कक्षा दशको नेपाली पाठयपुस्तकमा आधारित नमुना शब्दकोश {Sample Dictionary Based on Nepali Textbook for Class Ten}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली केन्द्रीय सङ्काय
Abstract
प्रस्तुत कक्षा दशको नेपाली किताबमा आधारित नमुना शब्दकोश नामक शोधको प्रमुख
उददेश्य कक्षा दशका बालबालिकाको स्तर सुहाउदो नमुना कोशको निमार्ण गर्नु रहेको छ ।
पाँच अध्यायमा विभाजित प्रस्तुत शोधकका अध्यायमा एकमा परिचय, अध्याय दुईमा
पूर्वकार्यको समीक्षा र सैदधान्तिक अवधारणा, अध्याय तिनमा अनुसन्धान विधि, चार अध्यायमा
कक्षा दशको नेपाली किताबमा आधारित नमूना कोशको प्रस्तुति र पाँच अध्यायमा निष्कर्ष र
सुझाव रहेको छ । अध्ययनको मूल भाग वा चार अध्यायमा कक्षा दशको नेपाली किताबमा
रहेका सोह्रओेटा पाठमा प्रयुक्त सातसय कठिन शब्दहरुलाइ पाठगत रुपमा वर्णानुक्रममा राखी
तिनको स्रोत, व्युत्पत्ति, शब्दवर्ग र अर्थ समावेश गरिएको छ ।
नेपाली भाषा नेपालको राष्ट्रभाषाका साथै शिक्षा, सञ्चार, स्वास्थ्य र प्रकाशन तथा प्रसारणको
प्रमुख र प्रभावकारी माध्यम भाषा हो । भाषाको मानकीकरण र स्तरीकरणका लागि गरिएका
विविध प्रयास मध्ये एक मह्त्वपूर्ण प्रयास हो । भाषाको विकास र मानक रुपसगँ सबैलाई
परिचत गराउन नमूना शब्दकोश निमाणर््ा कार्य सारपर्ण छ ।
विविध विषय र क्षेत्रसँग सम्बन्धित कोश निर्माण कार्य धेरै भइसक्दा पनि तहगत र कक्षागत
रुपमा विद्यार्थीको स्तर र आवश्यकतालाई ध्यानमा राखेर कोश निर्माण नगरिएको अवस्थामा
यस शोधकार्यमा कक्षा दशको नेपाली पाठयपुस्तकमा आधारित रहेर सम्बन्धित तहका
विद्यार्थीको स्तर र आवश्यकतालाई ध्यानमा राखेर नमूना कोशका निमार्णका प्रयास गरिएको
छ । यस कोशको प्रयोगले सम्बन्धित तहमा अध्ययन अध्यापन गर्ने सबै पक्षमा लाभ हुने
अपेक्षा गरिएको छ ।
नेपाली भाषा प्रयोगमा आएको खिचडी प्रवृतिलाई निरुत्साहित पार्न, सही, शुद्ध र मानक रुपको
भाषाको प्रयोगमा सक्षम बनाउन शब्दकोश अति आवश्यक छ । विद्यालय तहबाट नै विद्यार्थीमा
शब्दकोश प्रयोग क्षमता बढाएर सही र मानक भाषा प्रयोगमा सक्षम बनाउन जरुरी छ । यस
लक्ष्यमा सफलता प्राप्त गर्नका लागि विद्यार्थीमा शब्दकोश प्रयोगमा अग्रसर र प्रोत्साहन
गराउनु पर्नेमा हालसम्म कक्षा दशको नेपाली पाठयपुस्तकमा आधारित भएर कोश निर्माण
भएको पाइदैँन भने विविध अध्ययन अनुसन्धान र शोधकार्यको उददेश्य पूर्तिका लागि भने हुने
गरेको छ । विद्यालय स्तरमा तहगत र कक्षागत रुपमा कोश निमार्ण गर्नु आजको आवश्यकता
भएको छ । यसरी हेर्दा कक्षा दशको नेपाली किताबमा आधारित शब्दकोशहरु निमार्ण गर्न
सकिन्छ ।
विद्यालय तहमा तहगत वा विषयगत शब्दकोश निमार्ण गर्दा शिक्षणसिकाइ क्रियाकलापमा
उपयोगी हुने देखिन्छ । यसले भाषाको मानक प्रयोगमा सक्षम बनाउन, कठिन शब्दको अर्थ,
स्रोत, व्युत्पत्ति आदि पत्ता लगाउन, वाक्यमा प्रयोग गर्न सहयोग गर्छ ।
