माध्यमिक विद्यालय तहका शिक्षकका पेशागत अनुशासनको अवस्था Madhyamik Biddhyalaya tahaka Shikshakka Peshagat Anushasanko Awastha
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय, शैक्षिक योजना तथा व्यवस्थापन विभाग, कन्काई बहुमुखी क्याम्पस
Abstract
‘माध्यमिक विद्यालय तहका शिक्षकको पेशागत अनुशासनको अवस्था’ शीर्षकमा प्रस्तुत अनुसन्धान कार्य केन्द्रित छ । माध्यमिक तहका शिक्षकहरुको पेशागत अनुशासनको अवस्था पत्ता लगाउनु, पेशागत अनुशासनमा प्रभावपार्ने तत्वहरुको खोजी गर्नु, पेशागत अनुशासनमा समस्या उत्पन्नहुने कारणहरुको खोजीगर्नु र यसमाभोग्नु परेका समस्याहरुको समाधानका उपायहरुको खोजीगर्नु अनुसन्धानको मुख्य उद्देश्यहो । प्रस्तुत अनुसन्धान गुणात्मक ढाँचामा आधारित छ । झापा जिल्लाको शनिश्चर े , बुधबारे र अनारमनी स्रोतकेन्द अन्तर्गतका ३० वटा सामुदायिक विद्यालयहरुबाट गोलाप्रथा गरी छ वटा विद्यालयहरु छनोट गरी उक्त विद्यालयहरुबाट फेरी गोलाप्रथा प्रक्रियाबाट नै प्रत्येक विद्यालयबाट कम्तिमाएकजना र बढीमा तीनजनासम्म पर्ने गरी जम्मा १५ जनाशिक्षकहरुलाई नमुना जनसंख्याको रुपमा छनोट गरिएको छ । तथ्यांकको प्राथमिक स्रोतको रुपमा प्रधानअध्यापक, शिक्षक, विद्यार्थी, वि.व्य.स. र पि.टि.ए.काअध्यक्षहरुको र तथ्यांकको द्धितीय स्रोतको रुपमा विद्यालयमा उपलब्ध दस्तावेजहरुको प्रयोग गरिएको छ । तथ्यांक संकलनको साधनको रुपमाप्रश्नावली, कक्षाकोठा अवलोकन, अन्तर्वार्ता, रुजुसुची र दस्तावेज अध्ययनको प्रयोग गरिएको छ । तथ्यांक संकलनप्रक्रियाको रुपमाप्र.अ., शिक्षक, वि.व्य.स. र पि.टि.ए.का अध्यक्षहरुलाई निश्चित समयावधी प्रदान गरी पूर्व निर्धारित प्रश्नावलीको ढाँचाको प्रयोग गरी उनीहरुबाट लिखित प्रतिक्रियाहरुका रुपमा तथ्यांकको संकलन गरिएको छ । प्रत्येक विद्यालयमा सहभागि शिक्षकहरुसँग बसेर सामुहिक अन्तर्वार्ता सम्पन्नगरिएको छ । निजहरुले कक्षाकोठाभित्र अध्यापनगरिरहेको समयमाअनुसन्धानकर्ता निष्क्रिय अवलोकनकर्ताको रुपमा कक्षाकोठाको अवलोकन गरिएको छ । प्रत्येक विद्यालयका सम्बन्धित पक्षहरुबाट पाँचजना विद्याँर्थीहरु माथि रुजुसूचीको प्रयोग गरिएको छ । विद्यालयमा उपलब्ध दस्तावेज अध्ययनका लागि निश्चित ढाँचाका फारामहरु तयार गरी फाराममा उल्लेखित तथ्यांकहरु संकलन गरिएको छ । तथ्यांक विश्लेषणका रुपमा गुणात्मक रुपमासंकलिततथ्यांकलाई अति राम्रा े , राम्रो , सामान्य र नराम्रो जस्ता चारवटा रेटिङ् स्केलको मापदण्ड तयार गरी तथ्यांकको विश्लेषण गरिएको छ । अध्ययन, अनुसन्धानबाट माध्यमिक विद्यालय तहका शिक्षकको पेशागत अनुशासनको अवस्था राम्रो नै देखिएको छ । थोरै कमि, कमजोरीहरु पाइएको छ । प्रस्तुत अनुसन्धानले उनीहरुलाई आफुमा निहित कमिकमजोरीहरुको पहिचान गर्न मद्दत पु¥याएको पाइयो । यस दिशातर्फ उनीहरुलाई थप सचेत बनाएको पाइयो साथै थप प्रगति र सुधारको दिशातर्फ उनीहरुलाई मार्गदर्शन गरेको पाइएको छ । अन्तमा, नीति–निर्माण तह कार्यान्वयन तह र अनुसन्धान तहमा आवश्यक सुझावहरु दिई अनुसन्धानकार्य समाप्त गरिएको छ । थपअ नुसन्धानगर्न सकिने केही शोध शीर्षकहरु पनि नयाँ अनुसन्धानकर्ताहरुका लागि सुझाव गरिएको छ ।
