शौक्षिक सामग्रीको प्रयोगले सिकाइ उपलब्धिमा पार्ने प्रभाव {Impact of the use of educational materials on learning achievement

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शैक्षिक योजना तथा व्यवस्थापन विभाग

Abstract

आजको युग ज्ञान एवं विज्ञानको विस्फोटको युग हो । शिक्षण सिकाई प्रभावकारी भएकै कारणले होला आज धेरै राष्ट्रहरुले निकै चाँडै आफ्नो मुलुकलाई विकसीत राष्ट्रको स्थानमा राख्न सफल भएका छन् । यसरी शिक्षण सिकाई प्रभावकारी एवं दिगो वनाउन कतै हामी विपन्न मुलुकका राष्ट्रहरुले शैक्षिक सामग्रीको उचित प्रयोग एवं निर्माणको कमिले होकी भन्ने लागेर शिक्षण सामग्रीको प्रयोगले सिकाई उपलब्धिमा पार्ने प्रभावहरु पत्ता लगाउने, शिक्षण कृयाकलापमा अति आवश्यक शैक्षिक सामग्री प्रयोगका समस्याहरु पहिचान गर्ने एवं यस्ता सामग्रीको प्रयोगमा के कसरी वृद्धि ल्याउन सकिन्छ भन्ने उद्देश्यका साथ यो शैक्षिक सामग्रीको प्रयोगले सिकाइ उपलब्धिमा पार्ने प्रभावको वारेमा शोधपत्र तयार पारिएको छ । यस अध्ययनलाई सरल एवं सहज वनाउन एवं माथि उल्लेखित उद्देश्य पूरा गर्नका लागि संभावना रहित नमूना छनौट विधिका आधारमा एउटा शहरकेन्द्रित सामुदायिक माध्यमिक विद्यालय जो भौतिक रुपले एवं तालिम प्राप्त एवं योग्य शिक्षक भएको विद्यालय, एउटा विद्यालय जसमा थोरै विघार्थी, विपन्न एवं कम शिक्षक भएको विद्यालय, एउटा प्रस्तावित माध्यमिक विद्यालय जुन विगत ३ वर्ष देखि भर्खर एस.एल.सी. मा सम्मिलित छन् र अन्तमा गाउँ केन्द्रित विद्यालय गरी ४ वटा सामुदायिक माध्यमिक विद्यालयहरु उद्देश्यमूलक छनौट विधिको आधारमा छनौट गरिएको थियो । छनौटमा परेका प्रत्येक विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक र विद्यार्थीसँग विश्वासनीयता र वैधता स्थापित भएका रुजुसुची, अन्तर्वार्ता, प्रश्नावली, विद्यालयमा शिक्षक÷विद्यार्थी उपस्थित दर फारम, कार्यरत शिक्षक÷शिक्षिकाहरुको प्रति हप्ता कार्यभार तालिम प्राप्त विषयगत शिक्षक विवरण, एस.एल.सी. को नतिजा विवरण फारम अनुसन्धान उपकरणहरुको प्रयोग गरी प्राथमिक एवं द्वितीय तथ्याङ्कमा विद्यालय सुधार योजना, दस्तावेजबाट विद्यालय सुधार योजना, दस्तावेजबाट प्रस्तुत तथ्याङ्कहरु संकलन गरिएको थियो । यस शोध विषयमा मुख्य गरी जर्ज एल्टन मायो (१८८०–१९४९) को मानव सम्बन्ध सिद्धान्त र अव्राहम मास्लो (१९४३) को अभिप्रेरणा सम्बन्धी सिद्धान्त अनुसरण गर्दै कसरी विद्यार्थीले बढी भन्दा बढी सिकाइ उपलब्धि प्राप्त गर्दछन् भन्ने मुख्य उद्देश्यका लागि यी तत्वहरु शिक्षक, विद्यार्थी, अभिभावक, प्रधानाध्यापक एवं विद्यालय व्यवस्थापन समितिको हातेमालो गराउन सकिन्छ भन्ने हेतुले मानव सम्बन्ध सिद्धान्त प्रयोगका साथै मानवलाई जहिले पनि अग्रसर र तत्परता बनाई राख्न अभिपे्ररणा, उत्साही बनाउने मानवीयता पक्ष बढाइराखेमा लगनशील भई लक्षीत उद्देश्य प्राप्त गर्न भनी यी सिद्धान्त लिइएको थियो । यसै क्रममा यससँग सम्बन्धित विभिन्न साहित्यहरुको अध्ययन गरियो । उक्त साहित्यमा सम्बन्धित संस्थाहरुले तालिम प्रभावकारी बनाई यसबाट विद्यालयका कक्षाकोठामा उपयोग गरी बालबालिकालाई नवीनतम ज्ञान तथा सीप प्रदान गर्न सकेमा मुलुकले कल्पना गरे अनुरुपको सक्षम जनशक्ति प्राप्त गर्ने आशा गर्न सकिन्छ । तालिम प्राप्त शिक्षकबाटै स्थानीय तथा कम मूल्यका शैक्षणिक सामग्रीहरुको अत्यधिक मात्रामा उपयोग हुन सके विश्वका बालबालिकासँग हाम्रा बालबालिका कुनै पनि क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम हुन्छन् भन्ने विश्वास गर्न सकिन्छ । शैक्षिक सामग्री भन्दा कुनै पनि सामग्रीलाई लिन सकिन्छ, जसको प्रयोगबाट विद्यार्थीले सिकेका कुरा उनीहरुको मनमा चिरस्थायी रहन मद्दत होस्, उनीहरु सार्थकर व्यावहारिक ज्ञान प्राप्त गरुन्, सृजनात्मक प्रतिभाको विकास गर्न सकुन्, विद्यार्थीले अध्ययन क्रियाकलापमा अभिरुची बढाई सोच्ने बानी बसाल्नुका साथै पठनपाठनको क्रियाकलापमा शिक्षक र विद्यार्थीहरुको संलग्नता बढ्न सकोस् भन्ने धारणाका साथ शैक्षिक सामग्रीको प्रयोगमा जोड दिएको छ । यी माथिका उद्देश्य एवं, सम्बन्धित साहित्य र प्राथमिक एवं द्वितीय स्रोतका आधारमा हामी सहजै के बुझ्न वा स्पष्ट हुन सक्यौ भने जहाँ शैक्षिक सामग्रीको औषत प्रयोग एवं उपयोग भई दक्ष एवं तालिम प्राप्त योग्य शिक्षक छन । साथै ती माध्यमिक विद्यालय हरुको एस.एल.सी. को नतिजाका आधारबाट पनि थप पूष्टि गर्न सकिन्छ कि ती विद्यालयमा शैक्षिक सिकाई उपलब्धि वृद्धि भएको पाइयो । यसरी छानेको विषयवस्तुको सकरात्मक प्रभाव पारेको छ । यसरी सबै माध्यमिक विद्यालयहरुले शैक्षिक सामग्रीको निर्माण एवं प्रयोग, अतिरिक्त क्रियाकलाप, दक्ष एवं तालीम प्राप्त शिक्षक छनौट, शिक्षक प्रतिहप्ता कार्यलाई एवं प्रधानाध्यापकसँगको अन्तरसमन्वयात्मक भुमिका भएमा सिकाई उपलब्धिको वृद्धि गर्न सकिन्छ भन्ने आम धारणा बनाउन सकिन्छ र आवश्यकता एवं परीक्षणका आधारमा यो विधिको उपयोग गर्न सकिने मेरो ठम्माई छ ।

Description

Citation