अपाङ्गता भएका व्यक्तिहरुको विशेष शिक्षा प्रतिकोे अपेक्षा र उपलब्धि {Expectations and achievements of persons with disabilities towards special education}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शिक्षाशास्त्र सङ्काय,शिक्षा योजना तथा व्यवस्थापन

Abstract

“अपाङ्गता भएका व्यक्तिहरुको विशेष शिक्षा प्रतिकोे अपेक्षा र उपलब्धि” नामक शिर्षक यो अध्ययन चितवन जिल्लामा सञ्चालित विशेष शिक्षा लागु भएका तीनवटा विद्यालयमा केन्द्रित गरी तयार पारिएको छ । मुख्य रुपमा यस शोध पत्रमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी तथा चितवन जिल्ला शिक्षा कार्यालयका विशेष शिक्षाका सम्पर्क व्यक्तिलाई उत्तरदाताको रुपमा लिइएको छ । उत्तरदाताको प्रतिक्रिया थाहा पाउन रुजुसूची र अन्तर्वार्ता प्रश्नावलीलाई साधनका रुपमा लिइएको थियो । त्यसको लागि अध्ययनकर्ता तिनवटै विद्यालयमा उपस्थित भई रुजुसूचि भराइएको र अन्तर्वार्ता प्रश्नावलीको माध्यमबाट उत्तरदाताका प्रतिक्रिया संकलन गरिएको थियो । यसरी प्राप्त तथ्याङ्कहरुलाई प्रतिशतको माध्यमबाट व्याख्या विश्लेषण गरिएको छ । अध्ययनबाट प्राप्त प्राप्तिलाई केलाउदा तिनवटै विद्यालयले विद्यार्थी भर्नाको लागि अवलम्बन गर्नु पर्ने धेरै आधारहरु प्रयोगमा ल्याउने गरेको पाइएको छ । त्यसैगरी विशेष शिक्षा कार्यक्रम प्रति प्रधानाध्यापक, शिक्षक र अभिभावकहरुको धारणा र प्रतिक्रिया रचनात्मक देखिएको छ । साथै सबै वर्गले कार्यक्रममा समय सापेक्ष परिवर्तन गर्नु पर्ने कुरामा जोड दिएका छन् । विद्यालय व्यवस्थापनमा शिक्षकले उचित तालिमका अवसरहरु नपाएको, भौतिक सुविधा र शैक्षिक सामग्रिहरुको उपलब्धता न्यून रहेको पाइएको छ । यसरी समग्र रुपमा हेर्दा तिनवटै विद्यालयमा विशेष शिक्षा कार्यक्रम अपेक्षा मुताविक उपलब्धीहरु हासिल गर्न सक्ने अवस्थामा भएको पाइएन । यी कठिनाईहरु भएता पनि विशेष शिक्षा प्रतिको झुकावमा भने कमी नभएको पाइयो । बालबालिका संलग्न विशेष शिक्षा सञ्चालन गरिरहेका विद्यालयहरुको अवस्था केलाउदा विशेष शिक्षकहरुलाई तालिम दिनु पर्ने, अभिभावकहरुलाई तथा समुदायलाई अपाङ्ग बालबालिकाहरुको शिक्षा प्रति सकारात्मक बनाउन विभिन्न समयमा सचेतना कार्यक्रम सञ्चालन गर्नु पर्ने, विद्यार्थीका आवश्यकता अनुसारको पठनपाठन र कक्षा व्यवस्थापनमाथि जोड दिनु पर्ने जस्ता सुझावहरु दिइएको छ ।

Description

Citation