रेडियाे नेपालबाट प्रसारित समाचारमा प्रयुक्त भाषाकाे अध्ययन {Radio Nepalbat Prasarit Samacharma Prayukta Bhasako Adhyayan}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
Deparment of Nepali
Abstract
प्रस्तत शाेधपत्र रेडियाे नेपालबाट प्रसारित समाचारमा प्रयुक्त भाषाका अध्ययनमा
आधारित रहेकाे छ । रेडियाे नेपालबाट प्रसारित समाचारलाइ सैद्धान्तिक दृष्टिकाेण
हेडलाइनकाे विषयक्षेत्र र पिरामिड ढाचाअनरूप विश्लेषण, वाचनगत अवस्थाकाे अध्ययन र
व्याकरणात्मक पक्षका अध्ययन गर्नेजस्ता उद्देश्यहरू राखेर विश्लेषण गरिएकाे छ ।
हडलाइनका विषयक्षेत्र र पिरामिड ढाचालाइ समाचारकाे सद्धान्तिक आधारअन्तर्गत राखिएकाे
छ ।
प्रस्तुत शाेध वस्तुतः गणात्मक रहे तापनि मिश्रित अनुसन्धान विधिमा आधारित
रहकाे छ । यस अनुसन्धानमा पुस्तकालयीय अध्ययन विधिका माध्यमबाट उद्देश्यमुलक
तरिकाले सामग्रीहरूकाे सङकलन गरिएकाे छ । सामग्री सङकलनका क्रममा प्राथमिक र
द्वितीयक स्राेतकाे उपयाेग गरिएकाे छ । रेडियाे नेपालबाट २०७५ मँसिर १ दखि १० गतेसम्म
प्रसारित रेडियाे समाचारलाइ पाथमिक स्राेतका रूपमा लिइएकाे छ भने भाषा, पत्रकारिता
एवम् रेडियाे समाचारकाे सिद्धान्तसँग सम्बद्ध पाठ्यपुस्तक, लेख एवम शाेधपत्रलाइ द्वितीयक
स्राेतकाे रूपमा लिइएकाे छ । द्वितीयक स्राेतकाे आधारमा सिद्धान्त निर्माण गरी प्राथमिक
स्राेतकाे विश्लेषण गर्दै प्रतिशतसहित तालिकामा प्रस्तुत गरिएकाे छ । रेडियाे समाचारलाइ
हेडलाइनकाे विषयक्षेत्र, पिरामिड ढाँचा, वाचनगत अवस्था र व्याकरणात्मक पक्षकाे आधारमा
अध्ययन विश्लेषण गरिएकाे छ । हेडलाइनकाे विषयक्षेत्र, पिरामिड ढाँचा, वाचनगत शुद्धता र
व्याकरणात्मक पक्षलाइ अडियाेका आधारमा अध्ययन गरी विश्लेषण गरिएकाे छ ।
प्रस्तुत अध्ययनबाट रेडियाे समाचारकाे हेडलाइनले समेटेकाे विषयक्षेत्र, हेडलाइन
विस्तार गर्दा पिरामिड ढाँचाका आधार के–कति समेटिएकाे छ, वाचन गदाे लागेकाे
समयावधि, वाचनगत गति एवम शुद्धता र समाचारमा प्रयुक्त भाषा वाक्य, काल, पक्ष,
वाच्य, ध्रुवीयताकाे अवस्थाबारे विविध तथ्यहरू प्राप्त भएका छन । राजनीतिक सामाजिक,
आर्थिक, लैङगिक, प्रकाेपीय तथा दुर्घटनाजस्ता विषयक्षेत्रमा केन्दि्त भएर हेडलाइन निर्माण
गरेकाे पाइयाे । हेडलाइनकाे विषयक्षेत्रमध्ये सामाजिक र राजनीतिक क्षेत्रसँग सम्बद्ध ३१.५८
प्रतिशत, आर्थिक क्षेत्रसँग सम्बद्ध २१.०५ प्रतिशत, प्रकाेपीय तथा दुर्घटनासँग सम्बद्ध १३.१६
प्रतिशत, लैङगिक क्षेत्रसँग सम्बद्ध २.६३ प्रतिशत हेडलाइन रहेकाे पाइयाे । भाषिक
विषयक्षेत्रसँग सम्बन्धित रहेर हडलाइनकाे विषयक्षेत्र निर्धारण गरिएका हाे । हेडलाइन
विस्तार गर्दा थाेर हडलाइनले मात्र पिरामिड ढाचाकाे सब आधार समेटेकाे देखियाे ।
पिरामिड ढाचाका तीन आधार (परिचय र प्रारम्भ, बढी वा थप तथ्य, सहयाेगी सुचना र
पृष्ठभुमि) लाइ १०० प्रतिशत हेडलाइनले समेटेकाे र पछिल्लाे दुइ आधार (कम महत्वकाे
थप तथ्य र उद्धरण, कम महत्वका बाकी जानकारी) लाइ क्रमशः ५४.७६ प्रतिशत र ३८
प्रतिशत हेडलाइनले समेेटेकाे पाइयाे । समाचार निर्देशिकाकाे आधारमा समाचार वाचन गर्न
गरेकाे र कथ्य वर्णविन्यासकाे साथ मानक उच्चारणका प्रयाेग गरी समाचार वाचन गरेकाे
पाइयाे । सयुक्त शब्द र लामा शब्द बढी प्रयाेग भएकाे वाक्य वाचनभन्दा सरल र सहज
शब्दका बाहुल्य भएकाे वाक्यलाइ वाचन गर्दा वाचनगत गतिमा एकरूपता कायम रहेकाे
देखियाे । समाचारमा प्रयुक्त व्यारकणात्मक पक्षलाइ र्हेदा सरल वाक्य, अभूत कालकाे वाक्य,
पुर्ण पक्षका वाक्य, कर्तृवाच्यका वाक्य र करण वाक्यकाे प्रयाेग बढी रहेकाे पाइयाे । जसमा
सरल वाक्य ६३.४५ प्रतिशत, अभूतकालीन वाक्य ५५.९७ प्रतिशत, पुर्ण पक्षका वाक्य ६२.८
प्रतिशत, कर्तृवाच्यकाे वाक्य ८९.७ प्रतिशत र करण वाक्य ९८.९२ प्रतिशत रहकाे पाइयाे ।
जसलाइ समाचारकाे सैद्धान्तिक मान्यताअनुकल रहेकाे मानिन्छ ।
प्रस्तुत अध्ययनले पत्रकारिता वा रडियाकर्मीका रूपमा कार्य गर्न चाहाने र
भाषासम्बन्धी अध्ययन गर्न चाहाने शिक्षक, विद्यार्थी, शाेधार्थी, लेखक, विषयविशेषज्ञ,
समाचारदाता, पत्रकार, रेडियाेकमी तथा समाचार वाचकलाइ समाचारमा प्रयाेग गरिने
भाषाबारे आवश्यक कुराहरू अधिगत गर्न सघाउने अपेक्षा गरिएकाे छ । यसका साथै
पत्रकारिता क्षेत्रकाे समाचार सँवाददाता र समाचार वाचक बन्न चाहने जुनसुकै व्यक्तिलाइ
टेवा प¥याउने अपेक्षा गरिएकाे छ । समाचार वाचनकाे द्रष्टिले सैद्धान्तिक मान्यता अनुसार
अध्ययन अनुसन्धान भइनसकेकाे परिवेशमा प्रस्तुत शाेधपत्रले सैद्धान्तिक आधार प्रस्तुत गर्ने अपेक्षासमेत गरिएकाे छ ।
