सृजामाता खण्डकाव्यमा रसविधान {Srijamata Khandakavyama Rasavidhan}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

नेपाली सङ्काय

Abstract

शोध शीर्षक ः सृजामाता खण्डकाव्यमा रसविधान शोध समस्या ः शोधसार यस शोधमा दुईवटा समस्यालाई अध्ययनको प्रमुख आधार मानिएको छ, जुन निम्नानुसार छन ः–(क) सृजामाता खण्डकाव्यमा अङ्गी रसको प्रयोग के कसरी भएको छ ?(ख) सृजामाता खण्डकाव्यमा के–कस्ता अङ्ग रसहरूको प्रयोग भएको पाइन्छ ? उद्देश्य (क) सृजामाता खण्डकाव्यमा प्रयुक्त अङ्गी रसको निरूपण गर्नु, (ख) सृजामाता खण्डकाव्यमा प्रयुक्त अङ्ग रसहरूको निरूपण गर्नु, सामग्री सङकलन विधि यो शोध पूर्णतः साहित्यिक र गुणात्मक भएको हुनाले यसका लागि आवश्यक पन आधारभूत तथा सहायक सामग्री संकलनको मुख्य स्रोत पुस्तकालयलाई बनाइएको छ ।देवकोटाद्वारा लिखित ‘सृजामाता’ खण्डकाव्यलाई आधारभूत सामग्री बनाइएको छ भने यसकाअध्ययन विश्लेषणको लागि भरतमुनिको साहित्यदर्पण, विश्वनाथको साहित्य दर्पण जस्ता रससिद्धान्त सम्बन्धी व्याख्या विश्लेषण गरिएका ग्रन्थहरूको आधार लिइएको छ । यसका साथै द्वितीयक स्रोत अन्तर्गत पूर्वकार्यमा संकलित सृजामाताको व्याख्या–विश्लेषण गरिएका कृतिहरूकापनि आधार लिइएको छ । विश्लेषणको ढाँचा संस्कृत साहित्यको महत्वपूर्ण सिद्धान्तको रुपमा रहेको रस सिद्धान्तलाई आधार मानी‘सृजामाताको’ व्याख्या विश्लेषण गरिएको छ । यसका लागि ‘नाटयशास्त्रमा’ उल्लेखित रससूत्रका आधार लिइएको छ । यस अन्तर्गत विभाव, अनुभाव, व्यभिचारी भाव र स्थायी भावका आधारमा रसहरूको निरुपण गरिएको छ । यस शोधका प्राप्तिहरू देवकोटाका खण्डकाव्यहरू मध्ये ‘सृजमाता’ पनि एक महत्वपूर्ण खण्डकाव्य हो । योग्रिसेली पुराकथामा आधारित देवकोटाको प्रवाशकालीन समयको रचना हो । यसमा मुख्य पात्रकारुपमा सृजामाता, प्रोजरपिना र यम रहेका छन । प्रस्तुत काव्यलाई रसवादी दृष्टिकोणले अध्ययन विश्लेषण गर्दा विभिन्न रसहरूको संयोजन भएको देखिएको छ । नागका रथ हावाको वेगमा उडनुमा आश्चर्य स्थायी भाव हुन अदभूत, प्रोजरपिना र यमको प्रसङ्गमा रति स्थायी भाव हुने शृङ्गार, छोरीको अपहरणमा सृजामातामा भएको पीडाको अवस्थामा शोक स्थायी भाव हुने करुण रस उत्पत्ति भएको छ । त्यसैगरी मर्करीको चरित्राङ्कनमा हास्य, हेकेटीको आध्यात्मिक चिन्तनतर्पmको झुकावमा शान्त एवम यमप्रति सृजमाताले देखाएको उगं्रतामा रौद्र रस उत्पत्ति हुन पुगेको छ । अतः प्रस्तुत काव्य मानवरसहरू मध्येका करुण, अदभुत, शृङ्गार, शान्त, रौद्र जस्ता रसहरूको उत्पत्ति भएको देखिन्छ र यस काव्यमा यिनै रसहरू अङ्ग रसका रुपमा रहेका छन । प्रस्तुत काव्यमा नाटयशास्त्रमा उल्लेख नभएको तर भानुदत्त, विश्वनाथ, रुपगोस्वामी जस्ता आचार्यहरूले छुट्टै रसको रुपमा मानेका वात्सल्य रसको चर्चा गरिएको छ । भरतमुनिभन्दा पछिल्लायी आचायहरूले यो रसलाई छुट्टै रसको रुपमा मानेका छन । काव्यमा सर्वव्याप्ति हुने एवममुख्यपात्रको जीवनसँग सम्बन्धित घटनाको वर्णनबाट उत्पन्न रस अङ्गी रस हुन्छ । प्रस्तुत काव्यमा पनि वात्लस्य रस अङ्गी रसको रुपमा रहेको छ । काव्यको सुरुमा नै धानबाली हेर्न जाने क्रममा सृजमाताले मिठो चुम्बनका साथ कतै नजानू भनी छोरीलाई सम्झाई, बुझाई गएको प्रसङ्गदेखिअपहरित प्रोजरपिनालाई पृथ्वीमा ल्याएको सन्दर्भ प्रस्तुत गर्ने क्रममा प्रसङ्गवस विभिन्न रसहरूआए पनि कारक तत्वका रुपमा वत्सल भावना रहेको देखिन्छ । यस काव्यको सुरुमा पनि वात्सल्यप्रेम (सृजामाता र प्रोजरपिना) देखिएको छ भने अन्त्यमा छोरीलाई जसरी भए पनि पृथ्वीमा फिताल्याउन सफल रहेकोले वात्सल्य भाव सर्वव्याप्ती रहेको देखिन्छ । मुख्य पात्र सृजामाता कजीवनमा आधारित रही उनकै छोरीप्रतिको अगाध मायाका कारण वात्सल्य रस उत्पत्ति भएको छ ।यसका लागि सहायक रुपमा आएका अन्य रसहरूले वात्सल्य भावलाई झनै उत्कर्षमा पु¥याउन सफल देखिन्छ । यसरी प्रस्तुत काव्यमा माथि उल्लेखित विभिन्न रसहरूको समिश्रण भई सिङ्गो काव्य बनेको देखिन्छ । देवकोटाले ग्रिसेली परा कथालाई आधार मानी रचित यस काव्इमा सहज र स्वतःरुपमा रसहरूको उत्पत्ति भई काव्य रसिलो एवममिठास बन्न पुगेको देखिन्छ । शोधार्थी रोशनी आचार्य शैक्षिकशत्र–२०६७÷६८क्रमाङ्क–२०

Description

Citation

Collections