शिक्षण सिकाइमा उत्प्रेरणा (Motivation in teaching learning)

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शैक्षिक योजना तथा व्यवस्थापन विभाग

Abstract

“शिक्षण सिकाइमा उत्प्रेरणा” शीर्षकमा गरिएको यो अध्ययनको उद्देश्यहरु प्राथमिक तहको कक्षा शिक्षणमा उत्प्रेरणा र यसवाट विद्यार्थीमा पर्ने प्रभाव पत्ता लगाउन, सम्वन्धित सरोकारवालाहरुसँगै शिक्षण सिकाइमा उत्प्रेरणाको अवस्था संकलन गरि सिकाइ उपलब्धीको असर पत्ता लगाउन र सिकाइमा पुरस्कार दण्डको प्रयोगको समस्या पत्ता लगाउनु रहेका छ । यस अध्ययनका उद्देश्यहरुको पर्णता दिन ताप्लेजुङ जिल्लाका १४ वटा स्रोतकेन्द्रहरु मध्ये २ वटा स्रोतकेन्द्र भित्रका ३/३ वटा विद्यालय र अभिभावकहरु सँगै अन्तर्वाता, कक्षा शिक्षण अवलोकन विशेष शिक्षण सिकाइमा उत्प्रेरणाको लेखाजोखा गर्ने र सिकाइ उपलब्धीमा परेका प्रभाव अवस्था पत्ता लगाई त्यसमा पर्ने असर ती विद्यार्थीको विद्यालयमा रेकर्ड अध्ययन गरी सूचना संकलन गरिएको थियो । त्यसैगरी सूचनाको सहायक स्रोतको रुपमा विभिन्न पत्रपत्रिकामा छापिएका लेख, घटना तथा पस्तकलाई लिइएको थियो । विद्यार्थीहरुलाइ उत्प्रेरणा दिने व्यवस्था गरिएको भनि सवै विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको पूर्ण रुपमा प्रयोग भएको राय प्राप्त भएको थियो । सँधै सफा सुग्गर भएमा, विद्यालय नीति नियम पालन गरेमा, विद्यालय समयमा आएमा, साथीहरु सँगै छलफल गरी सहपाठी सिकाइ गरेमा उत्प्रेरणा दिने व्यवस्था भएको छ भन्ने सन्र्दभमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, विद्यार्थीहरुबाट ४५ पतिशतको धारणा पाइयो भने अभिभावक र बाँकी सहभागीहरुको कुनै प्रतिक्रिया प्राप्त भएन । शिक्षण सिकाइमा सबै सरोकारवालाहरुको धारणा विद्यालयलाई बालमैत्रीपूर्ण बनाई शिक्षण सिकाइमा सुधारल्याई विद्यालयमा रहेको बाह्य वातावरण अन्तर्गत भौतिक व्यवस्था कक्षाकोठा, खेलमैदान, खानेपानी, शौचालय, शैक्षिक सामग्री जस्ता कुराले सिकाइ वातावरणमा प्रभाव पार्ने कुरामा सबैको एक मत देखिएको साथै शिक्षण सिकाइको अवस्था लेखाजोखा गर्दा कक्षाकोठाको वातावरणभित्र नियमित शिक्षण गर्नुपर्ने शैक्षिक सामग्रीको उचित प्रयोग, सहपाठी शिक्षण सिकाइ, समूहकार्य, निरन्तर विद्यार्थी मूल्याङकन, उदारकक्षोन्नति र विषयवस्तुमा आधारित शिक्षण कौशलता भित्र विविध पक्षको विषयमा प्रधानाध्याप र शिक्षकले १०० प्रतिशत प्रतिक्रिया दिए पनि विद्यालय व्यवस्थापन समिति तथा अभिभावकले भने धेरै अनभिज्ञताको प्रतिक्रिया दिएका थिए । विद्यार्थीहरुले पनि स्वअध्ययन सह तथा अतिरिक्त क्रियाकलापको माध्यमबाट उत्साहित क्रियाकलपबाट मात्र शिक्षण सिकाइ दिगो र प्रभावकारी हुने कुरा बताएका थिए । बालबालिकाको चौतर्फी विकास भन्नाले शारीरिक वौद्धिक संवेगात्मक तथा सामाजिक विकासको लागि सबै सरोकारवादलाहरुले जस्तै विद्यार्थीले पनि शैक्षिक गुणस्तर विकासको पक्षमा जोड दिई सिकाइ उपलब्धीमा वृद्धि हुने प्रतिक्रिया जनाएका थिए । सिकाइ उपलब्धी सम्वन्धी समस्याहरु विद्यालयको भौतिक पक्षमा साथै शैक्षिक पक्षको समग्र सक्षमताले नै दिगो भर भरपर्दो विकास भै समय सापेक्ष सुधारोन्मुख हुने कुरामा दुईमत देखिदैन । पढाइमा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रथम, द्वितीय र तृतीय हुने, सँधै कक्षाकार्य गर्ने, विभिन्न क्रियाकलापमा सहभागिता जनाउने र विजय प्राप्त गर्ने विद्यार्थीहरुलाई भौतिक, नगद तथा शाब्दिक पुरस्कार दिने गरेको प्रतिक्रिया पाइयो । पुरस्कार भने सवै विद्यालयमा परम्परागत शैलीमा दिने गरेको पाइयो । अन्त्यमा समग्रमा सरोकारवालाहरु सबैले शिक्षण सिकाइमा उत्प्रेरणाले सकारात्मक तथा सुधारोन्मुख उपलब्धि दिने कुरामा भने सबैको धारणा एउटै छ जसमा बालमनोवैज्ञानिक तथा हौसलामुखी वातावरणमा प्रभावकारी शिक्षण तरिकाबाट गर्नुपर्ने र दण्डको भन्दा विशेषतः उत्प्रेरणालाई विद्यालयमा वढी प्रयोग गरी कमजोर विद्यार्थीहरु समेतलाई उचित वातावरणको सिर्जना गरी निरन्तर विद्यार्थी मूल्याङ्कन र उदार कक्षोन्नतीको माध्यमबाट हौसलामुखी प्रक्रियाबाट शिक्षण गर्ने प्रतिक्रिया प्राप्त भएको छ ।

Description

Citation