स्थानीय तहमा आधारभूत तहको परीक्षा व्यवस्थापन {Sthaniya tahama Adharbhut tahako Parikshya Byabasthapan}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Abstract
त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय शिक्षा योजना तथा व्यवस्थापन विभाग स्नातकोत्तर तह एम.एड.दोस्रो वर्षको आवश्यकता पुरा गर्नका लागि स्थानीय तहमा आधारभूत तहको परीक्षा व्यवस्थापन विषयमा यो शोधपत्र तयार गरिएको हो । यस अध्ययनको मुख्य उद्देश्य स्थानीय तहमा आधारभूत तहको परीक्षा व्यवस्थापनको वर्तमान अवस्था पहिचान गर्ने,सरोकारवालाहरुको भूमिका लेखाजोखा गर्ने चुनौतिहरु पत्ता लगाउने र प्रभावकारी बनाउने उपायहरुको खोजी गर्नु रहेको छ ।
यस अध्ययनमा गुणात्मक विधिको प्रयोग गरिएको छ । अध्ययनको क्रममा प्राप्त तथ्याङ्कहरुलाई वर्णानात्मक ढाँचामा प्रस्तुत गरी यसलाई गुणात्मक ढाँचामा राखिएको छ । यस अध्ययनमा तथ्याङ्क संकलनको साधनको रुपमा प्रश्नावली, अन्तरवार्ता, अवलोकन, लक्षित समूह छलफल, घटनावृत्त अध्ययन जस्ता साधनको प्रयोग गरिएको छ । शोधकार्यको उद्देश्य प्राप्तिका लागि राप्ती अञ्चल सल्यान जिल्ला त्रिवेणी गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरु मध्ये सरस्वती मा.वि., सिम्क, सरस्वती आ.वि.राताचौरलाई नमूना छनौट गरिएको थियो । २ ओटा सामुदायिक विद्यालयलाई सुविधाजनक र उद्धेश्यपूर्ण नमूना छनौट विधिको आधारमा छनौट गरिएको थियो । अध्ययनका लागि नमूनाको रुपमा छनौट भएका दुई विद्यालयका प्रधानाध्यापक, वि.व्य.स.का अध्यक्षहरु, शिक्षक अभिभावक संघका अध्यक्षहरु, दुई विद्यालयका शिक्षकहरु, अभिभावकहरु , विद्यार्थीहरु ,सम्बन्धित गाउँपालिका हेर्ने विद्यालय निरिक्षक १ जना ,शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका इकाइ प्रमुख १ जना गरि जम्मा ४० जनालाई संरचित तथा असंरचित प्रश्नावलीहरु सोधिएको थियो । प्रश्नावलीबाहेक, सम्वन्धित विद्यालयका अभिलेख, बुलेटिन, पुस्तकहरु तथा साहित्यहरुको पुनरावलोकन गरिएको थियो ।
यस शोधकार्यबाट स्थानीय तहमा आधारभूत तहको परीक्षा व्यवस्थापन भन्ने विषयमा गरिएको यस शोध कार्यमा स्थानीय तहमा परीक्षा व्यवस्थापनसँग सम्बद्ध कर्मचारीहरुलाई उचित तालिम र क्षमता विकासको अवसर प्राप्त नभएको गाउँपालिकास्तरीय परीक्षा व्यवस्थापनमा प्रश्नपत्र निर्माणमा धेरैले सन्तोष नलिएको गाउँपालिकास्तरीय परीक्षामा धेरै विद्यार्थीहरु अनुत्तीर्ण हुने गरेको र परीक्षाफलको तयारी र प्रकाशन कार्य अनुत्तीर्णलाई उत्तीर्ण गराउने तर्फ उन्मुख भएको भन्ने अनुसन्धानबाट निष्कर्ष प्राप्त भएको छ ।
प्रश्नपत्र निर्माण , उत्तरपुस्तिका परीक्षण , परीक्षाफलको विश्लेषणजस्ता पक्षहरुमा विषय शिक्षकहरुलाई प्रत्येक वर्ष तालिमको व्यवस्था गर्नु पर्ने सुझाव प्राप्त भएकोले शिक्षा विभागको वार्षिक कार्यक्रममा यो पक्षलाई समेट्नु पर्ने देखिन्छ । प्रश्नपत्र निर्माणको लागि प्र्रश्नपत्र बैकको स्थापना ,आवश्यक तालिमको व्यवस्था ,स्थानीय तहमा शिक्षासम्बन्धि काम गर्ने आवश्यक जनशक्ति तत्काल व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।स्थानीय तहमा आधारभूत तहको परीक्षा सञ्चालन गर्दा किन धेरै विद्यार्थीहरु अनुत्तीर्ण हुन्छन् भन्ने विषयलाई थप अनुसन्धानको विषय बनाउनुपर्ने देखिन्छ । होम सेन्टरको सम्बन्धमा विभिन्न प्रयोग भएतापनि कुनै पनि प्रयोग दोषमुक्त छैनन् । यस्तो अवस्थामा के कसरी परीक्षा केन्द्रं कायम गर्दा परीक्षा मर्यादित हुनुका साथै विद्यार्थीका लागि सहज होला ,यो थप अनुसन्धानको विषय बनेको छ । त्यस्तै संघीय संरचनामा कक्षा आठको परीक्षा व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि थप अनुसन्धान गरिनु आवश्यक देखिएको छ । माथि उल्लेखित विषयमा थप अनुसन्धान गर्नुपर्ने कुरालाई समस्याको रुपमा छाडिएको छ ।
