धिमाल जातिका विवाहित महिलाहरूको प्रजनन स्वास्थ्य अन्तर्गत सुरक्षित मातृत्वको अवस्था {The state of safe motherhood under the reproductive health of married women of Dhimal caste}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

स्वास्थ्य तथा जनसङख्या शिक्षा संकाय

Abstract

प्रस्तुत अध्ययन “धिमाल जातिका विवाहित महिलाहरूको प्रजनन स्वास्थ्य अन्तर्गत सुरक्षित मातृत्वको अवस्था” शीर्षकमा यो अध्ययन प्रतिवेदन तयार पारिएको हो । यसको मुख्य उद्देश्य धिमाल जातिका विवाहित महिलाहरूको प्रजनन अवस्था पत्ता लगाई धिमाल महिलाको पजनन स्वास्थ्यमा पारेको प्रभाव को अवस्था अध्ययन गर्नु रहको छ । प्रस्तुत विषयको अध्ययन गरी व्याख्या विश्लेषण गर्न वर्णानात्मक, गुणात्मक र परिमाणात्मकढाँचाको प्रयोग गरिएको छ । यस अध्ययनको लागि मोरङ जिल्ला बेलबारी नगरपालिका ११वडाहरूमध्ये ३ नं. वडा का ५०० घरधुरी मध्ये १७०जना महिला यस अध्ययनका जनसङख्या र तीमहिलाहरूमध्ये संभावना रहित नमुना छनौट विधिका प्रयोग गरी १५ देखि ४९ वर्ष भित्रका विवाहित महिलाहरूलाइ सुविधाजनक नमुना छनाट विधिको प्रयोग गरिइको छ । यस शोधसार अध्ययनलाई पुरा गर्न प्राथमिक र द्वितीय दुवै स्रोतहरूको प्रयोग गरी अन्तवार्ता सूची साथै खुल्लाप्रश्नावली दवैको माध्यमबाट आवश्यक तथ्याङक सङकलन गरिएको छ । अध्ययनका क्रममा प्राप्ततथ्याङकलाई सम्पादन गरी व्याख्यात्मक, तरिका, रेखाचित्र, वृत्तचित्र, स्तम्भचित्र आदिको प्रयोग गरीविश्लषण गरिएको छ । विभित्र स्रोतहरूबाट प्राप्त तथ्याङकको विश्लषण गर्दा यस समुदायका महिलाको प्रजननस्वास्थ्यमाआर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक तथा पारिवारिक कारणले के कस्तो प्रभाव पारेको छ, भत्रकुराको अध्ययन गर्ने क्रममा विभित्र तथ्याङको प्रयाग गरिएको छ । तथ्याङक सङकलन गर्ने क्रममालक्षित समुदायका महिलाको प्रजनन अवस्थाको अध्ययन गरिएको छ । परिवारको शैक्षिक सामाजिक तथा आर्थिक अवस्थाल उसको पारिवारिक तथा प्रजनन स्वास्थ्यमा प्रभाव पार्ने भएकाल यसधिमाल समुदायका महिलामा गरिवी तथा अन्धविश्वास र धामिझाक्रिको प्रयोगका कारण प्राप्तसमस्याको पनि अध्ययन गर्नुका साथै उनिहरूको दनिक जीवनभोगाई र भोजनको अवस्था थाहापाउन पनि यो अध्ययन कार्य गरिएको छ । त्यस्तै महिलाको शैक्षिक अवस्था, रोजगारी तथा परिवारवियोजनका साधनहरूका प्रयोग, उपयुक्त उमेरमा विवाह, सुरक्षित मातृत्वको अवस्था र घरपरिवारमा महिलाको अवस्था थाहा पाउन पनि यो स्थलगत अध्ययन गरिएको छ । घ यस स्थलगत अध्ययनमा महिलाको विवाहको उमेर सम्बन्धि विवरण, परिवारको प्रकार, पहिलाबच्चा जन्माउदाको उमेरको विवरण, शैक्षिक अवस्थाको विवरण, पेशागत विवरण, विवाहितमहिलाको उमेर सम्बन्धि विवरण, धर्म अनुसारको विवरण, गर्भावस्थामा स्वास्थ्य परिक्षण गराउनसम्बन्धि विवरण, परिवार नियोजनका साधनहरूको प्रयोग सम्बन्धि विवरण, गर्भ परिक्षण गराउनप्रशुति हुनस्थान सम्बन्धि विवरण, सुत्केरी अवस्थामा मृत्यु हुन महिला सम्बन्धी विवरण, आदिप्रस्तुत गरिएको छ । यसर्थ यस विषयमा केन्द्रित रहेर अझ विस्तृत रूपमा अध्ययन गरी यस सँग सम्बन्धितसमस्याहरूका पहिचान गर्न थप अध्ययनको आवश्कता खडकिएको छ । २१औं शताब्दीमा आइपुग्दापनि महिलाहरू पुरुषको तुलनामा अझै पनि पछि परेको स्पष्ट छ । परम्परागत सोचाईलाइनिरन्तरता दिनका साथै आर्थिक, राजनैतिक, सामाजिकर सांस्कृतिक पक्षल प्रत्यक्ष वा अप्रत्यक्षरुपमा धिमाल जातिमा महिलाको सर्वाङगीण पक्षमा प्रभाव पारेको देखिन्छ । राज्यले संविधानमामहिलालाई लैंगिक विभेद गर्न नहुन कुरा उल्लेख गरेता पनि पूर्ण रुपमा लागु हुन सकेको छन ।यसरी सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक पक्षहरूमा धिमाल जातिमा महिलाको प्रजननस्वास्थ्यमा सुरक्षित मातृत्वको अवस्थामा सुधार ल्याउन सम्बन्धित क्षेत्रबाट जनचेतनामूलककार्यक्रम सञ्चालन गरी महिला तथा घर परिवारका सदस्यहरूलाई जानकारी गराएर व्यवहारमासकारात्मक परिवर्तन गन सक्ने वनाउनु पर्ने देखिन्छ । सरकारी तथा गैरसरकारी क्षेत्रबाट प्रजननस्वास्थ्यमा सुरक्षित मातत्व सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी महिलाकाजीवनस्तरमा वृद्धि गर्नु पर्ने देखिन्छ । आगामि दिनहरूमा धिमाल जातिका महिलाहरूको प्रजननस्वास्थ्यमा सुरक्षित मातृत्वसम्बन्धी अध्ययन गन वा काम गर्ने सरोकारवाला पक्षलाई यो स्थलगतरिपोट प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

Description

Citation

Collections