सामुदायिक माध्यमिक विद्यालयका आयका स्रोतहरु र प्रति विद्यार्थी लागत मापनः ढिकुरपोखरी गा. वि. स., कास्की{Samudaik madhyamik bidhyalayaka aayaka srotharu ra parti bidhyarthi lagat mapan; dhikurpokhari ga. bi. sa., Kaski}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Department of Economics Education

Abstract

प्रस्तुत सामुदायिक माध्यमिक विद्यालयको आयको स्रोतहरु र प्रति विद्यार्थी लागत मापन एक अध्ययनः ढिकुरपोखरी गा. वि. स. कास्की शिर्षकमा गरिएको अनुसन्धानको मुख्य उद्देश्य सामुदायिक माध्यमिक विद्यालयको आयका स्रोतहरुको पहिचान गरी प्रति विद्यार्थी लागतको मापनको विश्लेषण गर्नु रहेको छ। यसका लागी कास्की जिल्लालाई उद्देश्य परिपुर्तिको लागी छनौट गरि सामुदायिक माध्यमिक विद्यालयको आयका स्रोतहरु पहिचान गर्ने, प्रति विद्यार्थी लागतको मापन तयार गर्ने र यसबाट शैक्षिक उपलब्धिमा पारेका प्रभावको विश्लेषण गर्ने विशिष्ट उद्देश्य राखि यो अध्ययन गरिएको छ। यो अनुसन्धान सामुदायिक माध्यमिक विद्यालयबाट प्राप्त प्राथमिक तथा द्धितिय तथ्याङ्कलाई अध्ययन विश्लेषणको लागि प्रयोगमा ल्याईएको छ।अध्ययन क्षेत्रका तीन वटासामुदायिक माध्यमिक विद्यालयको माध्यमिक तहको (९र १०) मा अध्ययनरत प्रतिविद्यालय ८ जना विद्यार्थीका दरले एउटा कक्षामा २ जना छात्र र २ जना छात्रा पर्ने गरिजम्मा ३ वटा सामुदायिक माध्यमिक विद्यालयबाट २४ जना विद्यार्थी छनौट गरिएको छभने छनौटमा परेका विद्यार्थीको प्रत्येक कक्षाबाट १ जना छात्र र १ जना छात्रा विद्यार्थीकाअभिभावक पर्ने गरि जम्मा ३ वटा विद्यालयबाट १२ जना अभिभाावक पनि छनौटगरिएको छ। छनौटमा परेका विद्यालयको लागि प्रधानाध्यापक प्रश्नावली, विद्यालय फारमर विद्यार्थीका लागि विद्यार्थी प्रश्नावली तयार पारि प्राथमिक तथ्याङ्क सकलन गरिएको छ।जिल्ला शिक्षा कार्यालय कास्की, शिक्षा मन्त्रालय, अर्थ मन्त्रालयका साथै विभिन्न संघसंस्थाबाट प्रकाशित पुस्तक, प्रतिवेदन, लेख, रचनासाथै तथ्याङ्कहरुलाई तथ्याङ्कको द्धितिय स्रोतको रुपमा लिईएको छ। अध्ययन क्षेत्रका विद्यालयहरुको आम्दानी र खर्चको विश्लेषण गर्दा सामुदायिक माध्यमिकविद्यालयको प्रमुख आम्दानीको स्रोतका रुपमा सरकारी अनुदान देखिन्छ। जुन सामुदायिकमाध्यमिक विद्यालयको जम्मा आयको ७८.६५ प्रतिशत अभिभावक विद्यार्थीबाट६.३५प्रतिशत, स्थानिय निकायबाट १.७८ प्रतिशत, विद्यालयको आफनै स्रोतबाट ०.९४प्रतिशत, गैर सरकारी संस्थाबाट १.२ प्रतिशत बैंक मौज्दात १०.२१ प्रतिशत र अन्यस्रोतहरुबाट०.८३ प्रतिशतआम्दानी भएको देखिन्छ। अध्ययन क्षेत्रका सामुदायिक माध्यमिक विद्यालयहरले गरेको शैक्षिक बर्ष २०६८÷२०६९देखि २०७०÷२०७१ सम्मको खर्चको विश्लेषण गर्दा ७७ प्रतिशत शिक्षक तलब भत्तामाखर्च भएको देखिन्छ। त्यसै गरि मसलन्द÷शैक्षिक सामाग्री, निर्माण÷मर्मत,टेलिफोन÷विजुली÷पानी, छात्रवृति÷पुरस्कार, खेलकुद, परीक्षा, विविध शिर्षकमा क्रमश ०.७३, ९.८, ०.२६, २.३,०.३४, १.८३, ७.५६ प्रतिशतखर्च भएको देखिन्छ। यसबाट सबविद्यायमा शैक्षिक गुणस्तर कायम गर्न नसकेको अवस्था देखिन्छ। अध्ययनमा माध्यमिक तहमा अध्ययन गरिरहका विद्यार्थीलाई उनीहरुका अभिभावकले गरेका प्रति विद्यार्थी औसत बार्षिक खच रु १११२७देखिन्छ। त्यसैगरि सामुदायिक माध्यमिक विद्यालयको प्रति विद्यार्थी बार्षिक लागतरु३९५३ रहेको छ। सामुदायिक माध्यमिक विद्यालयमा प्रति विद्यार्थी रु १४११० खचगर्दा एस.एल.सी परीक्षमा सामेल विद्यार्थी मध्ये६४.७३ प्रतिशत उत्तिर्ण भएका छन। अध्ययनको समग्रमा विश्लेषण गर्दा प्रति विद्यार्थी गरिएको खर्चका कारण पनि शैक्षिक उपलब्धिमा फरक पर्ने कुरा अध्ययनमा देखिन्छ। प्रति विद्यार्थीमा गरिएको खर्च, अभिभावकले विद्यार्थीको लागि गरेको खर्च आदिलविद्यार्थीको शैक्षिक उपलब्धिमा ठुलो प्रभाव पार्ने कुरा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीमा गरिएको खर्च र ती विद्यालयका विद्यार्थीहरुको एस.एल.सी परीक्षाकानतिजाबाट देखिन्छ।

Description

Citation