सामुदायिक विद्यालयप्रति सरोकारवालाहरूको धारणाः मानवशास्त्रीय अध्ययन (भलाम गा.वि.स.को अध्ययनमा आधारित){Stakeholders' Attitude towards Community Schools: Anthropological Study (Based on a Study by Bhalam VDC)
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
मानवशास्त्र सङ्काय
Abstract
मौजुदा अवस्थामा सामाजिक साँस्कृतिक, आर्थिक, राजनीतिक, व्यवहारिकादि रूपान्तरण शिक्षानीति र यसको कार्यन्वयनमा निहित रहने कुरामा शङ्का छैन । हाल मुलुकमा सामुदायिक र निजी गरी दुई सिराबाट शिक्षा प्रदान गर्ने परिपाटी रहेको छ । छिमेकी मुलुक भारतलगायत विश्वका अनेकन देशमा यी विद्यालयहरूको प्रभावकारितामा समानता देखिंदैन । नेपालमा पनि यसको स्पष्ट संकेत देखिएको सन्दर्भमा अध्ययनक्षेत्र, भलाम – ३, कास्कीमा ‘‘सरोकारवालाका दृष्टिमा समुदायिक विद्यालय’’ भन्ने शीर्षकमा गरिएको शोधकार्य निम्न विशिष्ट उद्देश्यहरूबाट निर्देशित
छ ः
१. सामुदायिक र निजी विद्यालयप्रतिको जनधारणाको पहिचान गर्नु ;
२. सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै जानाको चुरो पत्ता लगाउनु ;
३. विद्यार्थीसङ्ख्या बढाउन आवश्यक उपायहरूको पहिचान गर्नु ;
मुख्यतया यो अध्ययन, विशुद्ध शैक्षिक उद्देश्यका लागि भएकाले स्वभाविक रूपमा यसमा निहित गहनताको परिणामस्वरूप, समय, बजेट र मानवश्रमसाधनको सीमिततालाई मध्यनजर गरिएको छ । सैध्दान्तिक दृष्टिबाट यो अध्ययन जनसहभागिता र सामाजिक रूपान्तरणका रूपमा शिक्षाको अवधारणबाट निर्देशित रहेको छ । शिक्षासँग सरोकार राख्नेहरूसँग यो अध्ययन मुखरित छ । सबैका लागि शिक्षा, सामाजिक रूपान्तरणको रूपमा शिक्षा, पूर्वअध्ययनहरूको सारसमीक्षा आदिबाट शोध विषयमा परिचित हुन र शोधविधिका बारेमा दिशाबोध गर्न सघाउ पुगेको छ ।
अन्वेषणात्मक तथा व्याख्यात्मक अनुसन्धान ढाँचाको प्रयोग शोधशीर्षकको विशेषताका रूपमा शोधविधिअन्र्तगत समावेश गरिएको छ । यो अध्ययन क्षेत्रगत रूपमा असीमित भए तापनि औचित्य र सन्दर्भका दृष्टिले भलाम गा.वि.स. को वडा नं.३ मा सीमित गरिएको छ । अध्ययनक्षेत्र ११९ घरधुरीले युक्त भए तापनि अध्ययनसँग सम्बन्धित जम्मा ६१ घरधुरीलाई समग्र अध्ययनका रूपमा समावेश गरीएको छ । घरमुली ३८ महिला तथा २३ पुरुषहरू उत्तरदाताका रूपमा समावेश गरीएका छन् । तथ्याङ्कसङ्कलन हेतु दुवैथरी उत्तरदाताका लागि बन्द तथा खुला चरित्रको एउटै प्रश्नावलीको प्रयोग भएको छ । यसबाट गुणात्मक तथा सङ्ख्यात्मक सथ्याङ्कहरू, प्राथमिक तथ्याङ्कका रूपमा प्राप्त भएका छन । यसका साथै अध्ययनलाई बढी विश्वसनीय बनाउन आवश्यक पर्ने थप तथ्याङ्कहरू जुटाउने क्रममा मूख्य सूचनादातासँगको अन्तर्वाता र समूह केन्द्रित छलफलको विधिलाई पनि अपनाइएको
छ । सङ्कलित तथ्याङ्कहरू बढीजसो प्राथमिक प्रकृतिका भए तापनि गा.वि.स.को सहयोगमा द्वितीय प्रकृतिका तथ्याङ्कहरू पनि सङ्कलन गरीएका छन् । जुन अध्ययनको पूर्णताका लागि महत्वपूर्ण सिद्ध भएको महसुस गरिएको छ । यसप्रकार प्राप्त गुणात्मक तथ्याङ्कहरूलाई मानवीय तवरबाट विश्लेषण र विवेचना गरिएको छ । तर सङ्ख्यात्मक तथ्याङ्कहरूका हकमा एस.पी.एस.एस. कम्प्युटर पोग्रामका माध्यमबाट टेबुलेसन र विश्लेषण गरिएको छ । प्रस्तुतयोग्य तथ्याङ्कहरू तलिका, बारम्बारता, प्रतिशतका माध्ययमबाट प्रस्तुत गरिएको छ ।
अध्ययनको निष्कर्ष
अध्ययनबाट प्राप्त महत्वपूर्ण सार कुराहरूलाई निष्कर्षका रूपमा निम्नानुसार प्रस्तुत गरिएको छ ः
१. सामुदायिक विद्यालयहरू सरोकारवालाहरूको दृष्टिमा उपयोगी, सुलभ र पहुँचमा रहेका देखिन्छन् ;
२. सामुदायिक विद्यालयहरूमा हाल देखिएको गुणस्तरह्रासको निराकरण र सुधार गर्नुपर्ने सरोकारवालाहरूको जोड रहेको छ ;
३. अङ्ग्रेजी माध्ययममा पढाइ सञ्चालन गरी कम्प्युटरादि उपयोगी, व्यावहारिक शिक्षाको पठनपाठन प्रारम्भ गरिनुपर्ने देखिन्छ ;
४. राजनीतिकरण, शिक्षक नियुक्तिमा नातावाद, पक्षपातजस्ता विकृतिहरू निराकरण गर्नुपर्ने देखिन्छ ।
सुझाउहरू
सामुदायिक विद्यालयहरूमा विद्यमान शैक्षिक गुणस्तरह्रासको निराकरण र सुधारहेतु निम्नानुसारका बुँदाहरूलाई सुझाउको रूपमा प्रस्तुत गरिएको छ ः
१. पठ्नपाठनको माध्यम भाषा एउटै हुनुपर्ने ;
२. दुईथरी विद्यालयीय शिक्षापद्धति खारेज गरी एकरूपता ल्याउनुपर्ने ;
३. शिक्षामा राज्यको नियन्त्रण सुदृढ बनाउनुपर्ने ;
४. व्यवस्थापन समितिलाई अधिकारप्राप्त निकायका रूपमा नभई सहयोगी भूमिकाका रूपमा रूपान्तरण गर्नुपने ;
५. शिक्षानीति तथा निर्णयनिर्माता र कार्यन्वयनकर्ताहरूले सामुदायिक विद्यालयहरूलाई उपयोगमा ल्याउनुपर्ने ;
६. शिक्षकहरूलाई सुविधा तथा अवसरहरूबाट सम्पन्न गराई शिक्षालाई मर्यादित पेशाका रूपमा रूपान्तरण गर्नुपर्ने ।
