भुजेल भाषा र नेपाली भाषा व्याकरणकाे तुलनात्मक अध्ययन (Bhujel bhasha ra nepali bhasha vyakaranko tulanatmak adhyayan)

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

नेपाली भाषा शिक्षा विभाग

Abstract

समस्याकथन नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका विभिन्न भाषाहरू मध्ये भुजेल भाषा र नेपाली भाषा व्याकरणको तुलनात्मक अध्ययन हालसम्म भएको पाइँदैन । तसर्थ दुवै भाषाका व्याकरणात्मक कोटीहरू के–कस्ता रहेका छन् ? शब्दवर्गमा के–कति समानता र असमानता रहेका छन् ? तुलनात्मक अध्ययनबाट के–कस्ता निष्कर्ष दिन सकिन्छ ? भन्ने बारेमा प्रस्तुत शोध केन्द्रित रहेको छ । प्रस्तुत शोधपत्र निम्न लिखित समस्याहरूमा केन्द्रित रहेको छ :- क) भुजेल भाषा र नेपाली भाषा व्याकरणको अवस्था के–कस्तो रहेको छ ? ख) भुजेल भाषा र नेपाली भाषाको व्याकरणात्मक कोटिमा के–कस्तो समानता र भिन्नता पाइन्छ ? अध्ययनको उद्देश्य कुनै पनि कार्यको अभिन्न अङ्ग उद्देश्य हो । उद्देश्य विनाको कुनै पनि कार्य अगाडि बढ्न सक्दैन र औचित्यपूर्ण पनि हुँदैन । कुनै पनि शोधकार्यको उद्देश्य सम्बन्धित शोध समस्याको तर्कपूर्ण र प्रमाणिक समाधान प्राप्त गर्नु हो । तसर्थ शोधपत्रमा समावेश गरिएका समस्याहरूको तथ्यपरक रूपमा निदान गर्नु नै यस शोधको मूल उद्देश्य रहेको छ । प्रस्तुत शोधपत्रमा निम्न उद्देश्यहरू रहेका छन् ः क) भुजेल भाषा र नेपाली भाषा व्याकरणको अवस्था अध्ययन गर्नु ख) भुजेल भाषा र नेपाली भाषाको व्याकरणात्मक कोटिमा के–कस्तो समानता र असमानता छ पहिल्याउनु । शोधको औचित्य र महत्त्व अनुसन्धानको व्रmममा कुनै पनि विषयवस्तुको खोज तथा अनुसन्धान गर्नु आफैमा एउटा महत्त्वपूर्ण कार्य हो । खास गरी अनुसन्धानको आवश्यकता र उपयोगिता माथि प्रकाश पार्नु नै अनुसन्धानको औचित्य रहेको छ । शोधकार्य सम्पन्न भएपछि भाषा अध्येता, आम पाठकहरूका लागि थोरै भए तापनि नेपाली भाषा र भुजेल भाषा बोल्ने वक्ताहरूका लागि यी भाषा व्याकरणका विशेषतासँग सम्बन्धित विभिन्न पक्षहरुको अध्ययन अनुसन्धान गर्नेहरूका लागि, पाठ्यव्रmम एवम् पाठ्य पुस्तक निर्माण गर्नेहरूका लागि सहयोग पुग्ने छ । नेपाली भाषा र भुजेल भाषाका सम्बन्धमा खोजी र चासो राख्ने जो कोहीलाई पनि यस अध्ययन फलदायी हुनेछ । नेपाली र भुजेल भाषाको तुलनात्मक अध्ययन र अनुसन्धानले भुजेल भाषाको संरक्षण र सम्बद्र्धनमा सहयोग पुग्ने देखिएकाले यो अध्ययन निर्विवाद रूपमा महत्त्वपूर्ण र औचित्यपूर्ण रहेको छ भन्न सकिन्छ । अध्ययनको सीमाङ्कन कुनै पनि शोधकार्यलाई निश्चित उद्देश्यतर्फ केन्द्रित गराउन त्यसलाई सीमाबद्ध गर्नु आवश्यक देखिन्छ । कुनै पनि अध्ययनलाई यसको प्रयोजन समेत आत्म निर्देशन गर्ने हुँदा यसको निश्चित सीमा निर्धारण नगरिकन थालिएको शोधकार्यबाट निश्चित गन्तव्यमा पुग्न कठिन हुने भएकाले प्रस्तुत शोधपत्र निम्न सीमाभित्र रही कार्य गरिएको छ :- क) भुजेल भाषा र नेपाली भाषा व्याकरणको तुलनात्मक अध्ययन शब्दवर्ग र व्याकरिणक कोटिमा सीमित रहेको छ । ख) व्याकरणिक कोटिको अध्ययन लिङ्ग, वचन, पुरुष र कालमा सीमित रहेको छ । निष्कर्ष नेपाली व्याकरण र भुजेल भाषाको व्याकरणको पुस्तक सङ्कलन गरी नेपाली भाषा र भुजेल भाषाको शब्द वर्गको तुलनात्मक अध्ययन गरिएको छ । शब्दवर्ग अन्तर्गत नाम, सर्वनाम, व्रिmया, विशेषण, व्रिmया विशेषण, नामयोगी, संयोजक, विस्मयादिबोधक र निपातको अध्ययन गरिएको छ । नेपाली भाषाको व्याकरणमा नामलाई विभिन्न नाममा वर्गीकरण गरिएको छ । तर भुजेल भाषाको व्याकरणमा नामको छुट्टै चर्चा नगरी केही नामपदहरूको मात्र उल्लेख रहेको पाइन्छ । नेपाली भाषामा पुरुष वाचक, दर्शक वाचक, प्रश्न वाचक र निज वाचक गरी चार प्रकारका सर्वनामको चर्चा गरिएको छ भने भुजेल भाषामा पुरुष वाचक सर्वनाम, अन्तर्गत मुक्त सर्वनाम र बद्ध सर्वनाम, अन्य सर्वनाम अन्तर्गत दर्शक सर्वनाम, प्रश्नवाचक सर्वनाम, आत्मवाचक सर्वनाम, पारस्परिक सर्वनाम र सम्बन्ध वाचक सर्वनामको चर्चा गरिएको छ । नेपfली भाषामा विशेषणलाई विभिन्न आधारमा वर्गीकरण गरी अध्ययन गरिएको छ भने भुजेलको विशेषणलाई एक रूपी, व्युत्पन्न र आगन्तुक विशेषणमा वर्गीकरण गरिएको पाइन्छ । त्यस्तै नेपाली भाषाको व्याकरणमा व्रिmया, व्रिmया विशेषण, नामयोगी, संयोजक, विस्मयादिबोधक र निपातको विश्लेषण र प्रयोग गरिएको पाइन्छ भने भुजेल भाषाको व्याकरणमा व्रिmया, व्रिmया विशेषण र नामयोगीको व्याख्या विश्लेषण र प्रयोग भए तापनि संयोजक, विस्मयादिबोधक र निपातको चर्चा गरिएको छैन । यसरी प्रस्तुत शोधमा नेपाली भाषा र भुजेल भाषाको व्याकरणको अध्ययन गर्दा शब्दवर्गगत आधारमा भुजेल भाषाको व्याकरणको तुलनामा नेपनली भाषाको शब्द वर्गको अध्ययनको क्षेत्र बढी रहेको पाइन्छ । यसैगरी प्रस्तुत शोधमा नेपाली भाषा र भुजेल भाषाको व्याकरणको पुस्तकका आधारमा व्याकरणात्मक कोटिको अध्ययन गरिएको छ । व्याकरणात्मक कोटि अन्तर्गत लिङ्ग, वचन, पुरुष र कालको मात्र अध्ययन गरिएको छ । प्राकृतिक लिङ्गको आधारमा सजीव नामलाई स्त्रिलिङ्ग वा पुलिङ्गको रूपमा बदली उल्लेख गरिएको छ । भुजेलमा भुजेल पनि लिङ्ग व्याकरणिक कोटिको रूपमा छैन । भुजेल भाषामा लिङ्गका रूपमा भाले र पोथी बुझाउने केही शब्दहरू रहेको पाइन्छ । भुजेलमा तिन प्रकारका वचन रहेका पाइन्छन् : एकवचन, द्विवचन र बहुवचन । एकवचन अचिन्हित हुन्छ भने नामसँग (निस्) र व्रिmयासँग (च) प्रत्यय लागेर द्विवचन बन्दछ । नेपाली भाषामा पुरुषलाई उत्तम पुरुष, मध्यम पुरुष र अन्य पुरुषका रूपमा चर्चा गरिएको छ तर भुजेलको व्याकरणमा पुरुषको छुट्टै चर्चा गरिएको छैन । नेपालीमा जस्तै भुजेल भुजेल व्याकरणमा भूत काललाई सामान्य भूत र दूरवर्ती भूतका रूपमा चर्चा गरिएको छ । अध्ययनको रूपरेखा प्रस्तुत शोधपत्रलाई व्यवस्थित रूप दिनका लागि पाँच अध्यायभित्रका मूल शीर्षकहरूमा विभाजन गरी आवश्यकता अनुसार उपशीर्षक राखेर शोधपत्र तयार पारिएको छ । यस शोधपत्रको परिच्छेद विभाजनका मुख्य शीर्षकहरू निम्नानुसार रहेका छन् ः क) अध्याय एक : शोध परिचय ख) अध्याय दुई : पूर्वकार्यको समीक्षा र सैद्धान्तिक अवधारणा ग) अध्याय तिन ः शोध विधि र अध्ययन प्रक्रिया घ) अध्याय चार : व्याख्या तथा विश्लेषण ङ) अध्याय पाँच : निष्कर्ष, सुझाव र उपयोगिता सन्दर्भसामग्रीसूची

Description

Citation