माध्यमिक विद्यालयको भौतिक सुधारमा व्यवस्थापन समितिको योगदान {Management in the Physical Improvement of Secondary Schools Contribution of the Committee}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Abstract
प्रस्तुत् शोधपत्र माध्यमिक विद्यालयको भौतिक सुधारमा व्यवस्थापन समितिको योगदान शीर्षकको मुख्य उद्देश्य विद्यालयको भौतिक सुधारमा व्यवस्थापन समितिको योगदानको विश्लेषण गर्नु रहेको छ ।
अनुसन्धानबाट प्राप्त उद्देश्य हासिल गर्न यो शोधपत्र गुणात्मक र परिमाणात्मक ढाँचामा आधारित छ । यो शोधकार्य १० वटा माध्यमिक विद्यालयलाई जनसङ्ख्या मानी ७ वटा विद्यालयलाई नमूना छनोट गरी अध्ययन अनुसन्धान गरिएको छ । अध्ययनका लागि शोधकर्ता स्वयम उपस्थित भएर नमूना छनोटमा परेका विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक तथा प्रधानाध्यापक, विद्यार्थी र स्रोतव्यक्तिसँग प्रश्नावली, अन्तर्वार्ताको माध्यमबाट यो अध्ययन अनुसन्धान गरिएको छ ।
यस अध्ययनको तथ्याङ्क सङ्कलनको क्रममा प्रश्नावली प्रयोग गरियो भने केही द्वितीय तथ्याङ्कहरू विभिन्न लेख, रचना, पत्रपत्रिका विद्यालय अभिलेख, स्मारिका आदिबाट सङ्कलन गरियो ।
भौतिक साधन सुविधाको व्यवस्थाहुनु, वि.व्य.स.लाई विद्यालय प्रतिको भूमिकाको पहिचान हुनु, विद्यालयप्रति जिम्मेवारी र दायित्व थपिनु, सुधारात्मक कदम चाल्न सक्रियता र चासो बढ्नु, सरकारको मुखताक्ने प्रवृत्ति घट्नु, विद्यालय र समुदायबीचको सुमधुर सम्वन्ध बढ्नु, विद्यालयको आर्थिक कारोवार र निर्णय प्रक्रियामा स्पष्ट र पारदर्शी हुनु, वि.व्य.स.ले प्रशासनिक काम कार्वाहीमा दबाव दिनु, अस्थायी शिक्षक नियुक्तिमा नातावाद कृपावादको प्रभावकारिता वढ्नु, टाठाबाठाले वि.व्य.स.मा प्रभुत्व जमाउनु रहेको पाइयो ।
यस अध्ययनबाट प्राप्त नतिजाको आधारमा विद्यालय व्यवस्थापन समितिलाई समय समयमा कार्यक्रम तथा तालिमको व्यवस्था हुनुपर्ने, पुरस्कार र दण्डको नीति अपनाउनु पर्ने, व्यवसायिक तथा रोजगारमूलक शिक्षामा सरकारले जोड दिनुपर्ने, सरोकारवालासँग छलफलको व्यवस्थापन गर्नुपर्ने, विद्यालय व्यवस्थापन समितिलाई काम, कर्तव्य र अधिकारको बोध गराउने, आदिका लागि शिक्षक, प्रधानाध्यापक, जिल्ला शिक्षा कार्यालय देखि लिएर शिक्षा मन्त्रालयसम्मका लागि आवश्यक सुझावहरू प्रस्तुत गरिएको छ ।
