्थिक सहयोग उपलब्ध भएमा गृहकार्यबाट शिक्षण सिकाइमा सुधार आउने देखिन्छ ।

Description

Citation