शिक्षणीय दृष्टिकोणले कक्षा पाँच को मेरो नेपाली किताब र नेपाली साहित्य वाटिका भाग पाँच मा समाविष्ट कथा विधाका तुलनात्मक अध्ययन {From the Educational Point of View, the Story Genre Included in My Nepali Book of Class Five and Part Five of Nepali Sahitya Vatika :Comparative Study}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
शिक्षाशास्त्र सङ्काय नेपाली भाषा
Abstract
शोध प्रस्तावक ;दुर्गा गौतमशोध निर्देशक ;प्रेमप्रसाद भट्टराइ
शोधसार
शोध शीर्षक ; शिक्षणीय दृष्टिकोणले कक्षा ५ को मेरो नेपाली किताब र नेपाली साहित्यवाटिका भाग ५ मा समाविष्ट कथाविधाको तुलनात्मक अध्ययन
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय नेपाली भाषा शिक्षणविभाग अन्र्तगत एम.एड.नेपा. शि. ५९८ पाठयांशको प्रयोजनार्थ प्रस्तुत गरिएको शोध पत्रको शीर्षक शिक्षणीय दृष्टिकोणलकक्षा ५ को मेरा नेपाली किताब र नेपाली साहित्य वाटिका भाग ५ मा समाविष्ट कथा विधाकातुलनात्मक अध्ययन रहेको छ ।
शोध निर्देशक प्रेमप्रसाद भट्टराई तथा शोध प्रस्तावक दुर्गा गौतम रहेको यो शोध पत्रकाउद्देश्य कक्षा ५ को मेरो नेपाली किताब र नेपाली साहित्य वाटिका भाग ५ पाठयपुस्तकमारहेका कथाहरूको शिक्षणीय दृष्टिकोणले उपयुक्तता ठह¥याउँनु रहेको छ । यसका लागि दुवैपाठयपुस्तकमा प्रयोग गरिएका कथाहरूको विषयगत तुलनात्मक अध्ययन भाषिक सीपगतअध्ययन पाठयक्रम अनुरूपताका आधारमा अध्ययन र नमुना अभ्यासको अध्ययन गरी दुईमा कुनचाहिँ पाठयपुस्तक उपयुक्त रहेको छ भनी निष्कर्ष निकाल्ने प्रयास गरिएको छ ।
प्रस्तुत शोध पत्रलाई पाँच अध्यायमा विभाजित गरिएको छ । पहिलो अध्यायमा शोधपरिचय, दोस्रो अध्यायमा कथाको सैद्धान्तिक परिचय, तेस्रो अध्यायमा पाठयक्रम परिचय प्राथमिकतह कक्षा ५ नेपाली भाषा पाठयक्रम, चौथो अध्याय कक्षा ५ को मेरा नेपाली किताब र नेपाली
साहित्य वाटिका भाग ५ पाठयपुस्तकका कथा विधाको तुलनात्मक अध्ययन र विश्लेषण र पाँचाअध्यायमा निष्कर्ष र सुझाव रहेको छ । यसलाई थप विश्वसनीयता तथा वैधता प्रदान गर्नकालागि सन्दर्भग्रन्थसूचीको समेत प्रयोग गरिएको छ ।
