गाउँ शिक्षा योजना निर्माण र कार्यान्वयन {Development and Implementation of Village Education Plans}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शैक्षिक योजना तथा व्यवस्थापन सङ्काय

Abstract

गाउँ शिक्षा योजना निर्माण र कार्यान्वयन नामक शीर्षकमा गरिएको यस अनुसन्धानमूलक कार्यको मुख्य उद्देश्य योजना निर्माणको प्रक्रिया र कार्यान्वयनको अवस्था विश्लषण गर्नु, गाउँ शिक्षा योजना निर्माण र कार्यान्वयनमा आउने कठिनाइहरु पत्ता लगाउनु र गाउँ शिक्षा योजना कर्यान्वयन प्रभावकारी बनाउने उपायहरु सुझाउनु रहेको छ । यो अध्ययन गुणात्मक र परिमाणात्मक अनुसन्धान ढाँचामा आधारित रहेकाछ । त्यसैगरी सविधाजनक नमूना छनौट विधिबाट अनुसन्धानकार्य पूरा गरिएको छ । प्रस्तुत शोधपत्रका लागि सुंङखुवासभा जिल्ला निर्वाचन क्षेत्र न.२ अन्तर्गतका १५ वटागा.वि.स.हरुमा गठन गरिएका गाउँ शिक्षा समितिहरु र सरोकारवालाहरु अध्ययनका जनसंख्याको रुपमा लिइएको छ । यस अध्ययनको नमनाको रुपमा श्रोत व्यक्ति ५, गाउँशिक्षा समितिका अध्यक्षहरु ५, प्र.अ. ५, वि.व्य.स. अध्यक्ष ५, शिक्षक १०, अभिभावक १०,जि.शि.अ. र स्थानीय विकास अधिकारीलाई लिइएको छ । यो अनुसन्धान कार्यबाट शिक्षा ऐनले व्यवस्था गरे अनुसार सबै गा.वि.स.हरुमा गाउँशिक्षा समिति नबनको, गाउँ शिक्षा समिति बनेका गा.वि.स.हरुमा पनि निदिष्ट प्रक्रिया अनुसार गाउँ शिक्षा योजना निर्माणको काम नभएको यथार्थ प्राप्त भएको छ । त्यसै गरीगाउँ शिक्षा समिति गठन, गाउँ शिक्षा योजना निर्माण र त्यसको कार्यान्वयनमा स्थानीय रअन्य सरोकार पक्षहरुको समेत शतप्रतिशत सहभागिता हुनुपर्नेमा त्यसो नभएको पाइएको छ। गाउँ शिक्षा योजना कार्यान्वयनका लागि स्थानीय स्वायत्त शासन ऐन २०५५ ले व्यवस्थागरे अनुसार गा.वि.स. हरुबाट १०% रकम नियमित रुपमा शिक्षा विकासका लागि विनियोजन हुन नसकेको पाइएकोे छ । त्यसै गरी गाउँ शिक्षा योजनाले जिल्ला शिक्षायोजना निर्माणमा समेत आधार प्रदान गर्न नसकेको पाइएको छ । समग्रमा गाउँ शिक्षायोजनाले विद्यालयको भौतिक सुधार र शैक्षिक सुधारमा योगदान गरेको भएता पनि गाउँशिक्षा समिति निर्माण र कार्यान्वयनका पाटामा प्रक्रियागत त्रुटिहरु पाइएका छन । गाउँ शिक्षा योजना निर्माण र कार्यान्वयन शीर्षकको यो अनुसन्धानात्मक कार्यबाटनीतिगत तह, अभ्यासतह र अनुसन्धान तहमा विभिन्न उपयोगी सुभावहरु प्राप्त भएका छन छ । अध्ययनको क्रममा प्राप्त तथ्याङ्क र सूचनाहरुको व्याख्या, विश्लषण र निष्कर्षका आधारमासबै गाउँ विकास समितिहरुमा गाउं शिक्षा समिति गठन गर्नुपर्ने, गठन गरिएकागा.शि.स.हरुले अनिवार्य रुपमा निदिष्ट प्रक्रिया अनुसार गाउँ शिक्षा योजना तर्जुमा गर्नुपर्ने,तर्जुमा गरिएका योजनाहरु कर्यान्वयन गनका निमित्त समयमै बजेट निकाशा हुनुपर्ने, गाउँशिक्षा योजना निर्माण र कार्यान्वयन गर्ने र नगर्ने गा.वि.स.हरुलाई अनुगमन पतिवेदनका आधारमा पुरस्कार र दण्डको व्यवस्था गर्नुपर्ने, जस्ता नीतिगत सुझावहरु प्राप्त भएका छन। त्यसका साथै गाउँ शिक्षा समिति गठन गर्दा, योजना निर्माण गर्दा र त्यसको कार्यान्वय नगर्दा सम्बन्धित सरोकार पक्षहरुलाई समयमै सूचना प्रवाह गर्नुपर्ने, सबै सरोकार पक्षहरुका उपस्थ्तिि विना नै योजना निर्माण र कार्यान्वयनको कामलाई अघि बढाउन नहुने, योजना निर्माण र कार्यान्वयन सम्बन्धमा गाउँ विकास क्षेत्रभित्रका स्थानीय सरोकार पक्षका वीचगाउँ शिक्षा योजनाको महत्वका बारेमा प्रचारप्रसार र छलफल चलाउनु पर्ने र जिल्ला शिक्षायोजना निर्माण गर्दा अनिवार्य रुपमा गाउँ शिक्ष्ाँ योजनालाई आधार बनाउनुपर्ने जस्ताअभ्यासगत सुझावहरु प्राप्त भएका छन । त्यसको साथसाथै गाउँ शिक्षा योजना निर्माण र कार्यान्वयनलाई प्रभावकारी बनाउन जि.शि.का., जि.वि.स. लगायत अन्य सरकारी तथा गैरसरकारी संस्थाहरु र शिक्षाविदहरुद्वारा अनुसन्धानात्मक कार्यक्रमहरु समेत सञ्चालन गरी अनुसन्धानबाट प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्नुपर्ने जस्ता अनुसन्धानात्मक तहका सुझावहरु प्राप्त भएका छन ।

Description

Citation