नेपाली भाषा पाठ्यपुस्तकका रुपक विधामा प्रयुक्त तत्सम शब्दहरुको अध्ययन {Nepali Bhasha pathyapusatakka rupak bidhama prayukta tatsam sabdaharuko adhyayan}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली भाषा शिक्षा विभाग
Abstract
नेपाली भाषा पाठ्यपुस्तकका रूपक विधामा प्रयुक्त तत्सम शब्दहरूको अध्ययन
शीर्षकको शोधपत्रको उद्दश्यका रूपमा कक्षा एघार र बाह्रको नेपाली पाठ्यपुस्तकको
रूपकमा पयुक्त तत्सम शब्दहरू पत्ता लगाउनु, कक्षा एघार र बाह्रको नेपाली
पाठ्यपुस्तकको रूपक विधामा प्रयुक्त रूपकका तत्सम शब्दहरूको शब्दवर्ग पहिचान गन,
कक्षा एघार र बाह्रको नपाली पाठ्यपुस्तकको रूपक विधामा प्रयुक्त तत्सम शब्दहरूको
बनोट÷निर्माण प्रक्रिया दखाउन र कक्षा एघार र बाह्रको नेपाली पाठ्यपुस्तकको रूपक
विधामा प्रयुक्त तत्सम शब्दहरूको अथ पत्ता लगाउन, कक्षा एघार र बाह्रको नेपाली
पाठ्यपुस्तकको रूपक विधामा प्रयुक्त तत्सम शब्दहरू विद्यार्थीको क्षमता र स्तर अनुकुल
भए नभएको अध्ययन गर्नु रहेका छन् ।
प्रस्तुत शोधपत्र पुस्तकालयीय विधि अपनाई सामग्री सङ्कलन गरिएका छ भने
प्राथमिक र द्वितीय स्रोतको प्रयोग गरिएको छ । प्राथमिक स्रोतमा कक्षा एघार र बाह्रको
रूपक विधा भने द्वितीय सोतका साधनहरूको रूपमा शब्दकोशहरू, नेपाली भाषा व्याकरण,
भाषा विज्ञानका पुस्तकहरू र अप्रकाशित शोधपत्रहरू र शिक्षक सुझाव तथा निर्देशनलाई
लिइएको छ ।
कुनै पाठमा ज्यादै बढी र कुनै पाठमा ज्यादै कम तत्सम शब्दको प्रयोग भएको
देखिन्छ तर यसो नभएर समान तत्सम शब्दको प्रयोग भएका रूपकहरू समावेश
गरिनुपर्दछ । अप्ठ्यारा तत्सम शब्दहरूको आवृत्ति भइरहे विद्यार्थीहरूलाई सहज हुने
देखिन्छ । सबै रूपकको अन्त्यमा कठिन तत्सम शब्दहरूको शब्दार्थ स्तम्भ राखिनु पर्ने
देखिन्छ भनी निष्कर्ष निकालिएको छ ।
