किशोरवास्थाका (१५–१९) विवाहित महिलाहरूमा देखा पर्ने प्रजनन स्वास्थ्य समस्याहरू{Reproductive health problems in adolescent (15-19) married women}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
स्वास्थ्य तथा जनसङख्या शिक्षा सङ्काय
Abstract
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय सुकना क्याम्पस स्वास्थ्य तथा जनसख्या विभाग अन्र्तगत एम.एड दोस्रो वर्षको जनसख्या शिक्षा विषयका परिपूर्तिको लागि किशोरावास्थाका (१५–१९) विवाहित महिलाहरूमा देखा पर्ने प्रजनन स्वास्थ्य समस्याहरू शीर्षकमा तयार पारीएको अनुसन्धानमा समुदायमा किशोर अवस्थामा न विवाह गर्नुपर्ने कारण सम्बन्धि पत्ता लगाउन, किशोर अवस्थाका विवाहित महिलाहरूको शैक्षिक तथा आर्थिक अवस्था र त्यसले प्रजनन स्वास्थ्यमा पारेको समस्याहरूको पहिचान गर्न र किशोरअवस्थामा बनेका आमा र वच्चाको स्वस्थ्य अवस्था पहिचान गर्न उद्देश्यहरू राखीएको छ ।
प्रस्तुत अध्ययनमा यो अध्ययनमा शिवसताक्षी नगरप्रनालीका वडा न. ७ झापामा बसोबास गर्न ३२० जना मलिाहरू मध्ये किशारावस्थामा सुत्केरी भइसकेका जम्मा २७० जना महिलाहरूलाइ यस अध्ययनको नमुनाका रूपमा लिइएको छ । यसका लागी सम्भावना रहित नमुना छनोट विधि अन्र्तगत उद्देश्यमूलक नमुना छनोट विधिलाइ अबलम्बन नमुनाको आकारको रुपमा लिइएको छ भने आवश्यकता अनुसार तथ्याङक संकलन कार्यमा प्राथमिक र द्वितिय दुवै स्रोतका पयोग गरी प्राप्त तथ्याङकहरूलाइ आवश्यकता अनुसार तालिकीकरण र विभिन्न चित्रमा पस्तुत गरी व्याख्या विश्लेषण गरिएको छ ।
यो अध्ययनमा अध्ययन क्षेत्रका २७० जना विवाहित किशोरी (१५–१९) महिलाहरू मध्ये १४ देखि १५ वर्ष भित्र विवाह गर्नेहरूको सख्या ३५ जना (१२.९६%)पाइयो ।अध्ययनका क्रममा अध्ययन क्षेत्रका १६ देखि १७ वर्षका उमेरमा न विर्वाह गर्न महिलाहरूका सख्या १६० जना (६६.६६%)पाइयो । एवम क्रममा अध्ययन क्षेत्रका १८ देखि १९ वर्षको उमेरमा विवाह गर्न ५५ जना (२०.३७%) रहको पाइयो । १२ वा सो भन्दा कम उमेरमा विवाह नभएको पाइयो । अध्ययन क्षेत्रका प्राप्त तथ्याङकलाइ हेर्दा विवाहको निर्णयसम्बन्ध्ी आफू खुसी विवाह गरेको भन्न उत्तर दिन १५५ जना (५७.४०%) पाइयो भने आफु खुसी विवाह नगरेको भन्ने ११५ जना (४२.५९%) बाट प्राप्त भएको थियो । अध्ययन क्षेत्रको पाप्त तथ्यांकलाइ हेर्दा चाडो विवाहको कारण परिवारको दबाबको कारण भने उत्तरदिन ८४ जना (३०.३७%) पाइयो । त्यसगरी पममा परर भन्नोमा १२० जना (४४.४४%)बाट प्राप्त गरिएको थियो । सगैको साथीको छिटो विवाह भएर भन्नमा ६४ जना (२३.७०%) त्यसैगरी सख्या ४ जाा(१.४८%) राम्रो पाइयो ।
अध्ययन क्षेत्रका किशोरीहरूमा परिवार नियोजनको ज्ञान सम्बन्धी १९४ जना (७१.८५%) लाइ सामान्य बुझाइ रहे को र ७६(२८.१४%) लाइ खास ज्ञान नभएका पाइयो ।परिवार नियोजनका अस्थायी साधान डिपोप्रोमरा प्रयोग गर्दछु भन्ने ३९ जना (६०%) खानचक्की (पिल्स) भन्न १२ जना (१८.४४६%) अन्य भन्ने उत्तरमा १५ जना (२१.५३%) बाट उत्तर प्राप्त भएको थियो । परिवार नियोजनको साधान प्रयोग नगर्नका कारण सहज तवर ले प्राप्त नभएर भन्न ७९ जना (३३.६५%)परिवार नियोजनका साधान थाहा नभएर भन्ने ३३ जना (१६.०९%) चाडै बच्चा हुर्काउन परिवार नियोजनको साधान प्रयोग नगरेको भन्ने उत्तर ५८ जना (२८.२९%) बाट प्राप्त भयो । त्यसैगरी परिवारका दबाबले परिवार नियोजनका साधन प्रयोग नगरेको भन्ने उत्तरमा ४५ जना (२१.९५%) बाट प्राप्त भएकाथियो भने यसलाइ समाधान गर्न किशोर किशोरी मैत्री वातावरण निर्माण गर्न यस कासरकारी तथा गहसरकारी सस्थाहरू, स्वास्थ्य विभाग, स्वास्थ्य सगठन, किशारी सुत्करी पहिचान जस्ता विषयमा व्यापक चेतनामूलक कायक्रमहरू सञ्चालन गर्न आवश्यक देखिन्छ । सुत्केरी अवस्थामा पौष्टिक आहारमा नियमितताको आवश्यकता महसुस गरी निरन्तरता दिनुपर्ने देखिन्छ । गर्भ तथा सुत्केरी आवस्थामा शारिरीक स्वास्थ्य प्रति ८ सरसफाइ प्रति प्राथमिकता दिने
गर्न पर्दछ । गर्भवती तथा सुकत्केरी महिलालाइ गर्भ जाँच,सुत्केरी सम्बन्धी पराम्र्श जस्ता कूरा गर्नमा परिवारका सदस्यहरूले पूर्ण रुपमा सहयोग गर्नुपर्ने जस्ता सुझाव पेश गरिएको छ ।
