भदौरे तामागी गा.वि.स.(कास्की) मा राजनीतिक दलको अवस्था{Status of political parties in Bhadaure Tamagi VDC (Kaski)}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

राजनीतिशास्त्र संकाय

Abstract

कास्की जिल्लाको आस्थाको धरोहर पोखरा सदरमुकामदेखि १०–१५ कि.मीपश्चिमतर्फ फेवाताल जलाधार क्षेत्रभित्र पर्ने चापाकोट गा.वि.स.दखि उत्तर ढिकुरपोखरी रकास्कीकोट गा.वि.स.दखि दक्षिणतर्फ अवस्थित बढी पहाडी भूभाग भएको गा.वि.स.भदौरेतामागी गा.वि.स. हा । यस गा.वि.स.को तिनतिर हरिया डाँडापाखाले ढाकिएको रमनोरम हिउँ श्रङखलाहरू साथै फेवाताल स्पष्ट देखिने हुनाले यो निकै रमणीय गा.वि.स.पनि हा । यस गा.वि.स.का भित्र भएका राजनीतिक दलहरूका विगतदेखि वर्तमानसम्मकाराजनीतिक विकास तथा राजनीतिक अवस्थाको अध्ययन गर्न खोजिएको छ । नेपालमा १०४वर्षसम्मको निरङकुशताको परकाष्ठ पछि प्रजातन्त्रको बिजारोपण २००७ सालमा भएपनि२०१७ सालमा दलमाथिको प्रतिबन्ध लगाइया । २०३६ सालमा सो प्रतिबन्ध तोडनप्रयासगरिएपनि अलि बढी जोड पुगेन त्यसपछि २०४६ सालमा दलमाथिको प्रतिबन्ध हटेपछाडिमात्र हरेक गाउँ–गाउँमा राजनीतिक दलहरूको प्रादुर्भाव भएको पाइन्छ । यसै सन्दर्भमाकास्की जिल्लाको भदौरेतामागी गा.वि.स.मा पनि नपाली काँग्रेस र नेकपा एमालेले आफ्नाप्रचारप्रसार अगाडि बढाई जनताको मन जित्ने विभिन्न प्रयासहरू गरेको पाइन्छ । २०४६सालको जनआन्दोलन पश्चात प्राप्त भएको नेपाल अधिराज्यको संविधान २०४७ कार्तिक२३ गते घोषणा भया । २०४९ सालमा स्थानीय निकायको चुनाव भया । त्यस चुनावमानेपाली काँग्रेसल अध्यक्ष लगायत सम्पूर्ण सिट जित्न सफल भया । त्यस अवस्थामा नेपालीकाँग्रेसको अवस्था तथा राजनीतिक विकास राम्रो भएको र नेकपा एमालेका स्थिति बढीसुधार गर्नुपर्ने दखिन्थ्या । दुवै पार्टीमा महिला सहभागिता कमजोर थिया । स्थानीय विकासनिर्माणका कामहरू अगाडि बढाउने क्रममा एकै पार्टीको राजनीतिक समूह गा.वि.स.माभएका कारण खासै कसैबाट रोकछेक भएन । जब २०५४ सालमा दोस्रो स्थानीय निकायको चुनाव सम्पन्न भया । गा.वि.स.प्रमुखमा स्वतन्त्र उमेदवारको विजयी भयो भन काँगसको प्रथम निर्वाचनको जसतो परिणामप्राप्त गरेन । स्वतन्त्र उम्मदवारल२ सिटमा खाता खोल्न सफल भए । गा.वि.स.को विकासनिर्माणमा चेक एण्ड ब्यालेन्सको स्थिति रह्या । तर २०५४ पछि स्थानीय निर्वाचननभएकोले हालसम्म निर्वाचित प्रतिनिधिहरू छैनन । तत्कालीन नकपा माओवादीले चलाएका ड १० वर्षे जनयुद्धका कारण सात दल र तत्कालीन माओवादी मिली राजतन्त्रको अन्त्य गरीहाल संघीय गणतन्त्र घोषणा भएको छ । पहिलो संविधान सभाबाट संविधान बन्न सकेन रदोस्रो संविधानसभा पनि प्रथम पटक प्रकाशित मिति समाप्त भएकोले स्थानीय निकायसञ्चालनका लागि एमाआवादी, एमाले, नेपाली काँग्रेस र नेकपा माओवादीको सर्वदलीयसंयन्त्रबाट नेपाल सरकारको कर्मचारी सचिवलाइअध्यक्ष मानी विभिन्न स्थानीय निकायकाकामहरू अगाडि बढाएको स्थिति छ । यहाँ सक्रिय राजनीतिक दलहरूको अवस्थाका बारेमा हेर्दा सविधान सभाको पहिलाचुनावमा यस क्षेत्रबाट एनेकपा माओवादी र दोस्रो चुनावमा नेकपा एमालेले आफ्नाउमेदवार पठाउन सफल भएको स्थिति छ । जुन पार्टीको सरकार कन्द्रमा हुन्छ । त्यहाँ पाटीस्थानीय क्षेत्रमा बढी सक्रिय भएको अनुभूति स्थानीय जनताहरूबाट थाहा हुन्छ । संख्यात्मकहिसाबले विभिन्न पार्टीका पार्टी सदस्यहरूको अध्ययन गर्दा संख्यामा तलमाथि देखिएपनि ३वटै पार्टी उस्तै प्रतिस्पर्धामा रहेको पाइन्छ । कुनै पनि दलले आफ्नो स्थान राम्रो राख्न त्यसै ठाउँको विकास र त्यहाँका जनताकापक्षमा हित हुने काम अगाडि बढाउनुपर्ने देखिन्छ ।

Description

Citation